“मेरो सबैभन्दा ठूलो रहर”
युगोस्लाभियाको भ्रान्जे शहरका केही विद्यार्थीहरूलाई माथि उल्लिखित विषयमा एउटा लेख लेख्ने काम दिइयो। आठ वर्षीय सर्गेको निबन्ध यस्तो थियो। उक्त निबन्ध पछि सबैले पढ्न सकोस् भनी स्कूलको सूचना पाटीमा टाँगिएको थियो।
“सुरुमा त मैले मेरो सबैभन्दा ठूलो रहर राम्रो अंक प्राप्त गरेर स्कूलको पढाइ पूरा गर्ने र छुट्टि मनाउन बेलग्रेड जानेबारे लेख्ने विचार गरेको थिएँ। तर घर पुगेपछि मैले अर्कै कुरा सोच्न थालें। मेरो सबैभन्दा ठूलो रहर सारा संसारमा शान्ति छाओस्, सबै मानिस आनन्दसित बस्न सकोस् र आपसमा प्रेम तथा सहयोग गरेर बसोस् भन्ने हो। म सबै मानिसहरू सुस्वस्थ्य र हाम्रो पृथ्वी अहिले भन्दा सफा होस् भन्ने चाहन्छु।
“आज संसार विभिन्न प्रकारका रासायनिक पदार्थहरूले प्रदूषित भएको छ। पानी र हावा पनि दूषित छ। भोकमरीले गर्दा आज संसारमा हजारौं केटाकेटीहरू दिनहुँ मरिरहेका छन् भने अरू कतिपयचाहिं अन्य रोगहरूको कारण मरिरहेका छन्। यी सबै दुःखकष्टहरू हटून् र सबै केटाकेटीले आमाबाबुको माया पाऊन् भन्ने चाहन्छु ताकि तिनीहरू भोलिको उज्जवल बिहानी हेर्ने आशामा मीठो निद्रा निदाउन सक्छन्। यस वर्तमान संसारमा यो सम्भव छैन तर भविष्यमा अवश्य हुनेछ। अनि यही नै हो मेरो सबैभन्दा ठूलो रहर।”
यी सबै कुराहरू हुनेछन् भनी सर्गे किन त्यस्तो निर्धक्क हुन सके? तिनी बाइबलमा वर्णन गरिएका परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्छन्। के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? भन्ने पुस्तिकाको “परमेश्वरले स्थापना गर्नुहुने आश्चर्यपूर्ण नयाँ संसार” भन्ने भागमा ती प्रतिज्ञाहरूबारे छलफल गरिएको छ।
तपाईं के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाबारे अझ बढी बुझ्न चाहनुहुन्छ भने तपाईंलाई मदत गर्न हामी तपाईंकै इलाकामा बस्ने हाम्रा प्रतिनिधिलाई खुसी साथ पठाउने छौं। चाहनुहुन्छ भने तपाईंले निम्न कुपन भरेर यहाँ दिइएको ठेगाना वा यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई सुविधा पर्ने ठेगानामा पठाउन सक्नुहुन्छ।
◻ कृपया, मकहाँ तपाईंहरूको प्रतिनिधि पठाइदिनुहोस्।