पवित्र बाइबल नयाँ संसार अनुवाद यर्मिया विषयवस्तु यर्मिया विषयवस्तु १ यर्मिया भविष्यवक्ता नियुक्त हुन्छन् (१-१०) कागजी बदामको रूखको दर्शन (११, १२) खड्कुँलोको दर्शन (१३-१६) सुम्पिइएको जिम्मेवारी पूरा गर्न यर्मियालाई सुदृढ पारिन्छ (१७-१९) २ इस्राएल यहोवालाई त्यागेर अरू देवताको पछि लाग्छे (१-३७) इस्राएल जङ्गली अङ्गुरजस्तै छे (२१) इस्राएलको लुगामा रगत लागेको छ (३४) ३ इस्राएलको धर्मत्यागले सीमा नाघ्छ (१-५) इस्राएल र यहुदाको व्यभिचार (६-११) पश्चात्ताप गर्न आग्रह (१२-२५) ४ पश्चात्ताप गरेमा आशिष् पाइन्छ (१-४) विपत्ति उत्तरबाट आउनेछ (५-१८) आउन लागेको विपत्तिले गर्दा यर्मिया बेचैन हुन्छन् (१९-३१) ५ मानिसहरू यहोवाको अनुशासन स्विकार्दैनन् (१-१३) विनाश हुनेछन् तर नामोनिसानै मेटिनेगरि त होइन (१४-१९) यहोवा मानिसहरूको लेखा लिनुहुन्छ (२०-३१) ६ यरुसलेमको घेराबन्दी नजिकै (१-९) यरुसलेममाथि यहोवाको क्रोध (१०-२१) शान्ति नहुँदा पनि ‘शान्ति, शान्ति’ भन्छन् (१४) उत्तरबाट क्रूर शत्रुहरू चढाइ गर्न आउनेछन् (२२-२६) यर्मिया धातु जाँच्ने व्यक्ति हुनेछन् (२७-३०) ७ यहोवाको मन्दिरमा देखावटी भरोसा (१-११) मन्दिरको हालत सिलोको जस्तै हुनेछ (१२-१५) औपचारिक उपासनाको भर्त्सना (१६-३४) “स्वर्गकी रानी”-को पूजा (१८) हिन्नोममा बालकहरूको बलि (३१) ८ मानिसहरू भीडको पछि लाग्छन् (१-७) यहोवाको वचनविना बुद्धि कहाँ पाइन्छ र? (८-१७) यहुदा नाश हुने कुरामा यर्मिया शोक गर्छन् (१८-२२) “के गिलादमा कुनै सुगन्धित लेप छैन?” (२२) ९ यर्मिया अत्यन्तै निराश हुन्छन् (१-३क) यहोवा यहुदाको लेखा लिनुहुन्छ (३ख-१६) यहुदाको निम्ति शोक (१७-२२) यहोवालाई चिनेकोमा घमन्ड गर्नू (२३-२६) १० जातिजातिका देवताहरू र जीवित परमेश्वरबीचको भिन्नता (१-१६) आउँदै गरेको विनाश र निर्वासन (१७, १८) यर्मिया विलाप गर्छन् (१९-२२) भविष्यवक्ताको प्रार्थना (२३-२५) मानिसले आफ्नो पाइलालाई सही मार्गमा हिँडाउन सक्दैन (२३) ११ यहुदाले परमेश्वरसितको वाचा तोड्छ (१-१७) सहरजत्तिकै देवताहरू (१३) काटिनलाई लगिने भेडासँग यर्मियाको तुलना (१८-२०) यर्मियाको सहरका मानिसहरू विरोध गर्छन् (२१-२३) १२ यर्मियाको गुनासो (१-४) यहोवाको जवाफ (५-१७) १३ सुतीको मक्किएको पटुका (१-११) मशक टुक्राटुक्रा पारिनेछ (१२-१४) अटेरी यहुदा निर्वासनमा लगिनेछ (१५-२७) ‘के कुनै कुसीले आफ्नो छालाको रङ्ग फेर्न सक्छ?’ (२३) १४ खडेरी, अनिकाल र तरबार (१-१२) झूटा भविष्यवक्ताहरूको भर्त्सना (१३-१८) यर्मिया मानिसहरूको पाप स्विकार्छन् (१९-२२) १५ यहोवा आफ्नो न्यायदण्ड बदल्नुहुन्न (१-९) यर्मियाको गुनासो (१०) यहोवाको जवाफ (११-१४) यर्मियाको प्रार्थना (१५-१८) परमेश्वरको वचन खाएर रमाउनु (१६) यहोवाले यर्मियालाई बलियो पार्नुभयो (१९-२१) १६ यर्मियाले विवाह, शोक र भोजभतेर गर्न नहुने (१-९) पहिले सजाय, त्यसपछि पुनर्स्थापना (१०-२१) १७ सजिलै मेटाउन नसकिने यहुदाको पाप (१-४) यहोवामा भरोसा गर्दा पाइने आशिष्हरू (५-८) छली हृदय (९-११) यहोवा, इस्राएलको आशा (१२, १३) यर्मियाको प्रार्थना (१४-१८) विश्रामदिनलाई पवित्र मान्नू (१९-२७) १८ कुमालेको हातको माटो (१-१२) यहोवा इस्राएलीहरूतर्फ पीठ फर्काउनुहुन्छ (१३-१७) यर्मियाविरुद्ध षड्यन्त्र; तिनको आग्रह (१८-२३) १९ यर्मियालाई माटोको भाँडो फुटाउन लगाइन्छ (१-१५) बाआल देवताका लागि बालकको बलि (५) २० पासुहर यर्मियालाई पिट्छन् (१-६) यर्मिया प्रचार नगरी बस्नै सक्दैनन् (७-१३) परमेश्वरको सन्देश हड्डीभित्र थुनिएको आगोजस्तै हुन्छ (९) यहोवा वीर योद्धाझैँ हुनुहुन्छ (११) यर्मियाको गुनासो (१४-१८) २१ यहोवा सिदकियाहको बिन्ती सुन्न इन्कार गर्नुहुन्छ (१-७) मानिसहरूले जीवन र मृत्युबीच छनौट गर्नुपर्छ (८-१४) २२ दुष्ट राजाहरूलाई सुनाइएको न्यायदण्ड (१-३०) साल्लुमलाई सुनाइएको न्यायदण्ड (१०-१२) यहोयाकिमलाई सुनाइएको न्यायदण्ड (१३-२३) कोन्याहलाई सुनाइएको न्यायदण्ड (२४-३०) २३ असल र खराब गोठालाहरू (१-४) “उत्तराधिकारी”-को शासनकालमा शान्ति (५-८) झूटा भविष्यवक्ताहरूको भर्त्सना (९-३२) यहोवाको “बोझ” (३३-४०) २४ राम्रा अन्जिर र नराम्रा अन्जिर (१-१०) २५ राष्ट्रहरूसित यहोवाको विवाद (१-३८) राष्ट्रहरूले ७० वर्षसम्म बेबिलोनको सेवा गर्नेछन् (११) परमेश्वरको क्रोधको मद्यले भरिएको कचौरा (१५) एक-एक गर्दै सबै राष्ट्रमा फैलिएको विपत्ति (३२) यहोवाले नाश गर्नुभएकाहरू (३३) २६ यर्मियालाई मार्ने धम्की दिइयो (१-१५) यर्मिया जोगिए (१६-१९) मिकाको भविष्यवाणी उद्धृत (१८) भविष्यवक्ता उरियाह (२०-२४) २७ बेबिलोनको जुवा (१-११) सिदकियाहलाई बेबिलोनको अधीनमा बस्न भनियो (१२-२२) २८ यर्मिया र झूटा भविष्यवक्ता हानन्याह (१-१७) २९ बेबिलोनमा निर्वासनमा रहेकाहरूलाई यर्मियाको चिठी (१-२३) इस्राएल ७० वर्षपछि फर्कनेछ (१०) सेमायाहलाई सन्देश (२४-३२) ३० निको पार्ने र स्वस्थ बनाउने प्रतिज्ञा (१-२४) ३१ बाँकी रहेका इस्राएलीहरू फेरि आफ्नै देशमा फर्कनेछन् (१-३०) राहेल आफ्ना छोराछोरीको निम्ति रुन्छे (१५) नयाँ करार (३१-४०) ३२ यर्मिया खेत किन्छन् (१-१५) यर्मियाको प्रार्थना (१६-२५) यहोवाको जवाफ (२६-४४) ३३ इस्राएलीहरूलाई फर्काएर ल्याउने प्रतिज्ञा (१-१३) ‘दाउदका उत्तराधिकारीको’ शासनमा सुरक्षा (१४-१६) दाउद र पुजारीहरूसित करार (१७-२६) दिन र रातसित करार (२०) ३४ सिदकियाहलाई न्यायदण्ड सुनाइयो (१-७) दास-दासीलाई मुक्त गर्ने करार भङ्ग गरियो (८-२२) ३५ आज्ञाकारी हुने सन्दर्भमा रेकाबीहरूको उत्कृष्ट उदाहरण (१-१९) ३६ यर्मिया मुठा लेख्न लगाउँछन् (१-७) बारुक ठूलो स्वरमा मुठा पढ्न थाल्छन् (८-१९) यहोयाकिम मुठा जलाउँछन् (२०-२६) सन्देश फेरि नयाँ मुठामा लेखिन्छ (२७-३२) ३७ कल्दियालीहरू थोरै समयको लागि मात्र यरुसलेम छोडेर जान्छन् (१-१०) यर्मिया थुनामा पर्छन् (११-१६) सिदकियाह यर्मियालाई भेट्छन् (१७-२१) यर्मियाको लागि रोटीको प्रबन्ध गरिन्छ (२१) ३८ यर्मिया इनारमा फ्याँकिन्छन् (१-६) एबेद-मेलेक यर्मियालाई बचाउँछन् (७-१३) यर्मिया सिदकियाहलाई आत्मसमर्पण गर्न आग्रह गर्छन् (१४-२८) ३९ यरुसलेमको पतन (१-१०) सिदकियाह भाग्छन् तर पक्राउ पर्छन् (४-७) यर्मियाको रेखदेख गर्न आदेश दिइन्छ (११-१४) एबेद-मेलेकको ज्यान जोगिनेछ (१५-१८) ४० नबुजरदान यर्मियालाई बन्धनमुक्त गर्छन् (१-६) सारा यहुदाको रेखदेख गर्न गदल्याहलाई नियुक्त गरिन्छ (७-१२) गदल्याहविरुद्ध षड्यन्त्र (१३-१६) ४१ इस्माएल गदल्याहको हत्या गर्छन् (१-१०) योहानान इस्माएललाई लखेट्छन् (११-१८) ४२ मानिसहरू यर्मियालाई निर्देशनको लागि प्रार्थना गर्न आग्रह गर्छन् (१-६) यहोवाको जवाफ: ‘मिश्र नजानू’ (७-२२) ४३ मानिसहरू कुरा सुन्दैनन् र मिश्र जान्छन् (१-७) मिश्रमा यर्मियाकहाँ आएको यहोवाको वचन (८-१३) ४४ मिश्रमा यहुदीहरूमाथि विपत्ति आइपर्नेछ भन्ने भविष्यवाणी (१-१४) मानिसहरूले परमेश्वरको चेतावनी सुनेनन् (१५-३०) “स्वर्गकी रानीको” पूजा (१७-१९) ४५ बारुकलाई यहोवाको सन्देश (१-५) ४६ मिश्रबारे भविष्यवाणी (१-२६) नबुकद्नेजरले मिश्रलाई पराजित गर्नेछन् (१३, २६) इस्राएलसित गरिएका प्रतिज्ञाहरू (२७, २८) ४७ पलिस्तियालीहरूबारे भविष्यवाणी (१-७) ४८ मोआबबारे भविष्यवाणी (१-४७) ४९ अम्मोनबारे भविष्यवाणी (१-६) एदोमबारे भविष्यवाणी (७-२२) एदोम राष्ट्रको रूपमा खडा भइरहनेछैन (१७, १८) दमिसकबारे भविष्यवाणी (२३-२७) केदार र हजोरबारे भविष्यवाणी (२८-३३) एलामबारे भविष्यवाणी (३४-३९) ५० बेबिलोनबारे भविष्यवाणी (१-४६) बेबिलोनबाट भाग (८) इस्राएललाई फिर्ता ल्याइनेछ (१७-१९) बेबिलोनको पानी सुकाइनेछ (३८) बेबिलोन निर्जन हुनेछ (३९, ४०) ५१ बेबिलोनबारे भविष्यवाणी (१-६४) बेबिलोन अचानक मादीहरूको हातमा पर्नेछ (८-१२) पुस्तक युफ्रेटिसमा मिल्काइन्छ (५९-६४) ५२ सिदकियाह बेबिलोनको विरोध गर्छन् (१-३) नबुकद्नेजर यरुसलेमलाई घेराबन्दी गर्छन् (४-११) सहर र मन्दिरको विनाश (१२-२३) मानिसहरू बेबिलोनमा निर्वासित हुन्छन् (२४-३०) यहोयाकिनलाई कैदमुक्त गरिन्छ (३१-३४)