प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहोयादा कदम चाल्छन्‌; यहोआसलाई राजा बनाइन्छ (१-११)

      • अथल्याह मारिन्छिन्‌ (१२-१५)

      • यहोयादाले गरेका सुधारहरू (१६-२१)

२ इतिहास २३:१

फुटनोट

  • *

    वा “करार।”

मार्जिनल रेफरेन्स

  • +२रा ११:४

२ इतिहास २३:२

मार्जिनल रेफरेन्स

  • +२इ ८:१४

२ इतिहास २३:३

मार्जिनल रेफरेन्स

  • +२स ५:३
  • +२स ७:८, १२; १रा २:४; ९:५; भज ८९:२०, २९

२ इतिहास २३:४

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२रा ११:५-८; १इ ९:२२-२५; २४:३; २६:१

२ इतिहास २३:५

मार्जिनल रेफरेन्स

  • +१रा ७:१
  • +१रा ७:१२

२ इतिहास २३:६

मार्जिनल रेफरेन्स

  • +१इ २३:२८, ३२

२ इतिहास २३:८

मार्जिनल रेफरेन्स

  • +२रा ११:९-१२
  • +१इ २४:१; २६:१

२ इतिहास २३:९

फुटनोट

  • *

    प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

मार्जिनल रेफरेन्स

  • +२रा ११:४
  • +१इ २६:२६, २७; २इ ५:१
  • +२स ८:७

२ इतिहास २३:११

फुटनोट

  • *

    यसले परमेश्‍वरको व्यवस्था लेखिएको मुठालाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +२रा ११:२
  • +व्य १७:१८
  • +१स १०:१, २४

२ इतिहास २३:१२

मार्जिनल रेफरेन्स

  • +२रा ११:१३-१६

२ इतिहास २३:१३

मार्जिनल रेफरेन्स

  • +२इ २३:१
  • +१रा १:३९, ४०

२ इतिहास २३:१६

मार्जिनल रेफरेन्स

  • +२रा ११:१७, १८; २इ ३४:१, ३१

२ इतिहास २३:१७

मार्जिनल रेफरेन्स

  • +२रा १०:२७, २८
  • +व्य १२:३; २इ ३४:१, ४
  • +व्य १३:५; १रा १८:४०

२ इतिहास २३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३८; गन २८:२
  • +१इ २३:६, ३०, ३१

२ इतिहास २३:१९

मार्जिनल रेफरेन्स

  • +१इ ९:२६; २६:१, १३

२ इतिहास २३:२०

मार्जिनल रेफरेन्स

  • +२रा ११:९
  • +१रा ७:७; २रा ११:१९, २०

अरू

२ इति. २३:१२रा ११:४
२ इति. २३:२२इ ८:१४
२ इति. २३:३२स ५:३
२ इति. २३:३२स ७:८, १२; १रा २:४; ९:५; भज ८९:२०, २९
२ इति. २३:४२रा ११:५-८; १इ ९:२२-२५; २४:३; २६:१
२ इति. २३:५१रा ७:१
२ इति. २३:५१रा ७:१२
२ इति. २३:६१इ २३:२८, ३२
२ इति. २३:८२रा ११:९-१२
२ इति. २३:८१इ २४:१; २६:१
२ इति. २३:९२रा ११:४
२ इति. २३:९१इ २६:२६, २७; २इ ५:१
२ इति. २३:९२स ८:७
२ इति. २३:११२रा ११:२
२ इति. २३:११व्य १७:१८
२ इति. २३:१११स १०:१, २४
२ इति. २३:१२२रा ११:१३-१६
२ इति. २३:१३२इ २३:१
२ इति. २३:१३१रा १:३९, ४०
२ इति. २३:१६२रा ११:१७, १८; २इ ३४:१, ३१
२ इति. २३:१७२रा १०:२७, २८
२ इति. २३:१७व्य १२:३; २इ ३४:१, ४
२ इति. २३:१७व्य १३:५; १रा १८:४०
२ इति. २३:१८प्रस्थ २९:३८; गन २८:२
२ इति. २३:१८१इ २३:६, ३०, ३१
२ इति. २३:१९१इ ९:२६; २६:१, १३
२ इति. २३:२०२रा ११:९
२ इति. २३:२०१रा ७:७; २रा ११:१९, २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २३:१-२१

दोस्रो इतिहास

२३ सातौँ वर्षमा यहोयादाले साहसी हुँदै एउटा कदम चाले। तिनले सय-सय जनाका कप्तानहरूसित+ सम्झौता* गरे। ती कप्तानहरू यी थिए: यरोहामका छोरा अजर्याह, यहोहानानका छोरा इस्माएल, ओबेदका छोरा अजर्याह, आदायाहका छोरा मासेयाह र जिक्रिका छोरा एलिसापात। २ त्यसपछि ती कप्तानहरू यहुदाको चारैतिर गए अनि यहुदाका सबै सहरबाट लेवीहरू+ र इस्राएलमा भएका बुबापट्टिका घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गरे। जब उनीहरू यरुसलेम आए, ३ तब पूरै समुदायले साँचो परमेश्‍वरको भवनमा राजासित करार गऱ्‍यो।+ त्यसपछि यहोयादाले उनीहरूलाई भने:

“हेर! यहोवा परमेश्‍वरले दाउदका सन्तानबारे गर्नुभएको प्रतिज्ञाअनुसारै यस देशमा राजाका छोराले नै शासन गर्नेछन्‌।+ ४ तिमीहरूले यसो गर्नू: विश्रामदिनमा* काममा आउनुपर्ने पुजारी र लेवीहरूमध्ये एक तिहाइले ढोकेको काम गर्नू;+ ५ अर्को एक तिहाइ राजमहलमा तैनाथ हुनू+ अनि बाँकी एक तिहाइचाहिँ जग-ढोकामा तैनाथ हुनू। अरू सबै मानिसचाहिँ यहोवा परमेश्‍वरको भवनका चोकहरूमा हुनेछन्‌।+ ६ यहोवा परमेश्‍वरको भवनमा सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई पनि भवनमा छिर्न नदिनू।+ ती पुजारीहरू र लेवीहरूलाई चाहिँ भवनमा छिर्न दिनू किनकि तिनीहरू पवित्र दल हुन्‌। अरू सबै मानिसले चाहिँ बाहिरै बसेर यहोवा परमेश्‍वरप्रतिको आफ्नो कर्तव्य पूरा गर्नेछन्‌। ७ लेवीहरू आ-आफ्नो हातमा हतियार बोकेर राजाको वरिपरि तैनाथ रहून्‌। यदि कोही भवनभित्र छिर्न खोज्यो भने उसलाई मार्नू। राजा जहाँ-जहाँ जानुहुन्छ, तिमीहरू पनि त्यहाँ-त्यहाँ उहाँसँगै जानू।”

८ ती लेवीहरू र यहुदाका सबै मानिसले पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। तिनीहरूले विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिए।+ किनकि पुजारी यहोयादाले कुनै पनि दललाई कामबाट छुट्टी दिएका थिएनन्‌।+ ९ त्यसपछि पुजारी यहोयादाले सय-सय जनाका कप्तानहरूलाई+ साँचो परमेश्‍वरको भवनमा राखिएका+ भालाहरू, साना ढालहरू* र गोलाकार ढालहरू दिए।+ यी हतियारहरू राजा दाउदका थिए। १० तिनले सबै मानिसलाई आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ हुन लगाए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए। ११ त्यसपछि तिनीहरूले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। अनि यहोयादा र तिनका छोराहरूले उनलाई राजा अभिषेक गरे। तिनीहरूले यसो भने: “राजा दीर्घायु होऊन्‌!”+

१२ मानिसहरू दौडिरहेको र राजाको जयजयकार गरिरहेको आवाज सुन्‍नेबित्तिकै अथल्याह यहोवा परमेश्‍वरको भवनमा गइन्‌। त्यहाँ मानिसहरू भेला भएका थिए।+ १३ त्यहाँ उनले राजालाई भवनको प्रवेशद्वारमा, खम्बाको छेउमा उभिरहेको देखिन्‌। राजासँगै भारदारहरू+ र बिगुल फुक्नेहरू पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए।+ अनि गायकहरूचाहिँ बाजा बजाउँदै खुसीयाली मनाउनमा अगुवाइ लिइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन्‌ र यसो भन्दै चिच्याइन्‌: “यो त धोका भयो, धोका!” १४ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई बाहिर पठाए र तिनीहरूलाई यस्तो आदेश दिए: “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्‍वरको भवनमा नमार्नू।” १५ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलको घोडा-ढोकामा पुग्नेबित्तिकै उनलाई मारे।

१६ त्यसपछि यहोयादाले आफू, राजा र सबै मानिसबीच करार गरे, जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्‍वरको प्रजा रहनुपर्थ्यो।+ १७ त्यसपछि सबै मानिस बाआलको मन्दिरमा आए र त्यो मन्दिर भत्काइदिए।+ तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।+ १८ त्यसपछि यहोयादाले यहोवा परमेश्‍वरको भवनको निगरानी गर्ने जिम्मा पुजारीहरू र लेवीहरूलाई सुम्पिदिए। दाउदले उनीहरूलाई भिन्‍नाभिन्‍नै दलमा विभाजन गरेका थिए। उनीहरूले मोसाको व्यवस्थामा लेखिएअनुसारै+ यहोवा परमेश्‍वरको भवनमा यहोवाको निम्ति अग्निभेटी चढाउने थिए+ अनि दाउदको निर्देशनअनुसारै स्तुतिगान गाउने थिए र खुसीयाली मनाउने थिए। १९ कुनै पनि कारणले अशुद्ध भएका मानिसहरू यहोवा परमेश्‍वरको भवनमा छिर्न नपाऊन्‌ भनेर यहोयादाले भवनका ढोकाहरूमा ढोकेहरू पनि खटाए।+ २० साथै तिनले सय-सय जनाका कप्तानहरू,+ प्रतिष्ठित व्यक्‍तिहरू, मानिसहरूका शासकहरू र देशका सबै मानिसलाई लिए अनि उनीहरूले राजालाई यहोवा परमेश्‍वरको भवनबाट बाहिर लगे। उनीहरू माथिल्लो ढोकाबाट राजमहलभित्र पसे अनि राजालाई सिंहासनमा बसाले।+ २१ तब सबै मानिसले खुसीयाली मनाए र सहरमा शान्ति छायो किनकि उनीहरूले अथल्याहलाई तरबारले मारेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने