येशूको जीवन र सेवकाई
सतावट सामना गर्ने तैयारी
प्रचारको काम बारे आफ्ना चेलाहरूलाई आदेश दिइसक्नु भए पछि, येशूले तिनीहरूलाई विरोधीहरू देखि सतर्क गराउनु हुन्छ। उहाँले एसो भन्नु हुन्छ: “हेर, म तिमीहरूलाई ब्वाँसाका बीचमा भेड़ाझैं गरि पठाउँछु . . . मानिसहरूदेखि होशियार होओ। किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिदिनेछन् र तिनीहरूका सभाघरहरूमा कोर्रा लाउनेछन्। मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्ने तिमीहरूलाई खड़ा गर्नेछन्।”
उहाँका चेलाहरूले जस्तै कठिन सतावटको सामना गर्नुपरेतापनि, येशूले ले यो सान्त्वनापूर्ण प्रतिज्ञा गर्नु हुन्छ: “तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब कसरी र के बोलौंला भनी फिक्री नगर। किनभने तिमीहरूले के बोल्नुपर्ने हो, त्यही बेला तिमीहरूलाई बताइनेछ। किनभने बोल्ने तिमीहरू आफै हुनेछैनौ, तर तिमीहरूका पिताका आत्मा तिमीहरूमा भएर बोल्नुहुनेछ।”
येशू अझ एसो भन्नु हुन्छ: “औ भाइले भाइलाई मृत्युको लागि सुम्पिदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा बाबुहरूका विरूद्धमा उठनेछन् र तिनीहरूलाई मार्न लाउनेछन्। औ मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित् हुनेछौ। तर आखिर सम्म सहने चाहिंले उद्धार पाउनेछ।”
प्रचारको काम सबै भन्दा महत्वपूर्ण हो र यो काम गर्न स्वतन्त्र भएर हिड़नका लागि बुद्धिको खाँचोलाई जोर दिनु हुँदै, येशू एसो भन्नु हुन्छ: “जब तिनीहरूले तिमीहरूलाई यस शहरमा खेद्छन्, तब अर्कोमा भाग। किनकि म तिमीहरूलाई साँच्चै भन्दछु, मानिसको पुत्र नआउञ्जेल सम्म तिमीहरू कुनै रीतिले इस्राएलका शहरहरू पनि डुलिसकेको हुनेछैनौं।”
हो, येशूले यो आदेश, चेताउनी र प्रोत्साहन आफ्ना १२ चेलाहरूलाई दिनु भयो। तर यी सबै कुरा, उहाँको मृत्यु र पुनरूत्थान पश्चात्, विश्वव्यापी प्रचारको काममा भाग लिने व्यक्तिहरूका लागि पनि हो। किनभने उहाँका चेलाहरू, त्यति बेलाका इस्राएलीहरूबाट मात्र होइन, तर सबै मानिसहरूबाट घृणित् हुनेछन् भनेर उहाँले भन्नु भयो। साथै, येशूले ती १२ जना चेलाहरूलाई त्यो छोटो प्रचार अभियानमा पठाउनु हुँदा, तिनीहरू हाकिमहरू र राजाहरूको सामने खड़ा हुनु परेन। विश्वास गर्नेहरूलाई पनि, त्यति खेर, आफ्नै परिवारका सदस्यहरूले मृत्यको लागि सुम्पिदिएनन्।
यसकारण, उहाँका चेलाहरूले “मानिसको पुत्र नआउञ्जेल सम्म” तिनीहरूका प्रचारको इलाकामा आफ्नो काम समाप्त गरेका हुनेछैनन् भन्नु भएर येशूले एउटा भविष्यद्वाणी गर्नु भयो, जसको अर्थ हो, हारमागेदोनमा, यहोवाको मुख्य कार्य-विधायकको रूपमा, महिमीत् राजा येशू ख्रीष्ट आउनु अघि, उहाँका चेलाहरूले सारा संसारमा परमेश्वरको स्थापित् राज्यको प्रचार गरि सक्नेछैनन्।
प्रचार सम्बन्धी आफ्नो उपदेशमा अझ एसो भन्नु हुन्छ: “चेला गुरू भन्दा श्रेष्ट हुँदैन, नता नोकर मालिकभन्दा। जसलेगर्दा, परमेश्वरको राज्य बारे प्रचार गर्दा, येशूले जुन प्रकारको दुर्व्यवहार सहनु पऱ्यो, त्यही उहाँका चेलाहरूले पनि सहनु पर्नेछ। भएतापनि, उहाँले यो चेताउनु दिनुहुन्छ: “शरीर मार्ने तर प्राणलाई चाहिं घात गर्न नसक्नेहरूसँग नडराओ। तर प्राण र शरीर दुवैलाई गिहेन्नामा घात गर्न सक्नेसँग बरू डराओ।”
यस विषयमा, येशू स्वंय एउटा आदर्श हुनु भयो। सर्वशक्तिमान, यहोवा परमेश्वर प्रति आफ्नो भक्तिबाट हटनु भन्दा, उहाँले निर्भयता साथ मृत्युको सासना भोग्नु भयो। किनभने, हो, यहोवा परमेश्वरले “प्राण” (यहाँ यसको अर्थ हो, त्यो व्यक्ति भविष्यमा, फेरि एउटा प्राणी भएर बाँच्ने अधिकार) लाई नाश मात्र गर्न सक्ने होइन कि, तर पृथ्वीमा अनन्त जीवनको आनन्द उठाउन सक्ने गरी मानिसलाई पुर्नजीवित् पनि पार्न सक्नुहुन्छ। यहोवा अति नै प्रेमपूर्ण र दयावन्त पिता हुनुहुन्छ!
उहाँका चेलाहरूकालागि यहोवाको प्रेमपूर्ण चासोको यो एउटा उदाहरण द्वारा, येशूले तिनीहरूलाई प्रोत्साहन दिनु हुन्छ: “के एक पैसामा दुइ भङ्गेरा बिक्तैनन्? ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्। यसकारण, तिमीहरू नडराओ, तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढ़ता मूल्यका छौ।”
येशूले प्रचार गर्न अह्राउनु भएको राज्यको समाचारले घरहरूमा विभाजन उत्पन्न गराउनेछ, किन भने केसै कसैले यो समाचार स्वीकारने छन् र कसै कसैले यसलाई इनकार गर्नेछन्। “म पृथ्वीमा मेल गराउन आएको हुँ भनी नसमझ। मेल गराउनलाई ता होइन, तर तरवार चलाउनलाई म आएको हुँ।” परिवारको कुनै सदस्यले बाइबलमा दिएको सच्चाई अपनाउदा साहसको खाँचो पर्छ। येशू अझ एसो भन्नु हुन्छ: “बाबु अथवा आमालाई म भन्दा बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन र छोरा वा छोरीलाई बढ़ता माया गर्ने मेरो योग्यको हुँदैन।”
उहाँका चेलाहरूको स्वागत् गर्नु, उहाँलाई स्वागत गरेको बराबर हो भन्नु हुँदै उहाँले आफ्नो यो उपदेश शेषगर्नु हुन्छ। “औ जसले यी सानाहरू मध्ये एउटालाई चेलाको नाउँमा एक कचोरा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरूलाई साँच्चै भन्दछु, त्यसले कुनै रीतिले त्यसको इनाम गुमाउनेछैन।” मत्ती १०:१६-४२.
◆ येशूले आफ्ना चेलाहरूलाई कुन कुन कुरा बारे चेताउनी दिनुभयो?
◆ तिनीहरूलाई उहाँले के प्रोत्साहन र सान्त्वना दिनु भयो?
◆ येशूले दिनु भएका उपदेशहरू आधुनिक समयका मसीहीहरूमा पनि किन प्रयोग हुनसक्छ?
◆ येशूको चेला आफ्नो गुरू भन्दा कुन कुरामा श्रेष्ट छैन? (w89 8/1)