के तपाईं बाइबल ज्ञानको निम्ति तिर्खाउनुहुन्छ?
दशकौंदेखि साम्यवादी मुलुकहरूमा खुल्लमखुल्ला बाइबल छलफल गर्नु निषेधित थियो। तर शीतयुद्धको अन्तपछि त्यहाँका हजारौं मानिसहरूले बाइबल ज्ञान खोज्न थाले। विशेषगरि पहिलेका सोभियत संघका गणराज्यहरूमा यो स्थिति विद्यमान भए तापनि पूर्वी युरोपेली राष्ट्रहरूको परिस्थिति पनि उस्तै छ।
उदाहरणका लागि, हंगेरी, पेचकी जीवविज्ञान तथा रसायनशास्त्रकी ४५ वर्षीया शिक्षिकाले बाइबल छलफलबाट निकै आनन्द उठाइन्। “बुडापेस्टमा जाँदा यहोवाको साक्षीसित कुरा गर्न पाउनु रोमाञ्चक र आनन्ददायी अनुभव थियो” भनेर तिनले लेखिन्। “म धर्मशास्त्र अध्ययन गर्न चाहन्छु र बाइबल अध्ययन गर्न पाए त म निकै कृतज्ञ हुनेथिएँ। तपाईंहरूको सहयोग सहर्ष स्वीकार्नेथिएँ।”
सबै ठाउँका मानिसहरूलाई यस्तो सहयोग दिन यहोवाका साक्षीहरू खुशी छन्। यदि तपाईंको घरमा कोही आएर तपाईंसित बाइबल छलफल गरेको चाहनुहुन्छ भने, कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये सुविधाजनक ठेगानामा पत्राचार गर्नुहोस्।