भजनसङ्ग्रह
निर्देशकलाई; “लिली”-अनुसार। एउटा सम्झौटा। आसापले रचेको भजन।+
८० हे इस्राएलका गोठालो,
जसले युसुफलाई बगाललाई झैँ डोऱ्याउनुहुन्छ, सुन्नुहोस्।+
तपाईँ, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ,+
आफ्नो ज्योति चम्काउनुहोस्।
३ हे परमेश्वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्।+
तपाईँको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाउनुहोस्।+
४ हे सेनाहरूका परमेश्वर यहोवा, कहिलेसम्म तपाईँ आफ्ना मानिसहरूसित क्रोधित भइरहनुहुन्छ र तिनीहरूको प्रार्थना सुन्नुहुन्न?+
५ तपाईँ तिनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ,
तपाईँ तिनीहरूलाई यति धेरै आँसु पिउन लगाउनुहुन्छ, त्यो नाप्नै सकिँदैन।
६ हामीमाथि कब्जा जमाउन हाम्रा छिमेकीहरू आपसमा लड्छन्;
हाम्रा शत्रुहरू जथाभाबी हाम्रो धज्जी उडाउँछन्।+
७ हे सेनाहरूका परमेश्वर, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्;
तपाईँको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाउनुहोस्।+
८ तपाईँले मिश्रबाट एउटा अङ्गुरको बोट+ ल्याउनुभयो।
अनि जातिजातिलाई धपाएर तिनीहरूको ठाउँमा त्यसलाई रोप्नुभयो।+
९ त्यसको लागि तपाईँले ठाउँ तयार पार्नुभयो
अनि त्यसले जरा गाड्यो र त्यो देशभरि फैलियो।+
१० त्यसको छायाले पहाडहरूलाई ढाक्यो
अनि त्यसका हाँगाहरूले परमेश्वरका देवदारहरूलाई ढाके।
११ त्यसका हाँगाहरू फैलिएर समुद्रसम्मै पुगे
अनि त्यसका मुनाहरू युफ्रेटिस नदीसम्मै पुगे।+
१२ अङ्गुर बगानको ढुङ्गाको पर्खाललाई तपाईँले किन भत्काइदिनुभयो?+
आउनेजानेहरू सबैले त्यसको फल टिप्छन्।+
१३ जङ्गलका बँदेलहरूले त्यसलाई सखाप पार्छन्
अनि जङ्गली जनावरहरूले त्यो खान्छन्।+
१४ हे सेनाहरूका परमेश्वर, बिन्ती छ, फर्कनुहोस्।
स्वर्गबाट तल हेर्नुहोस्!
यो अङ्गुरको बोटको हेरचाह गर्नुहोस्;+
१५ यो हाँगाको,* जुन तपाईँले आफ्नै दायाँ हातले रोप्नुभएको थियो;+
यो छोरालाई* हेर्नुहोस्, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभएको थियो।+
१६ यसलाई काटिएको छ र आगोमा जलाइएको छ।+
तपाईँको हप्कीले तिनीहरू नष्ट हुन्छन्।
१७ तपाईँको दायाँतर्फ भएको मानिसलाई तपाईँको हातले थामोस्;
मानिसको छोरालाई, जसलाई तपाईँले आफ्नो निम्ति बलियो पार्नुभयो।+
१८ तब हामी तपाईँदेखि अन्तै फर्किनेछैनौँ।
हाम्रो जीवन जोगाइदिनुहोस् र हामी तपाईँको नाम पुकार्नेछौँ।
१९ हे सेनाहरूका परमेश्वर यहोवा, हामीमाथि फेरि अनुग्रह गर्नुहोस्;
तपाईँको मुहार हामीमाथि चम्काउनुहोस् र हामीलाई बचाउनुहोस्।+