प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g00 ८/८ पृ. ३२
  • अनुशासित छोराछोरी हुर्काउने–कसरी?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनुशासित छोराछोरी हुर्काउने–कसरी?
  • ब्यूँझनुहोस्‌!—२०००
ब्यूँझनुहोस्‌!—२०००
g00 ८/८ पृ. ३२

अनुशासित छोराछोरी हुर्काउने–कसरी?

“छोराछोरीहरूले आमाबाबुबाट पाउने प्रेम र अनुशासनबाट आत्मसम्मान तथा आत्मसंयम सिक्छन्‌” भनी मन्ट्रिअल, क्यानाडाबाट प्रकाशित हुने अखबार द ग्याजेट बताउँछ। यसमा के के कुरा समावेश छन्‌? मन्ट्रिअलको मनोचिकित्सक कन्स्टान्स लालिनेकअनुसार केटाकेटीको आचरणमा सीमा तोक्नु महत्त्वपूर्ण छ।

केटाकेटी र परिवारसित सम्बन्धित क्षेत्रमा कार्यरत लालिनेक यसो पनि भन्छन्‌, “केटाकेटीलाई तिनीहरूको कामको परिणाम भोग्नदेखि रोक्यौं भने हामीले तिनीहरूलाई सिक्नदेखि पनि वञ्चित गरिरहेका हुनेछौं।” मनपरी गर्ने स्वभावले केटाकेटीको विकासमा प्रतिकूल असर पार्नसक्छ।

केटाकेटी हुर्काउनेसम्बन्धमा समयको दौडान साँचो साबित भएको बाइबलको सल्लाह एकदमै उपयुक्‍त छ। बाइबल यसो भन्छ: “तिमीहरूको वचन चाहिं, ‘हो भने, हो’ ‘होइन भने, होइन’ होस्‌।” (मत्ती ५:३७) व्यावहारिक नियमहरू लागू गरे, ती केटाकेटीले राम्ररी बुझ्नेछन्‌ भनी पक्का भएपछि ती तुरुन्तै र निरन्तर लागू गर्नुहोस्‌। तपाईंको वचनअनुसारको प्रभावकारी काम पनि होस्‌। यसो गर्दा केटाकेटीहरूले आमाबाबुको नियम तथा आशा के रहेछ भनी स्पष्टसित बुझ्नेछन्‌ र त्यो हो, मानिसले ‘जे रोप्तछ, त्यसैको कटनी पनि गर्नेछ।’ (गलाती ६:७; रोमी २:६) मायालु तथा प्रभावकारी अनुशासन दिनुको मूल उद्देश्‍य के हो भने, केटाकेटीहरूले नियम पालन गर्न सिक्नेछन्‌, निराशाको सामना गर्न र आफूले भन्‍नेबित्तिकै केही चीज नपाउँदा पनि धैर्य गर्न सक्नेछन्‌ र अनुशासित, जिम्मेवार वयस्क हुन चाहिने गुणहरू विकास गर्नेछन्‌।

छोराछोरीलाई मायालु अनुशासन दिने सन्दर्भमा परमेश्‍वरको वचनले आमाबाबुलाई दिएको थप सल्लाह पारिवारिक आनन्दको रहस्य पुस्तकमा पाइन्छ। यो १९२ पृष्ठे पुस्तकबारे थप जानकारी चाहनुहुन्छ भने यहाँ दिइएको कुपन भरेर पठाउनुहोस्‌।

◻ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तकबारे थप जानकारी पठाइदिनुहोस्‌।

◻ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसित सम्पर्क गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने