तिनीहरू सबैले यो स्वीकारे
स्वीट्जरल्याण्डको बासेलस्थित एउटा स्कूलका शिक्षकले विद्यार्थीहरूलाई १० देखि १५ मिनेट लामो उनीहरूलाई मनपर्ने कुनै पनि विषयमा भाषण तयार गर्न भने। पन्ध्र वर्षीया रोजीले “तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने” भन्ने विषय छानिन्।
सहपाठीहरूले यस्तो प्रश्न सोधे: “यो कस्तो प्रकारको विषय हो? के तिमी लागूऔषधबारे कुरा गर्न लागिरहेकी छ्यौ?”
“तिमीहरूले थाह पाइहाल्नेछौ नि” भन्दै तिनले जवाफ दिइन्।
तिनको भाषणको अन्तमा विद्यार्थीहरूले जोडदार ताली बजाए। त्यसपछि रोजीले यसो भनिन्: “युवावस्थाको सर्वोत्तम फाइदा कसरी उठाउन सकिन्छ भन्ने विषयमा बताउन पन्ध्र मिनेटले त साँच्चै पुग्दै पुग्दैन।” त्यसैकारण तिनले यसो भनिन्: “तिमीहरू सबैको लागि मसँग उपहार छ।” तिनले सबै विद्यार्थीहरूलाई जम्माजम्मी २० वटा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जपाफ भन्ने पुस्तक दिइन्। ती पुस्तकहरू चिटिक्क प्याक गर्नुका साथै त्यसमा प्रत्येक सहपाठीहरूको नाउँ चट्ट लेखिएको थियो।
सबैले कृतज्ञतासाथ पुस्तक स्वीकारेपछि यसको विषय सूची सरसरती हेर्न थाले। यस पुस्तकमा यस्ता अध्यायहरू छन्: “के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?,” “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?,” “कुन पेशा छाने बेस होला?,” “विवाहपूर्व यौनसम्बन्ध नराख्न मैले के गर्नुपर्छ?” र “साँचो प्रेम हो कि होइन, कसरी थाह पाउने?”
यस पुस्तकमा जम्माजम्मी ३९ वटा अध्याय छन्। यस पुस्तकबारे थप जानकारीको लागि तपाईं सँगैको कुपन भरेर यहाँ दिइएको ठेगाना वा पृष्ठ ५ मा दिइएको उपयुक्त ठेगानामा पत्रचार गर्न सक्नुहुन्छ। (g02 8/22)
□ मलाई युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ पुस्तकबारे थप जानकारी पठाइदिनुहोस्।
□ कृपया निश्शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्।