प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • my कथा ११
  • पहिलो इन्द्रेनी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो इन्द्रेनी
  • बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • मिल्दोजुल्दो सामग्री
  • आठ जना बचे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?
    महान्‌ शिक्षकबाट सिकौं
  • नुह र जलप्रलयको कथा—के यो मिथ्या मात्र हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • बितेको समयबाट चेताउनी
    तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ!
थप हेर्नुहोस्
बाइबलका कथाहरू भएको मेरो पुस्तक
my कथा ११
आकाशमा देखिएको पहिलो इन्द्रेनी, नूहको जहाज सुक्खा जमिनमा अडिन्छ

कथा ११

पहिलो इन्द्रेनी

जहाजबाट बाहिर निस्किने बित्तिकै नूह र उसको परिवारले सबैभन्दा पहिला के गऱ्‍यो, तिमीलाई थाह छ? उनीहरूले परमेश्‍वरलाई भेटी अथवा उपहार चढाए। तल चित्रमा नूहले भेटी चढाइरहेको हेर त। आफ्नो परिवारलाई परमेश्‍वरले ठूलो जलप्रलयबाट बचाउनुभएकोमा धन्यवाद दिन नूहले जनावरहरू उपहार चढाएको थियो।

के तिमीलाई यो उपहार पाएर परमेश्‍वर खुसी हुनुभयो जस्तो लाग्छ? हो, उहाँ असाध्यै खुसी हुनुभयो। त्यसैले यो पृथ्वीलाई फेरि जलप्रलय ल्याएर कहिल्यै नाश गर्नेछैनँ भनेर उहाँले नूहसित प्रतिज्ञा गर्नुभयो।

यहोवालाई धन्यवाद दिन नूह र तिनको परिवार उहाँलाई उपहारस्वरूप भेटी चढाउँछन्‌

चाँडै जमिन पूरै सुक्खा भयो। त्यसपछि नूह र उसको परिवार जहाजबाहिर बस्न थाल्यो। परमेश्‍वरले उनीहरूलाई आशिष्‌ दिनुभयो र भन्‍नुभयो: ‘तिमीहरूले अब धेरै छोराछोरी जन्माएर पृथ्वी भर्नुपर्छ।’

तर पछि-पछिका मान्छेहरू फेरि ठूलो जलप्रलय आउला भनेर डराउन सक्थे। यसैले परमेश्‍वरले पृथ्वीमा फेरि कहिल्यै जलप्रलय ल्याउनु हुनेछैन भनेर मान्छेहरूले सम्झिराखून्‌ भनी एउटा चिह्न दिनुभयो। त्यो चिह्न के थियो, तिमीलाई थाह छ? त्यो इन्द्रेनी थियो।

पानी परेर घाम लागेपछि आकाशमा अक्सर इन्द्रेनी देखिन्छ। इन्द्रेनीमा थुप्रै सुन्दर रङहरू हुन्छन्‌। के तिमीले कहिल्यै इन्द्रेनी देखेका छौ? इन्द्रेनी कस्तो हुन्छ चित्रमा हेर त।

परमेश्‍वरले त्यसपछि यसो भन्‍नुभयो: ‘सबै मान्छे र जनावरलाई जलप्रलय ल्याएर म फेरि कहिल्यै नाश गर्नेछैन। म मेरो इन्द्रेनी बादलमा राख्दैछु। इन्द्रेनी देखा परेपछि म त्यसलाई हेर्छु र आफूले भनेको कुरा सम्झन्छु।’

अब भन, इन्द्रेनी देखेपछि तिमीले पनि के सम्झनुपर्छ? हो, परमेश्‍वरले फेरि कहिल्यै जलप्रलय ल्याएर पृथ्वीलाई नाश गर्नु हुनेछैन भनेर सम्झनुपर्छ।

उत्पत्ति ८:१८-२२; ९:९-१७.

अध्ययनका लागि प्रश्‍नहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने