प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • हागार र इस्माएल (१-१६)

उत्पत्ति १६:१

मार्जिनल रेफरेन्स

  • +उत्प १५:२, ३
  • +गला ४:२५

उत्पत्ति १६:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:१, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १२-१३

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २७

उत्पत्ति १६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १३-१४

उत्पत्ति १६:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ५ २०१७ पृ. १३-१४

उत्पत्ति १६:७

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१७, १८; प्रस्थ १५:२२

उत्पत्ति १६:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १७:२०; २५:१३-१६; १इ १:२९-३१

उत्पत्ति १६:११

फुटनोट

  • *

    यसको अर्थ हो, “परमेश्‍वर सुन्‍नुहुन्छ।”

उत्पत्ति १६:१२

फुटनोट

  • *

    कसै-कसैको विचारमा यसले जेब्रालाई पनि जनाउँछ। यसले स्वतन्त्र हुनुपर्ने वा कसैको अधीनमा बस्न नचाहने मनोभावलाई जनाएको हुन सक्छ।

  • *

    वा सम्भवतः “तिनले आफ्ना सबै दाजुभाइसित दुस्मनी राख्नेछन्‌।”

उत्पत्ति १६:१३

फुटनोट

  • *

    यसले यहोवाको प्रतिनिधित्व गर्ने स्वर्गदूतलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +हित १५:३

उत्पत्ति १६:१४

फुटनोट

  • *

    यसको अर्थ हो, “मलाई देख्नुहुने जीवित परमेश्‍वरको कुवा।”

उत्पत्ति १६:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २१:९; गला ४:२२, २४

अरू

उत्प. १६:१उत्प १५:२, ३
उत्प. १६:१गला ४:२५
उत्प. १६:२उत्प ३०:१, ३
उत्प. १६:७उत्प २५:१७, १८; प्रस्थ १५:२२
उत्प. १६:१०उत्प १७:२०; २५:१३-१६; १इ १:२९-३१
उत्प. १६:१३हित १५:३
उत्प. १६:१५उत्प २१:९; गला ४:२२, २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १६:१-१६

उत्पत्ति

१६ अब्रामकी पत्नी साराईका छोराछोरी थिएनन्‌।+ तिनकी हागार नाम गरेकी एउटी मिश्री दासी थिइन्‌।+ २ अनि साराईले अब्रामलाई यस्तो बिन्ती गरिन्‌: “हेर्नुहोस्‌, यहोवा परमेश्‍वरले मेरो कोख बन्द गरिदिनुभएको छ। त्यसैले बिन्ती छ, मेरी दासीकहाँ जानुहोस्‌ र उसले मेरो लागि सन्तान जन्माइदेओस्‌।”+ अब्रामले साराईको कुरा माने। ३ अब्राम कनानमा बसेको १० वर्ष भइसकेको थियो। साराईले आफ्नी मिश्री दासी हागार अब्रामकी पत्नी हुनलाई दिइन्‌। ४ अब्राम हागारकहाँ गए र तिनी गर्भवती भइन्‌। तर आफू गर्भवती भएको कुरा थाह पाएपछि हागारले आफ्नी मालिक्नीलाई हेप्न थालिन्‌।

५ त्यसपछि साराईले अब्रामलाई भनिन्‌: “ममाथि जे-जति अन्याय भइरहेको छ, त्यसको दोषी तपाईँ नै हुनुहुन्छ। तपाईँलाई मैले नै आफ्नी दासी दिएकी थिएँ। तर गर्भ बसेको थाह पाएपछि त्यसले मलाई हेप्न थाली। अब यहोवा परमेश्‍वरले नै तपाईँ र मबीच इन्साफ गरिदेऊन्‌।” ६ अब्रामले साराईलाई भने: “हेर, तिम्री दासी तिम्रै हातमा छिन्‌। तिमीलाई जे ठीक लाग्छ, त्यही गर।” त्यसपछि साराईले हागारलाई खसालेर व्यवहार गर्न थालिन्‌ अनि हागार आफ्नी मालिक्नीलाई छोडेर भागिन्‌।

७ पछि यहोवा परमेश्‍वरका दूतले हागारलाई निर्जनभूमिको कुवानेर भेट्टाए। त्यो कुवा सुर+ जाने बाटोमा पर्थ्यो। ८ ती दूतले सोधे: “ए साराईकी दासी हागार, तिमी कहाँबाट आयौ अनि कता जाँदै छ्यौ?” हागारले भनिन्‌: “म मेरी मालिक्नी साराईबाट भाग्दै छु।” ९ अनि यहोवा परमेश्‍वरका दूतले भने: “जाऊ, आफ्नी मालिक्नीकहाँ फर्क। नम्र भएर उनको अधीनमा बस।” १० त्यसपछि यहोवा परमेश्‍वरका दूतले भने: “तिम्रा सन्तान कसैले गन्‍नै नसक्नेगरि धेरै हुनेछन्‌।”+ ११ यहोवा परमेश्‍वरका दूतले फेरि भने: “हेर, तिमी गर्भवती छ्यौ। तिमीले छोरा जन्माउनेछ्यौ। तिमीले तिनको नाम इस्माएल* राख्नू। किनभने यहोवा परमेश्‍वरले तिम्रो वेदनाको पुकार सुन्‍नुभएको छ। १२ तिम्रो छोरा जङ्‌गली गधाजस्तै* हुनेछन्‌। तिनी सबैमाथि जाइलाग्नेछन्‌ अनि अरू सबै मानिस पनि तिनीमाथि जाइलाग्नेछन्‌। तिनी आफ्ना दाजुभाइको छेउछाउमा बस्नेछन्‌।”*

१३ त्यसपछि हागारले यहोवा परमेश्‍वरको नाम पुकारिन्‌, जसले* तिनीसित कुरा गरिरहनुभएको थियो। तिनले यसो भनिन्‌: “तपाईँ सबै कुरा देख्ने परमेश्‍वर हुनुहुन्छ।”+ तिनले फेरि भनिन्‌: “मलाई देख्नुहुनेलाई मैले पनि देखेँ!” १४ त्यसैले त्यस कुवाको नाम बेर-लहै-रोइ* राखियो। (यो कुवा कादेस र बरेदको बीचमा पर्छ।) १५ पछि हागारले छोरा जन्माइन्‌ अनि अब्रामले तिनको नाम इस्माएल राखे।+ १६ हागारले इस्माएललाई जन्माउँदा अब्राम ८६ वर्षका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने