भय मान्नु के सधैं नै नराम्रो हो?
यसले आनन्दको सर्वनाश र आशालाई भताभुङ्ग परिदिनु सक्छ। यो मानसिक विष र विवेकको नाशकर्ता पनि हो भन्छन्। सबै भन्दा खराब शारीरिक रोग भन्दा पनि यो हानिकारक हो भन्छन्। हो, भय एउटा शक्तिशाली भावना हो। तर के यो सधैं नै नराम्रो हो र?
एक छिनकालागि कल्पना गर्नु होस्, तपाईं एउटा अपरिचत सडकमा मोटर हाँकनु हुँदैछ छ। सडक, माथि पहाड़ तिर उक्लिन लाग्छ र धेरै घुमाँउरो हुन थाल्छ। बाहिर रातको अँध्यारो छाउन थाल्छ। साथै, सिम-सिम, हल्का गरि हिंउ पनि खस्न शुरू गर्छ। तपाईंको मोटर बेला-बेला चिप्लनु थाल्छ र तपाईं त्यो उँचाईमा पुगि सक्नु भएछ, जहाँ सडकमा बरफ जमीरहेकोछ भन्ने कुरा तपाईंलाई महसूस हुन्छ।
अब तपाईं अति नै सतर्क हुनुपर्छ। बरफले भरेको प्रत्यक मोढ़ सावधानी साथ काटनु हुँदा, तपाईं सोच्नु हुन्छ, यो चिप्लो सडकमा, कति सजिलै सँग मोटर आफ्नो वश बाट बाहिर जान र तल उपत्यकामा खस्न सक्नेछ। यस बाहेक, बाहिरको अँध्यारोमा, तपाईंलाई थाह नभएका, अझ कति न देखिने खतराहरू होलान। यी कुराहरू मनमा आउँना साथै, तपाईंको मुख सुक्छ र मुटुको ढुकढुकी तेज, अलिक तेज भएर जान्छ। तपाईं सम्पूर्णतया जागा हुनुहुन्छ। केही समय अघि तपाईंको मनमा जे सोचाई भएतापनि, अब चाहिं तपाईंको पुरै मन सामने आईपरेको काममा लागेको छ: अर्थात्, मोटरलाई सडकको दाँयाँ बाँयाँ जान नदिएर, आफू दुर्घटना बाट बाँच्न।
बल्ल, अन्तमा गएर, सडक तल ओर्लिन थाल्छ। सडकको दुवै पट्टि बत्तीहरू बलेको देख्नु हुन्छ र सडकमा बरफ पनि छैन। बिस्तारै, तपाईंको मानसिक तनाउ हटदै जान्छ। तपाईंको शरीर खुकुलो हुन्छ र आरामको लामो सास लिनु हुन्छ। बेकारमा त्यत्तिका भयभित भइयो!
तर के त्यो बेकारमा थियो र? होइन, बेकारमा थिएन। यस प्रकारको परिस्थितिमा केही हदसम्म त्रसित् हुनु एउटा स्वभाविक प्रतिकृया हो। यसले हामीलाई सतर्क र सावधान पारिदिन्छ। स्वास्थकर भयले, कुनै कुरा पनि बेपरवाही र हडबड साथ गरेर, आफूमाथि हानि ल्याउन देखिन् जोग्याउँछ। हो, भय सधैं नै एउटा मानसिक विष र विवेकको नाशकर्ता होइन। कुनै कुनै परिस्थितिमा, भय लाभदायक पनि हुनुसक्छ।
बाइबलमा भय बारे कुरा गरिएको छ र त्यसले हाम्रो सामने दुई प्रकारको भय राखिदिएको छ। एक प्रकारको भय वास्तवमा मानसिक विष नै हो। तर अर्को भय, स्वभाविक र स्वास्थकर हुनु बाहेक, हाम्रो मुक्तिको निम्ति आवश्यक पनि छ। यी दुई प्रकारका भयहरू के हुन्? एक प्रकारको भयको वृद्धि गर्दै, अर्को प्रकारको भय बाट टाढ़ा हामी कसरी बस्न सक्छौं? यसको छलफल अगाड़ीको लेखमा गरिनेछ। (w89 6/1)