प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

श्रेष्ठगीत विषयवस्तु

    • सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)

    • सुलम्मेनी फर्किन्छिन्‌, तिनको वफादारी प्रमाणित हुन्छ (८:५-१४)

        • सुलम्मेनी युवतीका दाइहरू (५क)

          • ‘आफ्नो प्रेमीको कुममा शिर अड्‌याउने यिनी को हुन्‌?’

        • सुलम्मेनी युवती (५ख-७)

          • “प्रेम मृत्युजत्तिकै शक्‍तिशाली हुन्छ” (६)

        • सुलम्मेनी युवतीका दाइहरू (८, ९)

          • “ऊ पर्खाल भएकी भए . . . ऊ ढोका भएकी भए . . . ” (९)

        • सुलम्मेनी युवती (१०-१२)

          • “म पर्खाल हुँ” (१०)

        • गोठालो (१३)

          • ‘म तिम्रो सोर सुन्‍न चाहन्छु’

        • सुलम्मेनी युवती (१४)

          • “मृगजस्तै दौडेर आऊ”

श्रेष्ठगीत ८:१

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ १:२

श्रेष्ठगीत ८:२

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ३:४

श्रेष्ठगीत ८:३

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:६

श्रेष्ठगीत ८:४

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:७; ३:५

श्रेष्ठगीत ८:६

फुटनोट

  • *

    हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

  • *

    “याह,” यहोवा नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +युह १५:१३; एफि ५:२५; प्रका १२:११
  • +व्य ४:२४; १ युह ४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ५/२०२३, पृ. २०

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. २९

    ५/१५/२०१२, पृ. ४

    १२/१/२००६, पृ. ६

श्रेष्ठगीत ८:७

फुटनोट

  • *

    वा सम्भवतः “उसको।”

मार्जिनल रेफरेन्स

  • +१कोरि. १३:८, १३
  • +रोमी ८:३८, ३९

श्रेष्ठगीत ८:८

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ १:६

श्रेष्ठगीत ८:११

मार्जिनल रेफरेन्स

  • +उप २:४

श्रेष्ठगीत ८:१३

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ १:६; ६:११
  • +श्रेष्ठ २:१४

श्रेष्ठगीत ८:१४

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:९, १७

अरू

श्रेष्ठ. ८:१श्रेष्ठ १:२
श्रेष्ठ. ८:२श्रेष्ठ ३:४
श्रेष्ठ. ८:३श्रेष्ठ २:६
श्रेष्ठ. ८:४श्रेष्ठ २:७; ३:५
श्रेष्ठ. ८:६युह १५:१३; एफि ५:२५; प्रका १२:११
श्रेष्ठ. ८:६व्य ४:२४; १ युह ४:८
श्रेष्ठ. ८:७१कोरि. १३:८, १३
श्रेष्ठ. ८:७रोमी ८:३८, ३९
श्रेष्ठ. ८:८श्रेष्ठ १:६
श्रेष्ठ. ८:११उप २:४
श्रेष्ठ. ८:१३श्रेष्ठ १:६; ६:११
श्रेष्ठ. ८:१३श्रेष्ठ २:१४
श्रेष्ठ. ८:१४श्रेष्ठ २:९, १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
श्रेष्ठगीत ८:१-१४

श्रेष्ठगीत

८ “तिमी मेरी आमाकै दूध खाएर हुर्केको

मेरा दाजुभाइजस्तै भए त

तिमीलाई बाटोमा भेट्‌दा पनि म म्वाइँ खाने थिएँ +

र कसैले मलाई वचन लाउने थिएन।

 २ म तिमीलाई डोऱ्‍याउँदै

मलाई शिक्षा दिने

मेरी आमाको घरमा लैजाने थिएँ।+

अनि तिमीलाई मसला मिसाइएको मद्य दिने थिएँ,

अनारको ताजा रस दिने थिएँ।

 ३ उसको बायाँ हात मेरो शिरमुनि हुने थियो,

दायाँ हातले उसले मलाई अङ्‌गालोमा बाँध्ने थियो।+

 ४ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई कसम खान लगाउँछु:

मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।”+

 ५ “आफ्नो प्रेमीको कुममा शिर अड्‌याएर

एकलास ठाउँबाट यतातिर आइरहेकी यिनी को हुन्‌?”

“स्याउको बोटमुनि मैले तिमीलाई ब्युँझाएँ,

जहाँ तिम्री आमालाई बेथा लागेको थियो,

जहाँ तिम्रो जन्म भएको थियो।

 ६ नमेटिने छापजस्तै मलाई तिम्रो हृदयमा बसाऊ,

पाखुरामा छाप लगाएझैँ लगाऊ।

किनकि प्रेम मृत्युजत्तिकै शक्‍तिशाली हुन्छ,+

साँचो मायाको वफादारी पनि चिहानजस्तै* कहिल्यै झुक्दैन।

प्रेम दन्केको आगो हो, याहको* ज्वाला हो।+

 ७ यसलाई उर्लेको भेलले निभाउन सक्दैन,+

नदीले बगाउन सक्दैन।+

मानिसले आफ्नो सारा सम्पत्ति खर्चे पनि

मायाको सामने त्यसको* कुनै मोल हुँदैन।”

 ८ “हाम्री एउटी सानी बहिनी छे,+

उसका छाती उठिसकेका छैनन्‌।

कसैले उसलाई माग्न आउँदा

हामी के गरौँ?”

 ९ “ऊ पर्खाल भएकी भए

हामी ऊमाथि चाँदीका बुर्जा बनाउने थियौँ;

ऊ ढोका भएकी भए

देवदारको फल्याक ठोकेर उसलाई छेक्ने थियौँ।”

१० “म पर्खाल हुँ

अनि मेरा वक्ष किल्ला।

त्यसैले मेरो मन शान्त छ,

जुन कुरा उसको नजरबाट लुकेको छैन।

११ बाआल-हामोनमा सुलेमानको अङ्‌गुर बगान थियो;+

तिनले त्यो बगान किसानहरूलाई कमाउन दिए

अनि अङ्‌गुरको सट्टा तिनीहरूले सुलेमानलाई चाँदीका एक हजार टुक्रा टक्य्राउँथे।

१२ हे सुलेमान, म आफ्नै अङ्‌गुर बगानमा सन्तुष्ट छु।

चाँदीका हजार टुक्रा तपाईँकै रहून्‌

अनि दुई सय टुक्राचाहिँ बगानको रखवाली गर्नेहरूको।”

१३ “हे बगैँचामा बस्ने मेरी प्रेयसी,+

साथीहरू तिम्रो स्वर सुन्‍न चाहन्छन्‌।

म पनि तिम्रो स्वर सुन्‍न चाहन्छु।”+

१४ “हे मेरो प्यारा, झट्टै आऊ।

जडीबुटीका पहाडहरू छिचोलेर

मृगजस्तै दौडेर आऊ,+

घोर्ले जरायोजस्तै कुदेर आऊ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने