के तपाईं परमेश्वरलाई प्रसन्न पार्न चाहनुहुन्छ?
के तपाईं आफ्नो जीवनमा आध्यात्मिक कुराको आवश्यकता महसुस गर्नुहुन्छ? भौतिक कुराहरूलाई मात्र महत्त्व दिने यस संसारमा के तपाईं केही कुरा नपुगे जस्तो महसुस गर्नुहुन्छ? के तपाईं परमेश्वरलाई चिनेर उहाँसित नजिकको सम्बन्ध गाँस्न चाहनुहुन्छ?
तपाईं भन्नुहोला, ‘चाहन्छु, तर कसरी? बाइबल पढ्नु र त्यसलाई बुझ्नु चानचुने कुरा हो र?’ आर्थिक अवस्था कमजोर भएका ठाउँका मानिसहरूले केही वर्षमात्र स्कूलमा पढ्न पाएकाले राम्ररी पढ्न नसक्लान्। परमेश्वरलाई चिन्न अनि अनन्त जीवन पाउन पूरा गर्नुपर्ने उहाँका चाहनाहरू यस्ता मानिसहरूले कसरी सिक्न सक्छन्?
सन् १९९६ मा वाचटावर सोसाइटीले परमेश्वर हामीबाट के चाहनुहुन्छ? नामक पुस्तिका प्रकाशित गऱ्यो। अहिले यो २११ भाषामा उपलब्ध छ। यस ३२ पृष्ठे रंगीन पुस्तिकामा १६ वटा भागहरू छन् जसमा विभिन्न प्रश्नहरूको बाइबलबाट छोटो मीठो जवाफ दिइएको छ। जस्तै: परमेश्वर को हुनुहुन्छ? येशू ख्रीष्ट को हुनुहुन्छ? परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो? तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ? साथै कसरी प्रार्थनाद्वारा परमेश्वरसित घनिष्ठ हुने अनि परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवनबाट कसरी आनन्द उठाउने भनेर पनि यस पुस्तिकाले बताउँछ।
यदि तपाईंलाई यो पुस्तिका चाहिन्छ भने कृपया तलको कुपन भरेर पठाउनुहोस्।
□ मलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका एक प्रति पठाइदिनुहोला।
□ कृपया मलाई निःशुल्क गृह बाइबल अध्ययन गराइदिन निम्न ठेगानामा सम्पर्क गर्नुहोला।