भजनसङ्ग्रह
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+
हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:
“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”
४ हामी कसरी विदेशी भूमिमा
यहोवाको गीत गाउन सक्छौँ र?
६ यदि मैले तिमीलाई नसम्झेको भए,
तिमीलाई मेरो खुसीको सबैभन्दा ठूलो कारण नठानेको भए+
मेरो जिब्रो मेरो तालुमा टाँसिजाओस्।
७ हे यहोवा, यरुसलेमको पतन भएको दिन
एदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्:
“त्यसलाई तहसनहस पार्! त्यसको जगसमेत तहसनहस पार्!”+
८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+
तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,
त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+
९ तेरा छोराछोरीलाई खोसेर
तिनीहरूलाई चट्टानमा पछार्ने मानिस खुसी हुनेछ।+