भजनसङ्ग्रह
एउटा गीत। दाउदले रचेको भजन।
१०८ मेरो हृदय स्थिर छ, हे परमेश्वर।
म मग्न भएर बाजाहरू बजाउँदै गीत गाउनेछु।+
२ ए तारे बाजा, ए वीणा, जाग!+
म बिहानीको उषालाई ब्युँझाउनेछु।
३ हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;
राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*
४ किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+
अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।
५ हे परमेश्वर, स्वर्गमा तपाईँको महिमा होस्;
तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्।+
६ आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस् र मलाई जवाफ दिनुहोस्+
अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्।
७ परमेश्वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:
“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम+ दिनेछु।
अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+
८ जसरी मनस्से मेरो हो, गिलाद+ पनि मेरै हो
अनि एप्रैम मेरो शिरको टोप* हो;+
यहुदा मेरो लागि शासकको लौरो हो।+
९ मोआब मेरो हातगोडा धुने बाटा हो।+
एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+
अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+
१० पर्खालले घेरिएको सहरमा मलाई कसले पुऱ्याइदेला?
एदोमसम्म मलाई कसले डोऱ्याइदेला?+
११ हे परमेश्वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?
हे हाम्रा परमेश्वर, तपाईँले हाम्रो सेनाको साथ छोड्नुभएको छैन र?+