प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
पवित्र बाइबल नयाँ संसार अनुवाद

१ समुएल विषयवस्तु

१ समुएल

विषयवस्तु

  • १

    • एल्काना र तिनका पत्नीहरू (१-८)

    • निस्सन्तान हन्‍ना एउटा छोरा पाउन सकूँ भनेर प्रार्थना गर्छिन्‌ (९-१८)

    • समुएल जन्मन्छन्‌ र यहोवालाई अर्पण गरिन्छन्‌ (१९-२८)

  • २

    • हन्‍नाको प्रार्थना (१-११)

    • एलिका दुई छोराको पाप (१२-२६)

    • यहोवा एलिको घरानालाई दण्ड सुनाउनुहुन्छ (२७-३६)

  • ३

    • समुएललाई भविष्यवक्‍ता हुन बोलाइन्छ (१-२१)

  • ४

    • पलिस्तीहरू करारको सन्दुक कब्जा गर्छन्‌ (१-११)

    • एलि र तिनका छोराहरू मर्छन्‌ (१२-२२)

  • ५

    • करारको सन्दुक पलिस्तियालीहरूको इलाकामा लगिन्छ (१-१२)

      • दागोनको अपमान हुन्छ (१-५)

      • पलिस्तियालीहरूमाथि विपत्ति आइपर्छ (६-१२)

  • ६

    • पलिस्तीहरू करारको सन्दुकलाई इस्राएलमा फिर्ता पठाउँछन्‌ (१-२१)

  • ७

    • किर्यथ-येरिममा करारको सन्दुक (१)

    • समुएल बिन्ती गर्छन्‌: ‘यहोवाको मात्र सेवा गर’ (२-६)

    • मिस्पामा इस्राएलीहरूको विजय (७-१४)

    • समुएल इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गर्छन्‌ (१५-१७)

  • ८

    • इस्राएलीहरू राजाको माग गर्छन्‌ (१-९)

    • समुएल मानिसहरूलाई चेतावनी दिन्छन्‌ (१०-१८)

    • इस्राएलीहरूले राजा माग्दा यहोवा त्यसलाई स्विकार्नुहुन्छ (१९-२२)

  • ९

    • समुएल साउललाई भेट्‌छन्‌ (१-२७)

  • १०

    • साउललाई राजाको रूपमा अभिषेक गरिन्छ (१-१६)

    • साउललाई मानिसहरूसामु ल्याइन्छ (१७-२७)

  • ११

    • साउल अम्मोनीहरूलाई जित्छन्‌ (१-११)

    • साउल नै राजा हुन्‌ भनेर फेरि घोषणा गरिन्छ (१२-१५)

  • १२

    • समुएलको अन्तिम भाषण (१-२५)

      • “झूटा देवताहरूको पछि लाग्न छोड” (२१)

      • यहोवाले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन (२२)

  • १३

    • साउल सिपाहीहरू छान्छन्‌ (१-४)

    • साउल आफ्नो अधिकारमा नभएको काम गर्छन्‌ (५-९)

    • समुएल साउललाई हप्काउँछन्‌ (१०-१४)

    • इस्राएलीहरूसित कुनै हतियार हुँदैन (१५-२३)

  • १४

    • जोनाथनले मिकमासमा देखाएको साहस (१-१४)

    • परमेश्‍वरले इस्राएलीहरूका शत्रुहरूलाई हराउनुहुन्छ (१५-२३)

    • साउल सोचविचारै नगरी कसम खान लगाउँछन्‌ (२४-४६)

      • मानिसहरू रगतैसमेत मासु खान्छन्‌ (३२-३४)

    • साउलका लडाइँहरू; तिनको परिवार (४७-५२)

  • १५

    • साउल अनाज्ञाकारी हुन्छन्‌; अगागलाई मार्दैनन्‌ (१-९)

    • समुएल साउललाई हप्काउँछन्‌ (१०-२३)

      • ‘बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो’ (२२)

    • साउल राजा भइरहन पाउँदैनन्‌ (२४-२९)

    • समुएल अगागलाई मार्छन्‌ (३०-३५)

  • १६

    • समुएल दाउदलाई अर्को राजाको रूपमा अभिषेक गर्छन्‌ (१-१३)

      • “यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ” (७)

    • परमेश्‍वर आफ्नो पवित्र शक्‍ति साउलबाट हटाउनुहुन्छ (१४-१७)

    • साउलको लागि दाउद वीणा बजाउने काम गर्छन्‌ (१८-२३)

  • १७

    • दाउद गोल्यतलाई जित्छन्‌ (१-५८)

      • गोल्यत इस्राएलीहरूलाई चुनौती दिन्छ (८-१०)

      • दाउद चुनौती स्विकार्छन्‌ (३२-३७)

      • दाउद यहोवाको नाममा लड्‌छन्‌ (४५-४७)

  • १८

    • दाउद र जोनाथनको मित्रता (१-४)

    • दाउदको विजय देखेर साउल डाह गर्छन्‌ (५-९)

    • साउल दाउदलाई मार्न खोज्छन्‌ (१०-१९)

    • दाउद साउलकी छोरी मिकलसित विवाह गर्छन्‌ (२०-३०)

  • १९

    • साउल दाउदलाई घृणा गर्न छोड्‌दैनन्‌ (१-१३)

    • साउलबाट बच्न दाउद भाग्छन्‌ (१४-२४)

  • २०

    • जोनाथन दाउदप्रति वफादार हुन्छन्‌ (१-४२)

  • २१

    • दाउद नोबमा परमेश्‍वरलाई चढाइएका रोटी खान्छन्‌ (१-९)

    • गाथमा दाउद बौलाएको नाटक गर्छन्‌ (१०-१५)

  • २२

    • दाउद अदुल्लाममा र मिस्पामा (१-५)

    • साउल नोबका पुजारीहरूलाई मार्ने आदेश दिन्छन्‌ (६-१९)

    • अबियातार भाग्छन्‌ (२०-२३)

  • २३

    • दाउद केइलाह सहरलाई जोगाउँछन्‌ (१-१२)

    • साउल दाउदलाई खेद्‌छन्‌ (१३-१५)

    • जोनाथन दाउदलाई हौसला दिन्छन्‌ (१६-१८)

    • दाउद साउलबाट बल्लतल्ल जोगिन्छन्‌ (१९-२९)

  • २४

    • दाउद साउलको ज्यान लिँदैनन्‌ (१-२२)

      • दाउद यहोवाका अभिषिक्‍त जनको आदर गर्छन्‌ (६)

  • २५

    • समुएलको मृत्यु (१)

    • नाबाल दाउदका मानिसहरूलाई हकार्छन्‌ (२-१३)

    • अबिगेल बुद्धिमानी कदम चाल्छिन्‌ (१४-३५)

      • ‘यहोवा परमेश्‍वरले जोगाउनुहुनेछ’ (२९)

    • यहोवा मूर्ख नाबालको ज्यान लिनुहुन्छ (३६-३८)

    • अबिगेल दाउदकी पत्नी हुन्छिन्‌ (३९-४४)

  • २६

    • दाउद फेरि पनि साउलको ज्यान लिँदैनन्‌ (१-२५)

      • दाउद यहोवाका अभिषिक्‍त जनको आदर गर्छन्‌ (११)

  • २७

    • पलिस्तीहरू दाउदलाई जिक्लग दिन्छन्‌ (१-१२)

  • २८

    • साउल भूतप्रेत खेलाउने आइमाईलाई भेट्‌न एन-दोर जान्छन्‌ (१-२५)

  • २९

    • पलिस्तीहरू दाउदलाई भरोसा गर्दैनन्‌ (१-११)

  • ३०

    • अमालेकीहरू जिक्लगलाई आक्रमण गरेर आगो लगाइदिन्छन्‌ (१-६)

      • दाउद परमेश्‍वरबाट बल पाउँछन्‌ (६)

    • दाउद अमालेकीहरूलाई जित्छन्‌ (७-३१)

      • दाउद बन्दी बनाइएकाहरूलाई छुटाउँछन्‌ (१८, १९)

      • लुटेको धनमालबारे दाउदले बनाएको नियम (२३, २४)

  • ३१

    • साउल र तिनका तीन जना छोराको मृत्यु (१-१३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने