यसैया
६४ यदि तपाईँ स्वर्ग उघारेर तल ओर्लनुभएको भए
तपाईँको कारण पहाडहरू काँप्ने थिए।
२ जसरी आगोले झिक्राझिक्री डढाउँछ
अनि जसरी आगोले पानी उमाल्छ,
त्यसरी नै जातिजातिहरू तपाईँसामु थरथर काँप्ने थिए
अनि शत्रुहरूले तपाईँको नाम थाह पाउने थिए।
४ तपाईँबाहेक अरू कुनै परमेश्वर छ भनी उहिले-उहिलेदेखि न कुनै कानले सुनेको छ
न त कुनै आँखाले देखेको नै छ।
तपाईँमा आशा राख्नेहरूको* खातिर कदम चाल्ने तपाईँजस्तो परमेश्वर अरू को छ र?+
५ तपाईँ त्यस्ता मानिसहरूलाई मदत गर्न आउनुहुन्छ,+
जसले खुसीसाथ सही काम गर्छन्,
जसले तपाईँलाई सम्झन्छन् अनि जो तपाईँको बाटोमा हिँड्छन्।
हेर्नुहोस्, हामीले पाप गरिरहँदा तपाईँ हामीसित रिसाउनुभयो;+
हामीले लामो समयसम्म त्यसो गरिरह्यौँ।
अब हामी कसरी बच्न सक्छौँ र?
६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँ
अनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्।+
हामी सबै पातजस्तै सुकेर जानेछौँ
अनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।
७ तपाईँको नाम लिएर पुकार्ने कोही छैन,
तपाईँलाई समात्न कोही पनि जुरमुरिँदैन
किनकि तपाईँले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ+
अनि हाम्रो अपराधले गर्दा तपाईँले हामीलाई सडेर जान दिनुभएको छ।
८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+
हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+
हामी सबै तपाईँका हातका काम हौँ।
९ हे यहोवा! हामीसित रिसले चूर नहुनुहोस्,+
हाम्रा अपराधहरू सधैँभरि नसम्झनुहोस्।
बिन्ती छ, हामीलाई हेर्नुहोस्! किनकि हामी सबै तपाईँकै मानिसहरू हौँ।
११ हाम्रो पवित्र र महिमित* मन्दिर,
जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,
त्यसलाई आगो लगाएर जलाइएको छ;+
हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्।
१२ हे यहोवा! यी सब देखेर पनि के तपाईँ केही नगरी बस्नुहुन्छ?
तपाईँ कतिन्जेल चुप लागेर बस्नुहुन्छ अनि हामीलाई तड्पिन दिनुहुन्छ?+