प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

एज्रा विषयवस्तु

      • विदेशी पत्नीहरूलाई फर्काइदिने करार (१-१४)

      • विदेशी पत्नीहरूलाई उनीहरूकै देशमा फर्काइन्छ (१५-४४)

एज्रा १०:१

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:५, ६

एज्रा १०:२

फुटनोट

  • *

    यस अध्यायको कुनै-कुनै पदमा “सन्तान”-ले “बासिन्दा”-लाई पनि जनाउन सक्छ।

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ७
  • +एज्रा १०:२६, ४४
  • +एज्रा ९:२

एज्रा १०:३

मार्जिनल रेफरेन्स

  • +२रा ११:१७; २इ २९:१०; ३४:३१
  • +एज्रा ९:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००६, पृ. ३०

एज्रा १०:५

मार्जिनल रेफरेन्स

  • +नहे १०:२८-३०

एज्रा १०:६

फुटनोट

  • *

    वा “भोजनकक्षमा।”

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:३, ४; दा ९:३-५

एज्रा १०:८

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:२६

एज्रा १०:१०

मार्जिनल रेफरेन्स

  • +नहे १३:२३

एज्रा १०:११

मार्जिनल रेफरेन्स

  • +व्य ७:३, ४; नहे १३:३; २कोरि. ६:१७

एज्रा १०:१४

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:१

एज्रा १०:१५

मार्जिनल रेफरेन्स

  • +नहे ८:७; ११:१६

एज्रा १०:१८

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:१, २; नहे १३:२८; इज ४४:२२; मला २:७, ८
  • +एज्रा २:१, २; ३:२; जक ६:११

एज्रा १०:१९

मार्जिनल रेफरेन्स

  • +लेवी ५:१७, १८

एज्रा १०:२०

मार्जिनल रेफरेन्स

  • +१इ २४:३, १४; एज्रा २:१, ३७

एज्रा १०:२१

मार्जिनल रेफरेन्स

  • +१इ २४:३, ८; एज्रा २:१, ३९

एज्रा १०:२२

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३८

एज्रा १०:२५

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३; नहे ३:२५

एज्रा १०:२६

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ७; ८:१, ७
  • +एज्रा १०:२

एज्रा १०:२७

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ८

एज्रा १०:२८

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ११; ८:१, ११

एज्रा १०:३०

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ६

एज्रा १०:३१

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ३२
  • +नहे ३:११

एज्रा १०:३३

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, १९; नहे ८:४

एज्रा १०:४४

मार्जिनल रेफरेन्स

  • +व्य ७:३, ४
  • +एज्रा १०:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१/२००६, पृ. ३०

अरू

एज्रा १०:१एज्रा ९:५, ६
एज्रा १०:२एज्रा २:१, ७
एज्रा १०:२एज्रा १०:२६, ४४
एज्रा १०:२एज्रा ९:२
एज्रा १०:३२रा ११:१७; २इ २९:१०; ३४:३१
एज्रा १०:३एज्रा ९:४
एज्रा १०:५नहे १०:२८-३०
एज्रा १०:६एज्रा ९:३, ४; दा ९:३-५
एज्रा १०:८एज्रा ७:२६
एज्रा १०:१०नहे १३:२३
एज्रा १०:११व्य ७:३, ४; नहे १३:३; २कोरि. ६:१७
एज्रा १०:१४एज्रा ९:१
एज्रा १०:१५नहे ८:७; ११:१६
एज्रा १०:१८एज्रा ९:१, २; नहे १३:२८; इज ४४:२२; मला २:७, ८
एज्रा १०:१८एज्रा २:१, २; ३:२; जक ६:११
एज्रा १०:१९लेवी ५:१७, १८
एज्रा १०:२०१इ २४:३, १४; एज्रा २:१, ३७
एज्रा १०:२११इ २४:३, ८; एज्रा २:१, ३९
एज्रा १०:२२एज्रा २:१, ३८
एज्रा १०:२५एज्रा २:१, ३; नहे ३:२५
एज्रा १०:२६एज्रा २:१, ७; ८:१, ७
एज्रा १०:२६एज्रा १०:२
एज्रा १०:२७एज्रा २:१, ८
एज्रा १०:२८एज्रा २:१, ११; ८:१, ११
एज्रा १०:३०एज्रा २:१, ६
एज्रा १०:३१एज्रा २:१, ३२
एज्रा १०:३१नहे ३:११
एज्रा १०:३३एज्रा २:१, १९; नहे ८:४
एज्रा १०:४४व्य ७:३, ४
एज्रा १०:४४एज्रा १०:१६, १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
पवित्र बाइबल नयाँ संसार अनुवाद
एज्रा १०:१-४४

एज्रा

१० जब एज्रा साँचो परमेश्‍वरको भवनको सामने लम्पसार परेर रुँदै र मानिसहरूको पाप स्विकार्दै प्रार्थना गरिरहेका थिए,+ तब इस्राएली पुरुषहरू, स्त्रीहरू र केटाकेटीको एउटा ठूलो भीड तिनको वरपर जम्मा भयो। तिनीहरू पनि डाँको छोडेर रोइरहेका थिए। २ त्यसपछि एलामका सन्तान*+ यहिएलका+ छोरा सेकन्याहले एज्रालाई यसो भने: “वरपरका राष्ट्रका स्त्रीहरूसित विवाह गरेर हामीले हाम्रा परमेश्‍वरसित विश्‍वासघात गरेका छौँ।+ तर इस्राएलसित अझै एउटा आशा छ। ३ अब हामी परमेश्‍वरसित एउटा करार गरौँ,+ जुन करारअनुसार हामी हाम्रा सबै विदेशी पत्नीलाई र उनीहरूबाट जन्मेका सबै बालबच्चालाई उनीहरूकै देश फर्काइदिनेछौँ। यसरी हामी यहोवा परमेश्‍वरको निर्देशनअनुसार र उहाँले दिनुभएका आज्ञाहरूप्रति मनमा गहिरो आदर भएकाहरूको सल्लाहअनुसार चल्नेछौँ।+ व्यवस्थामा जे लेखिएको छ, हामी त्यही गर्नेछौँ। ४ अब उठ्‌नुहोस्‌, यो मामिला सुल्झाउने जिम्मा तपाईँको हो। हामी तपाईँको साथमा छौँ। साहसी हुनुहोस्‌ र कदम चाल्नुहोस्‌।”

५ तब एज्रा उठे अनि पुजारीहरूका नाइकेहरू, लेवीहरू र सबै इस्राएलीलाई आफूले भनेअनुसारै गर्छौँ भनी शपथ खान लगाए+ अनि तिनीहरू सबैले शपथ खाए। ६ त्यसपछि एज्रा साँचो परमेश्‍वरको भवनको सामनेबाट उठे र एलियासिबका छोरा यहोहानानको कोठामा* गए। तर तिनले त्यहाँ न केही खाए न त केही पिए। किनकि निर्वासनबाट फर्केका मानिसहरूले परमेश्‍वरसित विश्‍वासघात गरेकोले तिनी शोक मनाउँदै थिए।+

७ त्यसपछि निर्वासनबाट फर्केका सबै जना यरुसलेममा भेला होऊन्‌ भनेर पूरै यहुदा र यरुसलेममा घोषणा गरियो। ८ मुखियाहरू र नाइकेहरूको निर्णयअनुसार तीन दिनभित्र यरुसलेम नआउनेहरूको सबै सरसम्पत्ति जफत गरिने थियो र तिनीहरूलाई निर्वासनबाट फर्केर आएकाहरूको समुदायबाट निकालिने थियो।+ ९ त्यसैले यहुदा र बिन्यामिन कुलका सबै मानिस तीन दिनभित्र यरुसलेममा भेला भए। नवौँ महिनाको २० औँ दिनमा मानिसहरू साँचो परमेश्‍वरको भवनको चोकमा बसिरहेका थिए। मामिला असाध्यै गम्भीर भएकोले र मुसलधारे पानी पनि परिरहेकोले तिनीहरू थरथर काँपिरहेका थिए।

१० त्यसपछि पुजारी एज्रा उठे र मानिसहरूलाई यसो भने: “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर परमेश्‍वरसित विश्‍वासघात गरेका छौ।+ यसो गरेर तिमीहरूले इस्राएलको दोष झनै ठूलो बनाएका छौ। ११ अब तिमीहरू आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवासामु आफ्नो पाप स्वीकार गर र उहाँको इच्छाअनुसार चल। तिमीहरू आफूलाई वरपरका राष्ट्रका मानिसहरूबाट अलग गर र आफ्ना विदेशी पत्नीहरूलाई त्यागिदेओ।”+ १२ तब पूरै समुदायले ठूलो स्वरमा यसो भन्यो: “तपाईँले भन्‍नुभएअनुसारै गर्नु हाम्रो कर्तव्य हो। १३ तर अहिले यहाँ मानिसहरू असाध्यै धेरै छन्‌ र यो वर्षायाम पनि हो, त्यसैले यहाँ बाहिर उभिएर यो मामिला सुल्झाउन सम्भव छैन। अनि यो एक-दुई दिनमा सुल्झिने मामिला पनि होइन किनकि हामीमध्ये थुप्रैले पाप गरेका छौँ। १४ त्यसैले बिन्ती छ, पूरै समुदायको तर्फबाट हाम्रा मुखियाहरू मात्र यहाँ बसून्‌।+ अनि ज-जसले विदेशी स्त्रीहरूसित विवाह गरेका छन्‌, तिनीहरू आ-आफ्ना सहरका नाइके र न्यायकर्ताहरूसित तोकिएको समयमा यहाँ भेला होऊन्‌ ताकि यस मामिलाले गर्दा हामीमाथि दन्केको परमेश्‍वरको क्रोध शान्त होस्‌।”

१५ तर आसाहेलका छोरा जोनाथन र तिक्भाहका छोरा याजयाहले यसको विरोध गरे अनि लेवीहरू मेसुल्लाम र साब्बथैले+ पनि तिनीहरूलाई साथ दिए। १६ तर निर्वासनबाट फर्केर आएकाहरूले भने जे निर्णय भएको थियो, त्यहीअनुसार गरे। अनि १० औँ महिनाको पहिलो दिनमा पुजारी एज्रा र बुबापट्टिको घरानाहरूका नाइकेहरू, जसलाई नामै लिएर छानिएको थियो, तिनीहरू यस मामिलाको छानबिन गर्न छुट्टै बैठक बसे। १७ पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले विदेशी स्त्रीहरूसित विवाह गर्ने सबै पुरुषको जाँचबुझ गरिसिद्‌ध्याए। १८ यसरी जाँचबुझ गर्दा पुजारीहरूका सन्तानमध्ये केहीले विदेशी स्त्रीहरूसित विवाह गरेका रहेछन्‌ भन्‍ने कुरा पत्ता लाग्यो।+ तिनीहरू यी थिए: यहोजादाकका छोरा यसुआका+ सन्तान र दाजुभाइबाट मासेयाह, एलिएजर, यारिब र गदल्याह। १९ तिनीहरूले आफ्ना पत्नीहरूलाई उनीहरूकै देशमा फर्काइदिने कसम खाए। साथै तिनीहरू दोषी भएकोले तिनीहरूले प्रायश्‍चितको लागि बगालबाट एउटा थुमा चढाउने थिए।+

२० पाप गर्नेहरूमध्ये यी पनि थिए: इम्मेरको सन्तानबाट+ हानानि र जबदियाह; २१ हारिमको सन्तानबाट+ मासेयाह, एलिया, सेमायाह, यहिएल र उज्जियाह; २२ पासुहरको सन्तानबाट+ एलियोनै, मासेयाह, इस्माएल, नेथनेल, योजाबाद र एलेसाह। २३ लेवीहरूबाट योजाबाद, सिमि, केलायाह (अर्थात्‌ केलिता), पथहियाह, यहुदा र एलिएजर; २४ गायकहरूबाट एलियासिब अनि ढोकेहरूबाट साल्लुम, तेलेम र उरि।

२५ इस्राएलीहरूबाट यी थिए: परोसको सन्तानबाट+ रम्याह, इज्जियाह, मल्कियाह, मियामिन, एलियाजार, मल्कियाह र बेनायाह; २६ एलामको सन्तानबाट+ मत्तन्याह, जकरिया, यहिएल,+ अब्दि, यरेमोथ र एलिया; २७ जत्तुको सन्तानबाट+ एलियोनै, एलियासिब, मत्तन्याह, यरेमोथ, जबाद र अजिजा; २८ बेबैको सन्तानबाट+ यहोहानान, हानन्याह, जब्बै र अत्लै; २९ बानिको सन्तानबाट मेसुल्लाम, मल्लुक, आदायाह, यासुब, सेल र यरेमोथ; ३० पाहथ-मोआबको सन्तानबाट+ अद्‌ना, केलाल, बेनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्‍नुइ र मनस्से; ३१ हारिमको सन्तानबाट+ एलिएजर, इसियाह, मल्कियाह,+ सेमायाह, सिमिओन, ३२ बिन्यामिन, मल्लुक र सेमर्याह; ३३ हासुमको सन्तानबाट+ मत्तनै, मत्तताह, जबाद, एलिपेलेत, यरेमै, मनस्से र सिमि; ३४ बानिको सन्तानबाट मादै, अम्राम, उएल, ३५ बेनायाह, बेदयाह, केलुहि, ३६ बन्याह, मरेमोथ, एलियासिब, ३७ मत्तन्याह, मत्तनै र यासु; ३८ बिन्‍नुइको सन्तानबाट सिमि, ३९ सेलेम्याह, नातान, आदायाह, ४० माक्नादबै, सासै, सारै, ४१ अज्रेल, सेलेम्याह, सेमर्याह, ४२ साल्लुम, अमर्याह र युसुफ ४३ अनि नेबोको सन्तानबाट यइएल, मत्तित्याह, जबाद, जबिना, याद्दै, योएल र बेनायाह। ४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने