भजनसङ्ग्रह
घरको उद्घाटनको गीत। दाउदले रचेको भजन।
३० हे यहोवा, म तपाईँको महिमा गर्नेछु किनकि तपाईँले मलाई माथि उठाउनुभएको* छ;
तपाईँले मेरा शत्रुहरूलाई मेरो उपहास गर्ने मौका दिनुभएन।+
२ हे यहोवा मेरा परमेश्वर, मैले तपाईँलाई गुहारेँ र तपाईँले मलाई निको पार्नुभयो।+
३ हे यहोवा, तपाईँले मलाई चिहानबाट* निकाल्नुभएको छ।+
तपाईँले मलाई जीवित राख्नुभएको छ; मृत्युको खाडलमा पर्नदेखि जोगाउनुभएको छ।+
५ किनकि उहाँको रिस क्षणभर मात्र रहन्छ+
तर उहाँको अनुग्रह जीवनभर रहन्छ।+
राती रुवाबासी गर्नुपरे पनि बिहान खुसीको आँसु झर्छ।+
६ जब म निष्फिक्री थिएँ, तब मैले भनेँ:
“म कहिल्यै डग्नेछैनँ।”*
७ हे यहोवा, मैले तपाईँको अनुग्रह पाउँदा तपाईँले मलाई पहाडजत्तिकै अटल बनाउनुभयो।+
तर जब तपाईँले आफ्नो मुहार लुकाउनुभयो, म त्रसित भएँ।+
८ हे यहोवा, मैले तपाईँलाई पुकारिरहेँ +
अनि मलाई अनुग्रह देखाउन मैले यहोवालाई बिन्ती गरिरहेँ।
९ मेरो मृत्यु हुँदा,* म खाडलमा जाँदा के फाइदा हुन्छ र?+
माटोले तपाईँको प्रशंसा गर्छ र?+ तपाईँको वफादारीको बखान गर्छ र?+
१० हे यहोवा, मेरो बिन्ती सुन्नुहोस् र मलाई अनुग्रह देखाउनुहोस्।+
हे यहोवा, मेरो मदतगार बन्नुहोस्।+
११ तपाईँले मेरो शोकलाई हर्षमा* परिणत गरिदिनुभयो;
तपाईँले मेरो भाङ्ग्रा फुकालिदिनुभयो र मलाई रमाहटको लुगा पहिऱ्याइदिनुभयो
१२ ताकि म तपाईँको स्तुति गाउन सकूँ र चुप नबसूँ।
हे यहोवा मेरा परमेश्वर, म सदासर्वदा तपाईँको प्रशंसा गर्नेछु।