प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९५ ७/८ पृ. ३२
  • शिक्षकले यसको आनन्द उठाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शिक्षकले यसको आनन्द उठाए
  • ब्यूँझनुहोस्‌!—१९९५
ब्यूँझनुहोस्‌!—१९९५
g९५ ७/८ पृ. ३२

शिक्षकले यसको आनन्द उठाए

अमेरिका, मिसिगनका एक युवा यसरी लेख्छन्‌: “गत वर्ष, दशौं कक्षाको मेरो अंग्रेजी कक्षामा सारा संसारका धर्महरूको व्यापक विषमताबारे अध्ययन गर्न केही दिन हामीले बितायौं।” त्यसै सुअवसरमा यस केटोले म्यान्काइन्डस सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तकको एक प्रति विद्यालयमा ल्यायो। त्यसपछिको घटनाबारे तिनले यसरी बयान गरे:

“खास गरेर यो पुस्तक मेरो शिक्षकको निम्ति चाखलाग्दो हुन्छ भनेर मैले सोचेको थिएँ। विद्यार्थीहरूले कक्षाकार्य गरिरहेको बेलामा उहाँले त्यो पढिरहेको देखेर म औधी खुशी भएँ। तर कक्षा समापन हुनअघि विद्यार्थीहरूलाई कक्षाकार्य बन्द गर्न लाएर मेरो शिक्षकले त्यस पुस्तकको पहिलो पूरा अध्याय ठूलो स्वरले पढेर सुनाउनुहुँदा म कति अचम्मित भएँ, तपाईं कल्पना गर्न सक्नुहुन्छ। उहाँले सो पुस्तकबाट टिपोट लिनसमेत अह्राउनुभयो।

“केही दिनपश्‍चात्‌ विद्यार्थीहरूसित चर्चा गर्नुहुँदा उहाँले फेरि म्यान्काइन्डस सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तक चलाउनुभयो। उहाँले तिनीहरूलाई त्यसबारे अर्को विवरण लेख्न अह्राउनुभयो र त्यो पुस्तक चलाउने सुझाव दिनुभयो। यसप्रकार पूरा एक घण्टा सो पुस्तक प्रयोगमा ल्याइयो।

यदि तपाईं पनि म्यानकाइन्डस सर्च फर गड (मानवजातिद्वारा परमेश्‍वरको खोज) पुस्तकको प्रति चाहनुहुन्छ अथवा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India, मा अथवा पृष्ठ ५ मा दिएका तपाईंलाई सुविधा पर्ने ठेगानाहरूमा लेख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने