टुक्रिनै लागेको विवाहको लागि मदत
न्यु जील्याण्डको उत्तरी टापुमा बस्ने एउटी महिलाले पारिवारिक आनन्दको रहस्य पुस्तकबारे यसप्रकार लेखिन्: “यो पुस्तक सुरुमा पढ्न थाल्दा मलाई मेरो वैवाहिक सम्बन्ध ‘सुधार्ने वा तोड्ने’ अवस्थामा पुगेको जस्तो लाग्थ्यो।”
उनले आफ्नो पृष्ठभूमिबारे बताइन्। “आमाले दुई चोटि विवाह गर्नुभयो र दुवै पटक दुर्व्यवहार भोग्नुभयो। त्यसकारण, पुरुषहरूको कामै छैन र तिनीहरूले स्त्रीहरूलाई दबाउन सिवाय केही गर्न जानेका हुँदैनन् भन्ने हामीले सिकेका थियौं। त्यसकारण, म जसरी भए पनि कुरा जित्नैपर्ने असाध्यै जिद्दी, एकोहोरो आइमाई बन्न पुगें।”
यस स्त्रीले छाँटकाँट गर्नुपर्ने खाँचो बुझिन्। “पतिको अधीनमा नबसेकी हुनाले अनि असाध्यै घमण्डी भएकीले हाम्रो पारिवारिक आनन्द नै हरण हुन लागेको रहेछ भनेर बुझें।” त्यसकारण, तिनले उल्लेखनीय छाँटकाँटहरू गरिन् र त्यसबारे यसो भन्छिन्: “म र मेरा श्रीमान् अहिले यो पुस्तकबाट पारिवारिक अध्ययन गर्छौं र म मसीही पत्नी हुन सिक्दैछु। अहिले हामी असाध्यै खुसी छौं तर अझ धेरै प्रगति गर्न बाँकी छ।
“हाम्रो घर अहिले जत्तिको प्रेमपूर्ण तथा शान्तिमय पहिले कहिल्यै भएको थिएन।”
पाठ ८ अन्तर्गत “परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवन” छलफल गरिएको परमेश्वर हामीबाट के चाहनुहुन्छ नामक ३२ पृष्ठ भएको पुस्तिका निश्शुल्क चाहनुहुन्छ भने कृपया Watch Tower, H-58 Old Khandala Road, Lonavla 410 401, Mah., India वा पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने कुनै ठेगानामा लेख्नुहोस्।