दोस्रो राजा
१२ येहुको शासनकालको सातौँ वर्षमा+ यहोआस+ राजा भए र तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी+ बासिन्दा थिइन्। २ पुजारी यहोयादाले बाटो देखाउन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे। ३ तर अग्ला थानहरू*+ भने हटाइएनन् र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाइरहे।
४ यहोआसले पुजारीहरूलाई यस्तो आदेश दिए: “यहोवा परमेश्वरको भवनमा पवित्र भेटीस्वरूप चढाइने सबै पैसा+ अर्थात् मानिसहरूले तिर्ने कर,+ भाकल गरेका मानिसहरूको लागि पुजारीहरूले तोकेको रकम र यहोवा परमेश्वरको भवनको लागि मानिसहरूले राजीखुसीले दिने अनुदान सङ्कलन गर्नुहोस्।+ ५ हरेक पुजारी आफैले दाताहरूबाट* ती रकम जम्मा गर्नुपर्छ अनि परमेश्वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्न चलाउनुपर्छ।”+
६ राजा यहोआसले शासन गरेको २३ वर्ष भइसकेको थियो। तैपनि पुजारीहरूले भवनको मर्मतसम्भार गरेका थिएनन्।+ ७ त्यसकारण राजा यहोआसले पुजारी यहोयादा+ र अरू पुजारीहरूलाई बोलाएर सोधे: “तपाईँहरूले किन अहिलेसम्म भवनको मर्मतसम्भार गर्नुभएको छैन? यदि तपाईँहरू आफ्ना दाताहरूले दिएको पैसा भवनको मर्मतसम्भारमा प्रयोग गर्नुहुन्न भने तिनीहरूबाट पैसा लिन बन्द गर्नुहोस्।”+ ८ तब ती पुजारीहरूले मानिसहरूबाट पैसा नलिने र भवनको मर्मतसम्भार गर्ने जिम्मेवारी पनि नलिने निर्णय गरे।
९ त्यसपछि पुजारी यहोयादाले एउटा बाकस ल्याएर+ त्यसको ढकनीमा प्वाल पारे अनि त्यसलाई वेदीको छेउमा राखे। कोही यहोवा परमेश्वरको भवनमा छिर्दा त्यो बाकस तिनको दायाँपट्टि पर्थ्यो। पहरेदारको रूपमा सेवा गर्ने पुजारीहरूले यहोवा परमेश्वरको भवनमा चढाइएको सबै पैसा त्यही बाकसमा हाल्ने गर्थे।+ १० त्यो बाकस पूरै भरिएपछि तिनीहरूले राजाका सचिव र प्रधानपुजारीलाई खबर गर्थे। त्यसपछि उनीहरू त्यहाँ आउँथे अनि यहोवा परमेश्वरको भवनमा चढाइएको त्यो पैसा लगेर* गन्थे।+ ११ अनि त्यो पैसा यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्ने कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन्थे। त्यसपछि ती निरीक्षकहरूले यहोवा परमेश्वरको भवनमा काम गरिरहेका सिकर्मीहरू, कारिगरहरू,+ १२ डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई पैसा दिन्थे। तिनीहरूले त्यो पैसाले काठ र नापअनुसार काटिएका ढुङ्गा पनि किन्थे र यहोवा परमेश्वरको भवन मर्मत गर्थे। भवन मर्मतसम्भार गर्न लागेको सबै खर्च तिनीहरूले त्यही पैसाले बेहोर्थे।
१३ तर यहोवा परमेश्वरको भवनमा चढाइएको पैसा चाँदीका बाटा, सलेदो निभाउने साधन, कचौरा र बिगुल+ बनाउन प्रयोग गरिएन। यहोवा परमेश्वरको भवनको लागि सुन वा चाँदीका सरसामान बनाउन त्यो पैसा चलाइएन।+ १४ तिनीहरूले त्यो पैसा निरीक्षकहरूलाई दिन्थे र त्यो पैसा यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्न मात्र चलाइन्थ्यो। १५ कामदारहरूलाई ज्याला तिर्न निरीक्षकहरूलाई दिइएको पैसाको कहिल्यै हिसाबकिताब मागिँदैनथ्यो किनकि ती निरीक्षकहरू भरोसायोग्य थिए।+ १६ दोषभेटी* र पापभेटीस्वरूप*+ चढाइएको पैसा भने यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्न चलाइँदैनथ्यो किनकि त्यो पुजारीहरूको भाग थियो।+
१७ त्यसै बेलातिर सिरियाका राजा हाजाएल+ गाथसित+ लडाइँ गर्न निस्के र उनले त्यसलाई कब्जा गरे। त्यसपछि उनले यरुसलेमलाई आक्रमण गर्ने निधो गरे।+ १८ तब यहुदाका राजा यहोआसले आफ्ना पितापुर्खा अर्थात् यहुदाका राजा यहोसापात, यहोराम र आहाज्याहले पवित्र पारेका सबै भेटी अनि आफैले पवित्र पारेका सबै भेटी लिए। तिनले यहोवा परमेश्वरको भवनको र राजमहलको भण्डारमा राखिएका सबै सुन पनि निकाले। त्यसपछि तिनले ती सबै सिरियाका+ राजा हाजाएलकहाँ पठाइदिए। त्यसैले हाजाएल यरुसलेमलाई आक्रमण नगरी फर्केर गए।
१९ यहोआसको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। २० यहोआसका सेवकहरूले तिनीविरुद्ध षड्यन्त्र रचे+ र उनीहरूले तिनलाई सिल्ला जाने बाटोमा पर्ने ‘ढिस्को’-को* घरमा* मारे।+ २१ यहोआसको हत्या गर्ने ती सेवकहरू सिम्मेथका छोरा योजाकार र सोमेरका छोरा यहोजाबाद थिए।+ उनीहरूले यहोआसलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडे। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।+