यसले एउटा मान्छेको पैसा बचायो
पश्चिम अफ्रिकाको नाइजेरिया शहरमा ट्याक्सीमा यात्रा गरिरहेको बेला एकजना मानिसले आफ्नो सँगी यात्रीसँग परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाको “परमेश्वरले घृणा गर्नुहुने बानीहरू,” भन्ने पाठबाट छलफल गरे। जब ट्याक्सी रेस्टुराँको अघाडी रोकियो त्यतिखेर, उसको कुरा चासो लिएर सुनिरहेको त्यस यात्रीले आफूले बोकिराखेको पोका देखाउँदै भन्यो, “यो पैसा हो। . . . यो मैले ट्याक्सीको पछाडि राखेको एउटा ब्यागबाट निकालेको हो।”
त्यो व्यक्ति आफूले गरेको कामप्रति औधी दु:ख व्यक्त गर्दै जसरी भएपनि त्यो पैसा जसको हो उसैलाई फर्काउने इच्छा गरे। त्यो पोका उसँगै यात्रा गर्ने अर्को जवान व्यापारीको थियो। त्यसमा १,५०,००० नाइरा (लगभग १,७०० अमेरिकी डलर) थियो। उसलाई त्यस चोरले लगभग ५०० किलोमिटर टाढादेखि पिछा गर्दै आएको थियो। त्यस चोरले व्यापारीलाई यसो भने, यो पत्रिकामा पाइने सन्देश मलाई सुनाउने मान्छेलाई म धन्यवाद नदिइ बस्न सक्दिनँ। त्यो सन्देश सुनेपछि नै उसले त्यो पैसा फर्काइदिएको थियो।
गाडी चालक लगायत सम्पूर्ण यात्रीहरूले वास्तविक कुरा जब थाह पाए तब तिनीहरू सबै छक्क परे। त्यसपछि तिनीहरू सबैले त्यस पुस्तिका लिन चाहे। साक्षीहरूसँग कुरै गर्न नमान्ने ती व्यापारीले अब भने बाइबल अध्ययन गर्न उत्सुकता देखाए।
तपाईंले पनि यो ३२-पृष्ठ भएको मूल्यवान् पुस्तिका प्राप्त गर्न यो कूपन भरेर यहाँ दिएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्।
◻ मलाई परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाको एक प्रति पठाइदिनुहोस्।
◻ कृपया नि:शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।