प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ९/८ पृ. ३२
  • उद्देश्‍यसहितको प्रकाशन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उद्देश्‍यसहितको प्रकाशन
  • ब्यूँझनुहोस्‌!—१९९९
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ९/८ पृ. ३२

उद्देश्‍यसहितको प्रकाशन

चेक गणतन्त्र, प्रागमा सरकारी पुस्तकालयको व्यवस्थापकले ब्यूँझनुहोस्‌!-बारे लेखेका दुई पृष्ठे निष्कर्षलाई पुस्तकालयको सूचना पाटीमा टाले। तिनले लेखेका कुराहरूको केही भाग यसप्रकार थिए:

“म यहोवाको साक्षी होइन। म वाचटावर सोसाइटीको एकदमै समर्थन पनि गर्दिनँ अनि घोर विरोध पनि गर्दिनँ। तैपनि, मैले केही समयदेखि पढ्‌दै आएको ब्यूँझनुहोस्‌! पत्रिकाको हृदयदेखि नै प्रशंसा गर्छु। यसको शीर्षक दिनको एक चोटि मात्र पढ्‌दा पनि धेरै लाभ हुन्छ। तथापि, यस पत्रिकाको विषय मात्र नभई त्यसका लेखहरूले व्यापार प्रवर्धन गर्ने पत्रिकाहरूको लागि थप मदत पनि दिन्छ . . .

“ब्यूँझनुहोस्‌!-मा राम्ररी सोचविचार गरी लेखिएका धारणाहरू छन्‌। विभिन्‍न कारणहरूले गर्दा अन्य पत्रिकाहरू प्रकाशित गर्न हिचकिचाउने लेखहरू पनि यसमा पाइन्छ। यसले दिएका विषयहरूको अर्थ खुलाउनुका साथै विश्‍वका गतिविधिहरूबारे पनि जागरण गराउँछ। . . . ब्यूँझनुहोस्‌!-ले यसो गर्नै पर्छ वा उसो गर्नै हुँदैन भनेर भन्दैन। यसले तथ्य कुरा तथा अख्तियारवालाहरूको विचारधारालाई प्रकट गर्छ, सकारात्मक र नकारात्मक दुवै पक्षलाई देखाउँछ, बाइबलको पदहरू चलाएर वर्तमान समस्याबारे कुरा गर्छ निर्णयचाहिं पाठककै जिम्मामा छोड्‌छ। यसबाहेक, ब्यूँझनुहोस्‌!-ले प्रश्‍न सोध्नुका साथै पाठकहरूलाई पनि प्रश्‍नहरू सोध्न सिकाउँछ।”

प्रत्येक पत्रिकाको पृष्ठ ४ मा “ब्यूँझनुहोस्‌! किन प्रकाशित गरिन्छ,” भन्‍ने शीर्षक अन्तर्गत यसो भनिएको छ: “मुख्यतः वर्तमान दुष्ट, अधर्मी रीतिरिवाजलाई हटाएर चाँडै शान्तिमय सुरक्षित नयाँ संसार बसाल्ने सृष्टिकर्ताको प्रतिज्ञामाथि यसले हाम्रो विश्‍वास बढाउँछ।”

तपाईंले, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? नामक ३२ पृष्ठे पुस्तिकाको अन्तिम दुई खण्डहरूमा परमेश्‍वरको उक्‍त प्रतिज्ञाबारे छलफल गरिएको पाउनुहुनेछ। यी खण्डका शीर्षकहरू “परमेश्‍वरको उद्देश्‍य चाँडै पूरा हुने” अनि “पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्नुहोस्‌” हुन्‌। तपाईंले पनि यो ३२-पृष्ठे मूल्यवान्‌ पुस्तिका प्राप्त गर्न यो कुपन भरेर यहाँ दिइएको ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउनुहोस्‌।

□ मलाई, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिका एक प्रति पठाइदिनुहोस्‌।

□ कृपया निःशुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने