“तपाईंहरूले मानिसहरूलाई ठूलो सेवा पुऱ्याइरहनुभएको छ”
भारतको गोवाका एक जना व्यक्तिले आफ्नो घरमा आएका यहोवाका दुई साक्षीहरूबाट ब्यूँझनुहोस्!-को दुई प्रति पाएछन्। पढिसकेपछि तिनले उक्त पत्रिकाका प्रकाशकहरूलाई यस्तो पत्र लेखे:
“हालै मेरो घरमा आएर मलाई ब्यूँझनुहोस्! पत्रिकाहरू दिने ती दुई महिलालाई धन्यवाद दिन चाहन्छु। तिनीहरूले प्रचारप्रसार गर्न खोजेका होलान् भनेर सुरुमा मैले वास्ता गरिनँ। तर एक दिन ‘अमेजन रेन फरेस्ट’ शीर्षक भएको पत्रिकामा मेरो आँखा पुग्यो। (मार्च २२, १९९७ [अंग्रेजी]) पढ्न थालें र सुरुदेखि अन्तसम्म नपढुञ्जेल बन्द गर्न मन लागेन।
“ब्यूँझनुहोस्!-को जानकारी मलाई रोचक तथा जानकारीमूलक लाग्यो। यस पत्रिकाका विविध विषयहरू देखेर पनि छक्कै परें। मलाई सबैभन्दा कुन कुरा चित्त बुझ्यो भने विभिन्न लेखहरू एकदमै तार्किक तथा सन्तुलित ढंगमा प्रस्तुत गरिएको थियो।”
प्रथम चोटि ब्यूँझनुहोस्! पढ्ने उक्त व्यक्तिले अझ यसो भने: “सबैको घर-घरमा यस्तो बहुमूल्य जानकारी पुऱ्याउनुभएर तपाईंहरूले मानिसहरूलाई ठूलो सेवा पुऱ्याइरहनुभएको छ।”
ब्यूँझनुहोस्! पढेर तपाईं पनि लाभ उठाउन सक्नुहुन्छ। यस्तै प्रकारको अरू पत्रिका प्राप्त गर्न चाहनुहुन्छ अथवा बाइबलबारे छलफल गर्न कोही तपाईंको घरमा आएको चाहनुहुन्छ भने कृपया Praharidurg Prakashan Society, Plot A/35, Nr Industrial Estate, Nangargaon, Lonavla 410 401, Mah., India, वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।