प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 ४/८ पृ. ३२
  • ‘यो त रत्नहरूले भरिएको रहेछ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘यो त रत्नहरूले भरिएको रहेछ’
  • ब्यूँझनुहोस्‌!—२००४
ब्यूँझनुहोस्‌!—२००४
g04 ४/८ पृ. ३२

‘यो त रत्नहरूले भरिएको रहेछ ’

यस प्रकार सं.रा.अ.-को इलेनोइमा भएको एउटा हस्पिस्‌ अर्थात्‌ निको नहुने रोगीहरूको अस्पतालका निर्देशकले तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिकाबारे बताए। तिनलाई यो पुस्तिका र एउटा ब्यूँझनुहोस्‌! पत्रिका एक जना यहोवाको साक्षीले पठाएकी रहिछन्‌ किनभने ब्यूँझनुहोस्‌! पढेपछि उक्‍त साक्षीले बुढ्यौलीले छोएका व्यक्‍तिहरूमा आत्महत्याको दर अकासिंदो छ भन्‍ने कुरा थाह पाएकी थिइन्‌। हस्पिस्‌का निर्देशकले साहित्य प्राप्त गर्नासाथै आफ्नो प्रतिक्रिया व्यक्‍त गरिहाले।

हस्पिस्‌का निर्देशकले तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिका रत्नहरूले भरिएको रहेछ भन्‍ने कुरा थाह पाइसकेपछि तिनले यस्तो लेखे: “यो पुस्तिका . . . परिवारहरूलाई उपलब्ध गराउन पाए म खुसी हुने थिएँ, जसले यसमा दिइएका व्यावहारिक बुद्धि र बाइबलसम्बन्धी सन्दर्भ-सामग्री तथा छलफलद्वारा सान्त्वना पाउनेछन्‌।”

साक्षीले निर्देशकलाई तुरुन्तै फोन गरिन्‌ र तिनलाई व्यक्‍तिगत रूपमा भेट्‌ने व्यवस्था मिलाइन्‌। निर्देशकले २० प्रति पुस्तिका मगाए र हस्पिस्‌मा उक्‍त पुस्तिका नसिद्धिओस्‌ भनेर हरेक दुईदेखि तीन महिनामा सम्पर्क राख्न आग्रह गरे।

तपाईं वा तपाईंले चिन्‍नुहुने अरू कसैले पनि यो ३२ पृष्ठे पुस्तिका पढेर सान्त्वना पाउन सक्नुहुन्छ होला। सँगै दिइएको कुपन भर्नुहोस्‌ र यसै पत्रिकाको पृष्ठ ५ मा दिइएको उपयुक्‍त ठेगानामा पठाएर तपाईं थप जानकारी प्राप्त गर्न सक्नुहुन्छ। (g04 3/8)

□ कुनै बाध्यतामा नपरी, म तपाईंको प्रियजनको मृत्यु हुँदा भन्‍ने पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने