प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा अबियाह (१-२२)

        • अबियाह यरोबामलाई हराउँछन्‌ (३-२०)

२ इतिहास १३:१

मार्जिनल रेफरेन्स

  • +१रा १५:१, २

२ इतिहास १३:२

मार्जिनल रेफरेन्स

  • +२इ ११:२०, २१
  • +यहो १८:२८; १स १०:२६
  • +१रा १५:६

२ इतिहास १३:३

मार्जिनल रेफरेन्स

  • +२इ ११:१

२ इतिहास १३:५

फुटनोट

  • *

    अर्थात्‌, स्थायी र कहिल्यै परिवर्तन नहुने करार।

मार्जिनल रेफरेन्स

  • +भज ८९:२८, २९
  • +उत्प ४९:१०; २स ७:८; भज ७८:७०, ७१
  • +२स ७:१२, १३; १इ १७:११, १४; लुका १:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २०

२ इतिहास १३:६

मार्जिनल रेफरेन्स

  • +२इ १०:२
  • +१रा ११:२६, २७; १२:२०

२ इतिहास १३:८

मार्जिनल रेफरेन्स

  • +१रा १२:२६, २८; २इ ११:१५

२ इतिहास १३:९

मार्जिनल रेफरेन्स

  • +२इ ११:१४
  • +१रा १२:३१, ३३; १३:३३

२ इतिहास १३:१०

मार्जिनल रेफरेन्स

  • +२इ ११:१६

२ इतिहास १३:११

फुटनोट

  • *

    वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३९
  • +प्रस्थ ३०:१
  • +प्रस्थ २५:३०
  • +प्रस्थ २५:३१; २७:२०

२ इतिहास १३:१२

मार्जिनल रेफरेन्स

  • +गन १०:९

२ इतिहास १३:१४

मार्जिनल रेफरेन्स

  • +२इ १४:११; १८:३१

२ इतिहास १३:१८

मार्जिनल रेफरेन्स

  • +२रा १८:१, ५; १इ ५:२०; २इ १६:८; भज २२:५; ३७:५; नहु १:७

२ इतिहास १३:१९

मार्जिनल रेफरेन्स

  • +१रा १२:२८, २९
  • +युह ११:५४

२ इतिहास १३:२०

मार्जिनल रेफरेन्स

  • +१स २५:३८; १रा १४:२०; प्रे १२:२१-२३

२ इतिहास १३:२१

मार्जिनल रेफरेन्स

  • +व्य १७:१७

२ इतिहास १३:२२

मार्जिनल रेफरेन्स

  • +२इ ९:२९; १२:१५

अरू

२ इति. १३:११रा १५:१, २
२ इति. १३:२२इ ११:२०, २१
२ इति. १३:२यहो १८:२८; १स १०:२६
२ इति. १३:२१रा १५:६
२ इति. १३:३२इ ११:१
२ इति. १३:५भज ८९:२८, २९
२ इति. १३:५उत्प ४९:१०; २स ७:८; भज ७८:७०, ७१
२ इति. १३:५२स ७:१२, १३; १इ १७:११, १४; लुका १:३२
२ इति. १३:६२इ १०:२
२ इति. १३:६१रा ११:२६, २७; १२:२०
२ इति. १३:८१रा १२:२६, २८; २इ ११:१५
२ इति. १३:९२इ ११:१४
२ इति. १३:९१रा १२:३१, ३३; १३:३३
२ इति. १३:१०२इ ११:१६
२ इति. १३:११प्रस्थ २९:३९
२ इति. १३:११प्रस्थ ३०:१
२ इति. १३:११प्रस्थ २५:३०
२ इति. १३:११प्रस्थ २५:३१; २७:२०
२ इति. १३:१२गन १०:९
२ इति. १३:१४२इ १४:११; १८:३१
२ इति. १३:१८२रा १८:१, ५; १इ ५:२०; २इ १६:८; भज २२:५; ३७:५; नहु १:७
२ इति. १३:१९१रा १२:२८, २९
२ इति. १३:१९युह ११:५४
२ इति. १३:२०१स २५:३८; १रा १४:२०; प्रे १२:२१-२३
२ इति. १३:२१व्य १७:१७
२ इति. १३:२२२इ ९:२९; १२:१५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास १३:१-२२

दोस्रो इतिहास

१३ राजा यरोबामको शासनकालको १८ औँ वर्षमा अबियाह यहुदाका राजा भए।+ २ तिनले यरुसलेममा तीन वर्ष शासन गरे। तिनकी आमाको नाम मिकायाह+ थियो। उनी गिबाहका+ बासिन्दा उरिएलकी छोरी थिइन्‌। अबियाह र यरोबामबीच+ लडाइँ भयो।

३ अबियाह आफ्ना वीर र तालिमप्राप्त ४ लाख योद्धा लिएर युद्ध गर्न निस्के।+ तिनको सामना गर्न यरोबाम पनि तालिमप्राप्त आफ्ना ८ लाख वीर योद्धासहित दल बाँधेर तैनाथ भए। ४ तब अबियाहले एप्रैमको पहाडी इलाकामा पर्ने जेमारिम डाँडामा खडा भएर यसो भने: “हे यरोबाम र सारा इस्राएल, मेरो कुरा सुन! ५ इस्राएलका परमेश्‍वर यहोवाले दाउदसित र उनका छोराहरूसित नुनको करार* गरेर+ इस्राएलको राज्य सधैँभरिको लागि+ उनीहरूलाई दिनुभएको छ+ भनेर के तिमीहरूलाई थाह छैन? ६ तर नबातको छोरा यरोबाम,+ जो दाउदका छोरा सुलेमानको सेवक थियो, ऊ आफ्ना मालिकको विरुद्धमा उठ्‌यो र उनको विद्रोह गऱ्‍यो।+ ७ अनि निकम्मा र व्यर्थका मानिसहरू उसकहाँ जम्मा हुन थाले। उनीहरू सुलेमानका छोरा रहबामभन्दा शक्‍तिशाली भए किनकि त्यतिबेला रहबाम सानै थिए र त्यत्ति आँटिला पनि थिएनन्‌। त्यसैले तिनी उनीहरूसामु टिक्न सकेनन्‌।

८ “तिमीहरू सङ्‌ख्यामा धेरै छौ र तिमीहरूको देवता हुनलाई यरोबामले बनाएका सुनका बाछाहरू तिमीहरूसँग छन्‌ भन्दैमा के तिमीहरू दाउदका छोराहरूलाई सुम्पिइएको यहोवा परमेश्‍वरको राज्यविरुद्ध खडा हुन सक्छौ भनी सोच्दै छौ?+ ९ तिमीहरूले यहोवा परमेश्‍वरका पुजारीहरू—हारुनका सन्तानलाई र लेवीहरूलाई लखेट्‌यौ।+ अनि अरू जातिका मानिसहरूले जस्तै आफ्नो निम्ति आफैले पुजारीहरू नियुक्‍त गऱ्‍यौ।+ एउटा बहर र सात वटा थुमा लिएर आउने जोसुकैलाई तिमीहरूले पुजारी बन्‍न दियौ; तिनीहरूलाई ती मूर्तिहरूको पुजारी नियुक्‍त गऱ्‍यौ, जुन ईश्‍वरै होइनन्‌। १० तर जहाँसम्म हाम्रो कुरा छ, यहोवा नै हाम्रा परमेश्‍वर हुनुहुन्छ+ र हामीले उहाँलाई त्यागेका छैनौँ। हाम्रा पुजारीहरू हारुनका सन्तान हुन्‌ र उनीहरू यहोवा परमेश्‍वरको सेवा गर्छन्‌ अनि लेवीहरूले उनीहरूलाई सघाउँछन्‌। ११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि अग्निभेटी चढाउँछन्‌+ र सुगन्धित धूप बाल्छन्‌।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्‌+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्‌।+ हाम्रा परमेश्‍वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ। १२ अब हेर! साँचो परमेश्‍वर हाम्रो साथमा हुनुहुन्छ र उहाँले नै हामीलाई डोऱ्‍याउँदै हुनुहुन्छ। उहाँका पुजारीहरू पनि हामीसितै छन्‌ र उनीहरू युद्ध-ध्वनि फुक्न बिगुल बोकेर उभिरहेका छन्‌। हे इस्राएलका मानिसहरू हो, आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवासित युद्ध नगर किनकि तिमीहरू सफल हुनेछैनौ।”+

१३ तर यरोबामले आफ्ना सिपाहीहरूको एउटा दललाई अबियाह र तिनका मानिसहरूको पछिल्तिर ढुकेर बस्न लगाए। यरोबामको एउटा दल यहुदाको अगाडिपट्टि थियो र अर्को दलचाहिँ पछाडिपट्टि ढुकेर बसेको थियो। १४ जब यहुदाका मानिसहरूले पछाडि फर्केर हेरे, तब तिनीहरूले अगाडि र पछाडि दुवै तर्फबाट आफूमाथि आक्रमण हुन लागेको कुरा थाह पाए। त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरलाई पुकार्न थाले+ र पुजारीहरूले चाहिँ ठूलठूलो आवाजमा बिगुल फुके। १५ यहुदाका मानिसहरूले चर्को स्वरले युद्धको घोषणा गरे। जब उनीहरूले युद्धको घोषणा गरे, तब साँचो परमेश्‍वरले अबियाह र यहुदासामु यरोबाम र पूरै इस्राएललाई हराउनुभयो। १६ इस्राएलीहरू यहुदाका मानिसहरूको सामनेबाट भागे र परमेश्‍वरले तिनीहरूलाई यहुदाका मानिसहरूको हातमा सुम्पिदिनुभयो। १७ अबियाह र तिनका मानिसहरूले भयङ्‌कर मारकाट मच्चाए। त्यस युद्धमा इस्राएलका ५ लाख तालिमप्राप्त योद्धा मारिए। १८ यसरी इस्राएलका मानिसहरूको अपमान भयो। तर यहुदाका मानिसहरू भने शक्‍तिशाली ठहरिए किनकि उनीहरूले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवामाथि भरोसा राखेका थिए।+ १९ अबियाहले यरोबामलाई खेद्‌न छोडेनन्‌। तिनले यरोबामका यी सहरहरू कब्जा गरे: बेथेल+ र त्यसवरपरका सहरहरू, यसानाह र त्यसवरपरका सहरहरू अनि एप्रैन+ र त्यसवरपरका सहरहरू। २० अबियाहको शासनकालमा यरोबाम फेरि कहिल्यै पहिलाजस्तो शक्‍तिशाली हुन सकेनन्‌। यहोवा परमेश्‍वरले यरोबामलाई प्रहार गर्नुभयो र उनी मरे।+

२१ तर अबियाह भने झन्‌झन्‌ शक्‍तिशाली हुँदै गए। पछि तिनले १४ जना पत्नी ल्याए।+ तिनका २२ जना छोरा र १६ जना छोरी जन्मिए। २२ अबियाहको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका कामहरू र तिनले भनेका कुराहरू भविष्यवक्‍ता इद्दोको लेखोटमा पाइन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने