प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १२/८ पृ. ३२
  • उनका साथीहरूको विचार बद्‌लियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उनका साथीहरूको विचार बद्‌लियो
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १२/८ पृ. ३२

उनका साथीहरूको विचार बद्‌लियो

◼ युक्रेनकी ११ वर्षीया भिक्टोरियाले (माथि चित्रमा देखाइएकी) आफूलाई मनपर्ने किताबबारे एउटा रिपोर्ट तयार पार्नुपर्ने थियो। रिपोर्ट सुन्दैमा उनका सबै साथीहरूलाई किताब पढूँ-पढूँ लाग्नुपर्थ्यो। उनी भन्छिन्‌: “मैले आफ्ना साथीहरूलाई युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताबबारे जानकारी दिने विचार गरें। यस किताबमा के-के छ र यसको विषयवस्तु कहाँबाट लिइएको हो, मैले रिपोर्टमा बताएँ। चाहनेहरू सबैले क्लासपछि किताब लिन सक्छन्‌ भनेर पनि अन्तमा जानकारी दिएँ।”

उनका साथीहरूले कस्तो प्रतिक्रिया देखाए होलान्‌? भिक्टोरिया भन्छिन्‌: “त्यो दिन मैले २० वटा किताब दिएँ। मेरा साथीहरूले यहोवाका साक्षीहरू एउटा खतरनाक धार्मिक समूह हो भन्ठानेका रहेछन्‌। तर अब भने उनीहरूको विचार बद्‌लियो। अहिले म दुई जनालाई हाम्रा पत्रिकाहरू नछुटाईकन दिन्छु।”

युवा जनहरूका प्रश्‍न किताबले युवायुवतीहरूको विचार तथा भावना राम्ररी केलाएर छलफल गरेको छ। यस किताबमा यस्ता युवा खुलदुलीहरू समेटिएका छन्‌: “के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?,” “म साँचो मित्रहरू कसरी बनाउनसक्छु?” र “विवाहपूर्व यौनसम्बन्ध राखे के बिग्रन्छ र?” यति मात्र कहाँ हो र! यसका ३९ अध्यायहरूमा अन्य थुप्रै विषयहरू पनि छलफल गरिएका छन्‌।

थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। (g05 11/22)

□ म कुनै बाध्यतामा नपरी, युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ पुस्तकबारे थप जानकारी चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने