प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 २/८ पृ. ३२
  • “मेरा प्राध्यापकहरू असाध्यै खुसी भए”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरा प्राध्यापकहरू असाध्यै खुसी भए”
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 २/८ पृ. ३२

“मेरा प्राध्यापकहरू असाध्यै खुसी भए”

यो कुरा जर्जियाको टिविलिसी मेडिकल युनिभर्सिटीमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले ब्यूँझनुहोस्‌!-का प्रकाशकलाई लेखेको पत्रमा उल्लेख गरिएको थियो। यी विद्यार्थीले ब्यूँझनुहोस्‌!-लाई किन यस्तो लेखे?

“मैले सन्‌ १९९८ देखि तपाईंहरूको पत्रिका पढ्‌दै आइरहेको छु। . . . ती पत्रिकाहरूले मेरो पढाइमा साँच्चै मदत गर्छन्‌। लेखहरू सधैं समसामयिक हुनुका साथै भरपर्दा जानकारीहरूले भरिएका हुन्छन्‌। हालै नोभेम्बर २२, २००२ अंकको अवेक!-को ‘स्टेम कोषहरू—के विज्ञानले निक्कै प्रगति गरिसकेको छ?’ भन्‍ने शृङ्‌खलाबद्ध लेखका जानकारीहरू चलाएर मैले ‘क्लोनिङ र स्टेम कोषका प्रकारहरू’ भन्‍ने विषयमा निबन्ध लेखें। मेरा प्राध्यापकहरू असाध्यै खुसी भए र मैले सबैभन्दा धेरै अंक पाएँ।

“तपाईंहरूले यति राम्रा विषयमा लेखहरू प्रकाशित गर्नुभएकोमा म धेरै खुसी छु, विशेष गरी चिकित्सा क्षेत्रसित सम्बन्धित लेखहरू प्रकाशित गर्नुभएकोमा। हुन त म र मेरो परिवारका कोही पनि यहोवाका साक्षी होइनौं, तैपनि तपाईंहरूको पत्रिका हामीलाई साँच्चै मन पर्छ किनभने यसले आफू वरपरका कुराहरूबारे हाम्रो ज्ञान बढाउन मदत गर्छ।”

बाइबलमा शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी व्यावहारिक निर्देशन पाइन्छ भन्‍ने कुरा थाह पाउँदा तपाईं छक्क पर्नुहुन्छ होला। सबैका लागि उपयोगी किताब नाउँको ३२ पृष्ठे मनमोहक पुस्तिकामा यो कुरा प्रकाश पारिएको छ। तपाईं यस पुस्तिकाबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउन सक्नुहुन्छ। (g05 1/22)

□ कुनै बाध्यतामा नपरी, सबैका लागि उपयोगी किताब भन्‍ने पुस्तिकबारे थप जानकारी प्राप्त गर्न चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने