प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. २२-२४
  • कोस्टारिकाको रहस्यमय गोलाकार पत्थर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कोस्टारिकाको रहस्यमय गोलाकार पत्थर
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
  • तपाईं प्रकृतिमा उद्देश्‍यपूर्ण डिजाइन देख्न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—२००३
  • “पृथ्वी घुमाउने” व्यक्‍ति
    ब्यूँझनुहोस्‌!—२००५
  • म बेसबलविना बाँच्नै सक्दिनथें!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. २२-२४

कोस्टारिकाको रहस्यमय गोलाकार पत्थर

कोस्टारिकाका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

लगभग सोह्रौं शताब्दीअघि दक्षिणपश्‍चिम कोस्टारिकाका बासिन्दाहरूले विभिन्‍न प्रकारका गोलाकार पत्थरहरू बनाए। कुनै पत्थरको व्यास दस सेन्टिमिटर हुन्थ्यो भने कुनैको लगभग साढेदुई मिटरसम्म पनि हुन्थ्यो। ती पत्थरहरू यति निपुणतासित बनाइएका थिए कि त्यसलाई हेर्नेले ‘यी पत्थरहरू कसरी बनाएको होला? कुन कामको लागि बनाएको होला?’ भनेर सोचिहाल्छ।

गोलाकार चट्टानहरू त चिली, मेक्सिको र संयुक्‍त राज्यलगायत अन्य थुप्रै देशहरूमा पाइएका छन्‌। तर कोस्टारिकाको गोलाकार पत्थर जस्तो अरू कुनै छैन। ती पत्थरहरू उच्च गुणस्तरका छन्‌। एकै ठाउँमा २० वटा वा त्योभन्दा पनि बढी पत्थरहरू पाइएका छन्‌। चाखलाग्दो कुरा के हो भने, धेरैजस्ता ती पत्थरहरू त्रिकोण, आयत र लामो रेखा जस्ता ज्यामितिय आकारहरूमा राखिएको पाइन्छ। यी पत्थरहरूको पंक्‍तिलाई प्रायजसो पृथ्वीको उत्तर दिशापट्टि फर्काएर राखिएका हुन्छन्‌।

विभिन्‍न गोलाकार पत्थरहरू डिकिस नदीको मुहानमा पाइएका छन्‌। अरूचाहिं पाल्मार सुरका दक्षिणी शहरहरू नजिकै, बुएनोस्‌ आइरेस्‌ र गोल्फिटोको साथै ग्वनाकास्टी प्रान्तको उत्तरमा र बीचको उपत्यकामा पाइन्छ। यी गोलाकार पत्थरहरूसित फेला परेका वस्तुहरूको मदतद्वारा ती पत्थरहरू कहिलेका हुन्‌ भनेर पत्ता लगाउन सकिन्थ्यो। यी रहस्यमय पत्थरहरूमध्ये कुनै कुनै सा.यु. ४०० अघिका हुन्‌ भनेर पुरातत्त्वविद्‌हरू अनुमान लगाउँछन्‌। यस्ता धेरैजसो पत्थरहरू सा.यु. ८०० देखि १२०० तिरका पाइएका छन्‌। बस्ती जस्तो देखिने ठाउँ वा चिहान नजिकै पनि यस्ता केही पत्थरहरू भेट्टाएका छन्‌। वर्षौंको दौडान, ती पत्थरहरूभित्र धन लुकाइएको होला भन्ठानेर मानिसहरूले केही पत्थरहरूलाई फुटाएर हेरे। तरैपनि कोस्टारिकाको राष्ट्रिय संग्रहालयमा लगभग १३० गोलाकार पत्थरहरूका सूचीहरू छन्‌। तर सूचीमा नपर्ने पत्थरहरू त्योभन्दा अझ धेरै छन्‌। यी पुराना गोलाकार पत्थरहरू गन्‍न निकै गाह्रो परेको छ किनभने धेरैजसो पत्थरहरू त्यसको मौलिक ठाउँबाट निकालेर बगैंचा र चर्चहरू जस्ता व्यक्‍तिगत ठाउँहरूमा सारिएका छन्‌। निस्सन्देह यस्ता पत्थरहरू कुनै जमिनमुनि, कुनै बाक्लो जंगलमा भएकोले अझै पत्ता लागेका छैनन्‌।

यी पत्थरहरू कसरी बनाइए त? यो रहस्य नै हुन गएको छ। यसलाई यस्तो गोलाकार दिन यन्त्रहरूको मदतद्वारा हातले काम गरेको हुनुपर्छ। त्यस समयका थुप्रै मूर्तिहरूलाई जाँचेर हेर्दा ती पत्थर बनाउनेहरू सिपालु मूर्तिकारहरू थिए भनेर पत्ता लाग्छ। यसबाहेक सा.यु. ८०० भन्दाअघि बनिएका सुनका वस्तुहरूले ती मूर्तिकारहरू अत्यधिक तापमा समेत काम गर्न अनुभवी थिए भनेर प्रमाणित गर्छ। गोलाकार पत्थर बनाउनको निम्ति ढुंगाहरूलाई बेसरी तताएपछि त्यसलाई सेलाएर बाहिरी पत्र निकाल्नुपर्छ भन्‍ने एउटा सिद्धान्त छ। सायद अन्तमा त्यसलाई बालुवा वा छालाले टल्काइन्थ्यो होला।

ठूलठूला गोलाकार पत्थरहरू “सिपालु कारिगरहरूले बनाएका हुन्थे र [गोलाकार पत्थरहरू] यति गोलो हुन्थ्यो कि त्यसलाई फिता र साहुलले नापेर हेर्दा समेत कुनै खोट पाइंदैनथ्यो” भनेर एक जना वैज्ञानिकले व्याख्या गरे। यस्तो निपुण कामले त्यतिबेलाका मानिसहरूसित गणितमा पोख्त हुनुको साथै पत्थरहरूलाई खोप्ने र यन्त्रहरू चलाउनमा पनि खपिस थिए भनेर देखाउँछ। तथापि, सायद यी मानिसहरूसित लिखित भाषा नभएकोले नै होला यी गोलाकार पत्थरहरू खासमा कसरी बनाइयो भनेर कुनै रेकर्डहरू छैनन्‌।

धेरैजसो यी गोलाकार पत्थरहरू ग्रेनाइट जस्तो ढुंगाले बनेका छन्‌। ग्रेनाइटको खानी डिकिस नदीको मुहानदेखि ४० देखि ५० किलोमिटर माथि भएका पहाडहरूमा पाइएको छ। यत्रो गह्रुँगो पत्थरहरू ती मूर्तिकारहरूले कसरी एक ठाउँबाट अर्को ठाउँमा सार्थे होला? यदि खानीमा नै बनाइएको हो भने मूर्तिकारहरूले ती गोलाकार पत्थरहरूलाई ओराल्दा होसियारीसित ओराल्नु पर्थ्यो। कुनै आधुनिक उपकरणको सहायताबिना त्यत्रो तौल भएको चीजलाई त्यत्रो टाढा ठाउँमा कसरी

सारे होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? ती गोलाकार पत्थरहरू खासमा कति गह्रुँगो छ? कुनै कुनै १६ टनभन्दा बढी छ!

यदि ग्रेनाइटलाई खोप्नुअघि नै सारेको हो भने लगभग साढेदुई मिटरको व्यास भएको गोलाकार पत्थर बनाउन लगभग तीन वर्गमिटर र २४ टनको पत्थर चाहिन्छ। त्यसरी नै, यी गोलाकार पत्थरहरू सजिलैसित ओसार्नको लागि फराकिलो र सम्म सडक बनाउन त्यहाँका मानिसहरूले बाक्लो जंगललाई फाड्‌नुपर्छ। कत्रो ठूलो काम! डिकिस नदीको मुहानमा पाइने अरू गोलाकार पत्थरहरू चूनजस्तो कोकुइना भन्‍ने पदार्थले बनेको हुन्छ। यसकारण हुनसक्छ, नदीको विपरित दिशाबाट ५० किलोमिटर जति पर यी पत्थरहरू लगिन्थ्यो। त्यसैगरि प्रशान्त तटवर्तीदेखि २० किलोमिटर टाढा कनो टापुमा पनि केही गोलाकार पत्थरहरू फेला परेका छन्‌।

यी गोलाकार पत्थरहरूको मुख्य उद्देश्‍यबारे कसैले पनि ठोकुवासित भन्‍न सकेको छैन। ती पत्थरहरू मुख्य जनजातीय वा गाउँको दर्जा या महत्त्वको प्रतीक हुनसक्छ। धार्मिक वा विधि-विधानको प्रतीक पनि हुनसक्छ। तथापि, सायद भविष्यमा हुने पुरातात्त्विक अध्ययनहरूले कोस्टारिकाका गोलाकार पत्थरहरूको रहस्य प्रकट गर्नसक्छ।

[पृष्ठ २२, २३-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

कोस्टारिका

[स्रोत]

Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ २३-मा भएको चित्र]

गोलाकार पत्थरको पछाडि भएको रेलगाडीले पत्थरको आकार ठम्याउन मदत गर्छ

[स्रोत]

Courtesy of National Museum of Costa Rica

[पृष्ठ २४-मा भएको चित्र]

कोस्टारिकाका राष्ट्रिय संग्रहालयमा राखिएका गोलाकार पत्थरहरू

साढेदुई मिटर व्यास भएको ठूलो पत्थर, जुन कति पुरानो हो भनेर पत्ता लागेको छैन

[स्रोत]

Courtesy of National Museum of Costa Rica

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने