पवित्र बाइबल नयाँ संसार अनुवाद प्रस्थान विषयवस्तु प्रस्थान विषयवस्तु १ मिश्रमा इस्राएलीहरूको सङ्ख्या बढ्दै जान्छ (१-७) फारो इस्राएलीहरूलाई दमन गर्छन् (८-१४) परमेश्वरको डर राख्ने सुँडेनीहरूले जीवन बचाउँछन् (१५-२२) २ मोसाको जन्म (१-४) फारोकी छोरी मोसालाई आफ्नो छोरा बनाउँछिन् (५-१०) मोसा भागेर मिद्यान जान्छन् र सिप्पोरासित विवाह गर्छन् (११-२२) परमेश्वर इस्राएलीहरूको सुस्केरा सुन्नुहुन्छ (२३-२५) ३ मोसा र बलिरहेको झाडी (१-१२) यहोवा आफ्नो नामको अर्थ बताउनुहुन्छ (१३-१५) यहोवा मोसालाई निर्देशन दिनुहुन्छ (१६-२२) ४ मोसाले गर्नुपर्ने तीन वटा चमत्कार (१-९) मोसा आफूलाई अयोग्य ठान्छन् (१०-१७) मोसा मिश्र फर्कन्छन् (१८-२६) मोसा हारुनलाई फेरि भेट्छन् (२७-३१) ५ मोसा र हारुन फारोकहाँ जान्छन् (१-५) दमन झनै बढ्छ (६-१८) इस्राएलीहरू मोसा र हारुनलाई दोष लगाउँछन् (१९-२३) ६ छुटकारा दिने वाचा दोहोऱ्याइन्छ (१-१३) यहोवाको नामको पूरै अर्थ प्रकट गरिएको थिएन (२, ३) मोसा र हारुनको वंशावली (१४-२७) मोसा फेरि फारोकहाँ जानुपर्छ (२८-३०) ७ यहोवा मोसालाई बलियो बनाउनुहुन्छ (१-७) हारुनको लौरो ठूलो सर्प बन्छ (८-१३) पहिलो विपत्ति: पानी रगत बन्छ (१४-२५) ८ दोस्रो विपत्ति: भ्यागुता (१-१५) तेस्रो विपत्ति: भुसुना (१६-१९) चौथो विपत्ति: झिँगा (२०-३२) गोसेनलाई असर गर्दैन (२२, २३) ९ पाँचौँ विपत्ति: वस्तुभाउ मर्छ (१-७) छैटौँ विपत्ति: मानिस र पशुहरूमा पिलो निस्कन्छ (८-१२) सातौँ विपत्ति: असिना (१३-३५) फारोले परमेश्वरको शक्ति देख्नेछ (१६) यहोवाको नाम घोषणा गरिनेछ (१६) १० आठौँ विपत्ति: सलह (१-२०) नवौँ विपत्ति: अन्धकार (२१-२९) ११ दसौँ विपत्तिको घोषणा (१-१०) इस्राएलीहरूले उपहार माग्नुपर्ने (२) १२ निस्तार चाडको सुरुवात (१-२८) ढोकाका खामाहरूमा रगत छर्कनुपर्ने (७) दसौँ विपत्ति: जेठा सन्तान मारिन्छन् (२९-३२) मिश्रबाट निस्कन्छन् (३३-४२) ४३० वर्ष पूरा हुन्छ (४०, ४१) निस्तार चाडमा भाग लिनेबारे निर्देशन (४३-५१) १३ पहिलो सन्तान यहोवाको हो (१, २) अखमिरा रोटीको चाड (३-१०) पहिलो सन्तान परमेश्वरलाई अर्पण गर्नुपर्ने (११-१६) इस्राएलीहरूलाई लाल समुद्रतिर डोऱ्याइन्छ (१७-२०) बादलको र आगोको खामो (२१, २२) १४ इस्राएलीहरू समुद्रनजिक पुग्छन् (१-४) फारो इस्राएलीहरूलाई खेद्छन् (५-१४) इस्राएलीहरू लाल समुद्र पार गर्छन् (१५-२५) मिश्रीहरू समुद्रमा डुब्छन् (२६-२८) इस्राएलीहरू यहोवामाथि भरोसा राख्छन् (२९-३१) १५ मोसा र इस्राएलीहरू विजयगीत गाउँछन् (१-१९) मरियम पनि सँगै गाउन थाल्छिन् (२०, २१) तीतो पानीलाई मीठो बनाइन्छ (२२-२७) १६ मानिसहरू खानेकुराको विषयमा गनगन गर्छन् (१-३) यहोवा गनगन सुन्नुहुन्छ (४-१२) बट्टाई चरा र मन्नको प्रबन्ध (१३-२१) विश्रामदिनमा मन्न दिइँदैन (२२-३०) सम्झनाको लागि मन्न राखिन्छ (३१-३६) १७ पिउने पानीको विषयमा होरेबमा कचकच (१-४) चट्टानबाट पानी (५-७) अमालेकीहरूको आक्रमण र हार (८-१६) १८ यिथ्रो र सिप्पोरा आउँछन् (१-१२) यिथ्रो नाइके नियुक्त गर्ने सल्लाह दिन्छन् (१३-२७) १९ सिनै डाँडामा (१-२५) इस्राएल पुजारीहरूको राज्य हुनेछ (५, ६) परमेश्वरकहाँ जान मानिसहरूलाई चोखो पारिन्छ (१४, १५) २० दस आज्ञा (१-१७) अचम्मलाग्दो दृश्य देखेर इस्राएलीहरू डराउँछन् (१८-२१) उपासनासम्बन्धी निर्देशनहरू (२२-२६) २१ इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-३६) हिब्रू दासबारे (२-११) इस्राएलीहरूबीच हत्याहिंसा हुँदा (१२-२७) जनावरबारे (२८-३६) २२ इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-३१) चोरी हुँदा (१-४) बालीनाली नष्ट हुँदा (५, ६) क्षतिपूर्ति तिर्नेबारे र मालिकबारे (७-१५) कन्यालाई फकाएर ऊसित सुत्यो भने (१६, १७) उपासनाबारे र समाजमा न्याय गर्नेबारे (१८-३१) २३ इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-१९) इमानदार र निष्पक्ष हुनेबारे (१-९) विश्रामदिनबारे र चाडहरूबारे (१०-१९) इस्राएलीहरूलाई स्वर्गदूतको डोऱ्याइ (१०-२६) इलाका कब्जा गर्ने र त्यसका सिमाना (२७-३३) २४ करारको पुस्तकमा लेखिएअनुसार गर्न मानिसहरू तयार हुन्छन् (१-११) मोसा सिनै डाँडामा (१२-१८) २५ वासस्थानको लागि अनुदान (१-९) सन्दुक (१०-२२) टेबुल (२३-३०) पानस (३१-४०) २६ वासस्थान (१-३७) पाल बनाउने कपडाहरू (१-१४) चौकोस र चूलघर (१५-३०) पर्दाहरू (३१-३७) २७ अग्निभेटी चढाउने वेदी (१-८) चोक (९-१९) पानसको लागि तेल (२०, २१) २८ पुजारीको पोसाक (१-५) एपोद (६-१४) छातीपाता (१५-३०) ऊरीम र तुम्मीम (३०) बाहुला नभएको अलखा (३१-३५) सुनको पाता बाँधिएको फेटा (३६-३९) पुजारीको अरू पोसाक (४०-४३) २९ पुजारी नियुक्त हुँदा (१-३७) हरेक दिन चढाउनुपर्ने भेटी (३८-४६) ३० धूप बाल्ने वेदी (१-१०) गणना र प्रायश्चितको मोल (११-१६) हातखुट्टा धुन तामाको बाटा (१७-२१) अभिषेक गर्ने विशेष किसिमको तेल (२२-३३) पवित्र धूप बनाउने विधि (३४-३८) ३१ कालिगडहरू परमेश्वरको शक्तिले भरिपूर्ण हुन्छन् (१-११) परमेश्वर र इस्राएलीहरूबीचको चिन्ह, विश्रामदिन (१२-१७) ढुङ्गाका दुई वटा पाटी (१८) ३२ सुनको बाछाको पूजा गर्छन् (१-३५) मोसा अनौठो गीत गाएको सुन्छन् (१७, १८) नियमहरू लेखिएका पाटीहरू मोसा टुक्राटुक्रा पार्छन् (१९) लेवीहरू यहोवाप्रति वफादार हुन्छन् (२६-२९) ३३ इस्राएलीहरूलाई परमेश्वरको कठोर वचन (१-६) छाउनीबाहिर भेट हुने पाल (७-११) मोसा यहोवाको गौरव हेर्न चाहन्छन् (१२-२३) ३४ ढुङ्गाका दुई वटा नयाँ पाटी बनाइन्छ (१-४) मोसा यहोवाको गौरव देख्छन् (५-९) करारसम्बन्धी विवरण (१०-२८) मोसाको अनुहारबाट उज्यालो आउँछ (२९-३५) ३५ विश्रामदिनबारे निर्देशन (१-३) वासस्थानको लागि अनुदान (४-२९) बजलेल र ओहोलिआब पवित्र शक्तिले भरिपूर्ण हुन्छन् (३०-३५) ३६ चाहिनेभन्दा धेरै अनुदान जम्मा हुन्छ (१-७) वासस्थान निर्माण (८-३८) ३७ सन्दुक बनाइन्छ (१-९) टेबुल (१०-१६) पानस (१७-२४) धूप बाल्ने वेदी (२५-२९) ३८ अग्निभेटी चढाउने वेदी (१-७) तामाको बाटा (८) चोक (९-२०) वासस्थानका सरसामानको हिसाबकिताब (२१-३१) ३९ पुजारीको पोसाक बनाइन्छ (१) एपोद (२-७) छातीपाता (८-२१) बाहुला नभएको अलखा (२२-२६) पुजारीको अरू पोसाक (२७-२९) सुनको पाता (३०, ३१) मोसा वासस्थानको निरीक्षण गर्छन् (३२-४३) ४० वासस्थान स्थापना गरिन्छ (१-३३) यहोवाको महिमाले वासस्थान भरिन्छ (३४-३८)