प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ६/८ पृ. ३२
  • सुखी परिवारको आनन्द कसरी उठाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुखी परिवारको आनन्द कसरी उठाउने
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ६/८ पृ. ३२

सुखी परिवारको आनन्द कसरी उठाउने

“म बितेको ४० वर्षदेखि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिकाहरू पढिरहेकी छु,” अर्जेन्टिना, दक्षिण अमेरिकाकी एउटी आइमाई लेख्छिन्‌। “यिनमा मलाई चाहिएकै कुराहरू पाइरहेकी छु भनी वर्षौंपछि आज म भन्‍न सकिरहेकी छु। यी पत्रिकाहरूले मलाई आफ्नो बाल्यावस्थामा, किशोरावस्थामा, विवाहपूर्वको भेटघाटमा र वैवाहिक जीवनमा अनि मेरा छ जना छोराछोरीलाई हुर्काउन मदत गरेका छन्‌।

“यी पत्रिकाहरूले मेरो श्रीमान्‌ र मलाई अहिले हामीसँगै बसिरहेका चार जना छोराछोरीहरू हुर्काउन मदत गरेका छन्‌। म छोराछोरी र तिनीहरूका शिक्षकशिक्षिकाहरूसित कुरा गर्न यी पत्रिकाहरूको सदुपयोग गर्छु। स्वास्थ्य समस्यासम्बन्धी डाक्टरहरूसित कुरा गर्दा त मैले ब्यूँझनुहोस्‌! पत्रिकाबाट जस्ताको तस्तै पढेर सुनाएकी पनि छु। “सिक्ने असमर्थता भएका केटाकेटीहरूको लागि मदत” (मार्च ८, १९९७) शीर्षकको श्रृंखलाबद्ध आवरण लेखका लागि हामी आभारी छौं। किनकि यी लेखहरूले गर्दा नै हामीले हाम्री एउटी छोरी सिक्ने असमर्थता भएकी रहिछे भनेर थाह पायौं।”

वाच टावर सोसाइटीका प्रकाशनहरूले परिवारहरूलाई थुप्रै समस्याहरूको प्रत्यक्षतः सामना गर्न र एकसाथ सुखी जीवनको आनन्द उठाउन मदत गर्नसक्छ। उदाहरणका लागि, १९२ पृष्ठ भएको पारिवारिक आनन्दको रहस्य पुस्तकले लोग्ने, स्वास्नी, आमाबाबु, बालबच्चा, हजुरबुबा, हजुरआमा, परिवारका सबै सदस्यहरूलाई फाइदा पुऱ्‍याउँछ। यस पुस्तकका केही निर्देशनमूलक अध्यायहरू यसप्रकार छन्‌: “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌,” “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌” र “परिवारलाई हानि गर्ने समस्याहरूसित तपाईं विजयी हुन सक्नुहुन्छ” आदि।

यदि तपाईं पनि आफ्नोनिम्ति यो १९२ पृष्ठ भएको पारिवारिक आनन्दको रहस्य पुस्तकको एक प्रति चाहनुहुन्छ भने कृपया, यसमा भएको कुपन भर्नुहोस्‌ र यस पत्रिकाको पृष्ठ ५ मा भएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌। समस्याहरू समाधान गर्न तपाईंले विशेष सल्लाहहरू पाउन सक्नुहुनेछ र सृष्टिकर्ताले चाहनुभएको जस्तो पारिवारिक जीवन बनाउनु भएर त्यसको आनन्द उठाउन सक्नुहुन्छ।

◻ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तकबारे मलाई थप जानकारी दिनुहोस्‌।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसित सम्पर्क गर्नुहोस्‌।

[पृष्ठ ३२-मा भएको चित्र]

ग्रासिएल्या र तिनको परिवार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने