प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • जोपर दोस्रो पटक बोल्छन्‌ (१-२९)

        • अय्युबले बेइज्जत गरेको महसुस गर्छन्‌ (२, ३)

        • अय्युब दुष्ट हुन्‌ भन्‍ने छनक दिन्छन्‌ (५)

        • अय्युबलाई पाप गर्न रमाइलो लाग्छ भनेर दाबी गर्छन्‌ (१२, १३)

अय्युब २०:१

मार्जिनल रेफरेन्स

  • +अय्यु २:११; ११:१

अय्युब २०:४

मार्जिनल रेफरेन्स

  • +अय्यु ८:८

अय्युब २०:५

फुटनोट

  • *

    वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु ८:१३, १९; २१:२८

अय्युब २०:८

फुटनोट

  • *

    वा “दर्शनझैँ।” शब्दावलीमा “दर्शन” हेर्नुहोस्‌।

अय्युब २०:९

मार्जिनल रेफरेन्स

  • +अय्यु ८:१३, १८

अय्युब २०:१०

मार्जिनल रेफरेन्स

  • +अय्यु २०:१८

अय्युब २०:१६

फुटनोट

  • *

    अर्थात्‌, भाइपरले।

अय्युब २०:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु २०:१०

अय्युब २०:२५

मार्जिनल रेफरेन्स

  • +अय्यु १५:२१; १८:५, ११

अरू

अय्यु. २०:१अय्यु २:११; ११:१
अय्यु. २०:४अय्यु ८:८
अय्यु. २०:५अय्यु ८:१३, १९; २१:२८
अय्यु. २०:९अय्यु ८:१३, १८
अय्यु. २०:१०अय्यु २०:१८
अय्यु. २०:१८अय्यु २०:१०
अय्यु. २०:२५अय्यु १५:२१; १८:५, ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २०:१-२९

अय्युब

२० जोपर+ नामातीले यस्तो जवाफ दिए:

 २ “मेरो मन भरङ्‌ग भएकोले म नबोली बस्न सक्दिनँ।

मलाई भित्रभित्रै औडाहा भइरहेको छ।

 ३ तपाईँले नचाहिँदो तर्क गरेर मेरो बेइज्जत गर्नुभएको छ;

त्यसैले आफ्नो समझ चलाएर जवाफ दिन मलाई करै लागेको छ।

 ४ यो कुरा त तपाईँलाई पक्कै थाह होला

किनभने पृथ्वीमा मानिसको सृष्टि भएदेखि नै यस्तो हुँदै आएको छ:+

 ५ दुष्टको हाँसो क्षणभरको हुन्छ

र भक्‍तिहीन* मानिसहरूको खुसीयाली पलभरको हुन्छ।+

 ६ त्यसको घमन्ड आकाशसम्मै पुगे पनि

र त्यसको शिरले बादललाई छोए पनि

 ७ त्यो त्यसकै मलजस्तै सधैँका लागि हराएर जानेछ।

त्यसलाई देख्नेहरूले यसो भन्‍नेछन्‌, ‘खै, त्यो कहाँ गयो?’

 ८ त्यो सपनाझैँ उडेर जानेछ, तिनीहरूले त्यसलाई भेट्टाउनेछैनन्‌।

त्यो रातको सपनाझैँ * बिलाएर जानेछ।

 ९ त्यसलाई देख्ने आँखाहरूले फेरि कहिल्यै त्यसलाई देख्न पाउनेछैनन्‌;

त्यसकै ठाउँले पनि फेरि कहिल्यै त्यसलाई देख्नेछैन।+

१० त्यसका बालबच्चाले गरिबहरूसँग भीख माग्नेछन्‌;

त्यसले अरूबाट असुलेको सम्पत्ति आफ्नै हातले फिर्ता गर्नुपर्नेछ।+

११ त्यसका हड्डीहरूमा जवानीको जोस हुने गर्थ्यो

तर त्यसको बल त्यससँगसँगै धुलोमा मिल्नेछ।

१२ जे कुरा गलत छ, त्यो त्यसलाई गुलियो लाग्छ

र जिब्रोमुनि लुकाएर राख्छ भने

१३ अनि स्वाद लिई-लिई त्यसलाई मुखमा खेलाउँछ

र त्यसलाई आफ्नो मुखमा राखिरहन्छ भने

१४ त्यसको पेटमा पुगेपछि त्यो अमिलो हुनेछ,

गोमन सर्पको विषजस्तै हुनेछ।

१५ त्यसले मानिसहरूको सम्पत्ति निलेको छ

तर त्यसले त्यो सबै ओकल्नेछ।

परमेश्‍वरले त्यसको पेटबाट ती सबै निकालिदिनुहुनेछ।

१६ त्यसले गोमनको विष चुस्नेछ।

विषालु सर्पले* डसेर त्यसको मृत्यु हुनेछ।

१७ त्यसले कहिल्यै खोलानाला देख्न पाउनेछैन;

मह र नौनी बगेको त्यसले कहिल्यै देख्नेछैन।

१८ आफ्नो सम्पत्ति उपभोग गर्न नपाउँदै त्यसले ती फिर्ता गर्नुपर्नेछ।

आफूले कमाएको सरसम्पत्तिबाट त्यसले सुखभोग गर्न पाउनेछैन।+

१९ किनकि त्यसले गरिबहरूको शोषण गरेको छ

र उनीहरूलाई अलपत्र पारेको छ।

आफूले नबनाएको घर त्यसले हडपेको छ।

२० तर त्यसको मनमा पटक्कै शान्ति हुनेछैन।

त्यसको सम्पत्तिले त्यसलाई बचाउन सक्नेछैन।

२१ खोस्नलाई केही बाँकी नभएकोले त्यसको हात खाली हुनेछ;

त्यसले धेरै दिन सुखचैन देख्न पाउनेछैन।

२२ त्यसको धनसम्पत्ति निकै बढेपछि चिन्तै-चिन्ताले त्यसलाई घेर्नेछ

र भएभरको कष्ट त्यसमाथि आइपर्नेछ।

२३ त्यसले आफ्नो पेट भर्दै गर्दा

परमेश्‍वरले त्यसमाथि बल्दो रिस खन्याउनुहुनेछ

र आफ्नो रिस त्यसको आन्द्रासम्मै पुग्नेगरि पोखाउनुहुनेछ।

२४ त्यो फलामका हतियारहरूबाट उम्के पनि

तामाको धनुबाट निस्केका बाणहरूले त्यसलाई छेड्‌नेछन्‌।

२५ त्यसले आफ्नो पिठिउँमा छेडिएको बाण निकाल्नेछ;

पित्तसम्म घोच्नेगरि रोपिएको चम्किलो हतियार तान्‍नेछ।

अनि त्रासले त्यसलाई छोप्नेछ।+

२६ घोर अन्धकारले त्यसको धनसम्पत्तिलाई निल्नेछ।

कसैले नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ।

त्यसको पालमा जो-जो बाँकी रहन्छन्‌, तिनीहरू सबै विपत्तिको सिकार हुनेछन्‌।

२७ आकाशले त्यसको गल्ती उदाङ्‌ग पारिदिनेछ,

पृथ्वी त्यसको विरुद्धमा खडा हुनेछ।

२८ परमेश्‍वरको रिसको दिनमा भेल उर्लेर आउनेछ

र बाढीले त्यसको घरलाई बगाएर लग्नेछ।

२९ दुष्ट मानिसले परमेश्‍वरबाट पाउने फल यही हो,

उहाँले त्यसलाई यस्तै इनाम दिने निश्‍चय गर्नुभएको छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने