प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • झूटा भविष्यवक्‍ताहरूविरुद्ध सन्देश (१-१६)

        • चुन पोतिएका भित्ताहरू ढल्नेछन्‌ (१०-१२)

      • झूटा भविष्यवाणी गर्ने स्त्रीहरूविरुद्ध सन्देश (१७-२३)

इजकिएल १३:२

मार्जिनल रेफरेन्स

  • +मिका ३:५; सप ३:४
  • +यर्मि १४:१४; २३:१६

इजकिएल १३:३

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:३२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९९, पृ. १३-१४

    ५/१/१९९७, पृ. ८-९

इजकिएल १३:५

मार्जिनल रेफरेन्स

  • +इज २२:३०
  • +यसै २:१२; योए १:१५

इजकिएल १३:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि २९:३१, ३२

इजकिएल १३:८

मार्जिनल रेफरेन्स

  • +इज २२:२८

इजकिएल १३:९

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१४; २८:१५, १६; २९:८, ९
  • +इज ६:१३; ११:१०

इजकिएल १३:१०

फुटनोट

  • *

    अर्थात्‌, भित्रपट्टि कमजोर खालको भित्ता बनाउँछन्‌ र चुन पोतेर बलियो जस्तो देखाउँछन्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१३, १४
  • +यसै ३०:१०; इज २२:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/१९९९, पृ. १३-१४

इजकिएल १३:११

मार्जिनल रेफरेन्स

  • +यसै २७:८

इजकिएल १३:१२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३७:१९

इजकिएल १३:१५

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८-९

इजकिएल १३:१६

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१३, १४; २८:१-४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. ८-९

इजकिएल १३:१९

मार्जिनल रेफरेन्स

  • +मिका ३:११
  • +यर्मि २३:१४

इजकिएल १३:२१

मार्जिनल रेफरेन्स

  • +इज ६:१३

इजकिएल १३:२२

फुटनोट

  • *

    वा “पीडा दियौ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:१४
  • +यर्मि २३:१६, १७
  • +यर्मि २३:१४

इजकिएल १३:२३

मार्जिनल रेफरेन्स

  • +व्य १८:१०, १४; यर्मि २७:९; मिका ३:६

अरू

इज. १३:२मिका ३:५; सप ३:४
इज. १३:२यर्मि १४:१४; २३:१६
इज. १३:३यर्मि २३:३२
इज. १३:५इज २२:३०
इज. १३:५यसै २:१२; योए १:१५
इज. १३:६यर्मि २९:३१, ३२
इज. १३:८इज २२:२८
इज. १३:९यर्मि १४:१४; २८:१५, १६; २९:८, ९
इज. १३:९इज ६:१३; ११:१०
इज. १३:१०यर्मि ६:१३, १४
इज. १३:१०यसै ३०:१०; इज २२:२८
इज. १३:११यसै २७:८
इज. १३:१२यर्मि ३७:१९
इज. १३:१५यसै ३०:१२, १३
इज. १३:१६यर्मि ६:१३, १४; २८:१-४
इज. १३:१९मिका ३:११
इज. १३:१९यर्मि २३:१४
इज. १३:२१इज ६:१३
इज. १३:२२यर्मि २७:१४
इज. १३:२२यर्मि २३:१६, १७
इज. १३:२२यर्मि २३:१४
इज. १३:२३व्य १८:१०, १४; यर्मि २७:९; मिका ३:६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १३:१-२३

इजकिएल

१३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका भविष्यवक्‍ताहरूविरुद्ध भविष्यवाणी गर+ र मनगढन्ते भविष्यवाणी गर्नेहरूलाई यसो भन,+ ‘यहोवाको वचन सुन। ३ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्‍ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्‌।+ ४ हे इस्राएल, तिम्रा भविष्यवक्‍ताहरू खण्डहरमा बस्ने फ्याउराहरूजस्ता छन्‌। ५ इस्राएलको घरानाको निम्ति ढुङ्‌गाको पर्खालमा भत्किएका ठाउँहरू बनाउन तिमीहरू फेरि जानेछैनौ+ नत्र त यहोवाको युद्धको दिनमा इस्राएलीहरू खडा भइरहनेछन्‌।”+ ६ “यहोवाले पठाउँदै नपठाए तापनि ‘यहोवा यसो भन्‍नुहुन्छ’ भन्‍नेहरूले झूटो दर्शन* देखेका छन्‌ र झूटो भविष्यवाणी गरेका छन्‌ अनि तिनीहरू त्यो पूरा होस्‌ भनेर आशा गर्छन्‌।+ ७ मैले तिमीहरूलाई केही नभने पनि तिमीहरू ‘यहोवा यसो भन्‍नुहुन्छ’ भन्छौ। के यो झूटो दर्शन अनि झूटो भविष्यवाणी होइन र?”’

८ “‘त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “‘तिमीहरूले झूटो बोलेकोले र तिमीहरूको दर्शन झूट भएकोले म तिमीहरूविरुद्ध खडा भएको छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”+ ९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्‌; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्‌। तब म नै ब्रह्‍माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ १० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्‌।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्‌।’*+

११ “चुन पोत्नेहरूलाई भित्ता भत्किनेछ भनिदेऊ। घनघोर वर्षा हुनेछ, असिना पर्नेछ र ठूलो आँधीले त्यसलाई भत्काउनेछ।+ १२ भित्ता ढलेपछि तिमीहरूलाई यसो भनेर सोधिनेछ, ‘तिमीहरूले पोतेको चुन खोइ कता गयो?’+

१३ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूसित असाध्यै रिसाएको छु। त्यसैले ठूलो आँधी चलाएर, घनघोर पानी अनि ठूलठूला असिना बर्साएर म आफ्नो रिस पोख्नेछु। १४ तिमीहरूले चुन पोतेको भित्ता जगसमेत उदाङ्‌ग हुनेगरि म भुईँमा ढालिदिनेछु। सहर ढल्दा तिमीहरू पनि नाश हुनेछौ। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’

१५ “‘पर्खाल र त्यसमा चुन पोत्नेहरूमाथि म आफ्नो भएभरको रिस पोखाउनेछु र म तिमीहरूलाई यसो भन्‍नेछु: “पर्खाल भत्कियो र त्यसमा चुन पोत्नेहरू पनि मरे।+ १६ यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्‍ताहरू अब छैनन्‌,”’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१७ “हे मानिसको छोरा, तिमीचाहिँ मनगढन्ते भविष्यवाणी गर्ने इस्राएलका छोरीहरूतिर हेरेर तिनीहरूविरुद्ध भविष्यवाणी गर। १८ तिनीहरूलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “धिक्कार छ ती स्त्रीहरूलाई! तिनीहरू मानिसहरूलाई पासोमा पार्न नाप-नापको जन्तर र शिर ढाक्ने घुम्टो बनाउँछन्‌। के तिमीहरू मेरा मानिसहरूलाई मार्न पासो थापेर आफ्नो ज्यान जोगाउन खोज्दै छौ? १९ मुठीभर जौ र दुई-चार टुक्रा रोटीको लागि+ तिमीहरूले मर्नु नपर्ने मानिसहरूलाई माऱ्‍यौ र मर्नु पर्ने मानिसहरूलाई चाहिँ बचायौ। मेरा मानिसहरूसित झूटो बोलेर तिमीहरूले त्यसो गऱ्‍यौ र तिनीहरूले पनि तिमीहरूको कुरा सुने।+ यस्तो काम गरेर के तिमीहरू मेरा मानिसहरूबीच मेरो अपमान गर्छौ?”’

२० “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘हे स्त्रीहरू हो, चरा पक्रन पासो थापेझैँ मानिसहरूलाई पासो थाप्न तिमीहरूले चलाउने जन्तरको विरुद्धमा म छु। म त्यो तिमीहरूको पाखुराबाट खोस्नेछु र तिमीहरूले चरालाई झैँ पासोमा पार्न खोजेका मानिसहरूलाई छुटाउनेछु। २१ तिमीहरूले बनाएको शिर ढाक्ने घुम्टो म च्यातिदिनेछु र तिमीहरूको हातबाट मेरा मानिसहरूलाई छुटाउनेछु। अनि तिनीहरू कहिल्यै तिमीहरूको सिकार हुनेछैनन्‌। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।+ २२ मैले धर्मी मानिसलाई दुःख नदिँदा पनि तिमीहरूले झूटो बोलेर उसलाई दुःखी बनायौ।*+ अनि दुष्टले आफ्नो खराब मार्ग नत्यागोस्‌ र आफ्नो ज्यान नजोगाओस्‌ भनेर+ तिमीहरूले दुष्टलाई झन्‌ हौसला दियौ।+ २३ त्यसैले ए स्त्रीहरू हो, तिमीहरूले अब फेरि झूटा दर्शनहरू देख्नेछैनौ र जोखना हेर्नेछैनौ।+ म आफ्ना मानिसहरूलाई तिमीहरूको हातबाट छुटाउनेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने