पाठकहरूका प्रश्नहरू
◼ विवाहित मसीही दम्पतीले जन्म-निरोधक चक्कीको प्रयोग गर्नु, के बाइबलको सिद्धान्त अनुरूप हो?
मसीही दम्पतीहरूले बच्चा जन्माउनै पर्छ वा तिनीहरूका कति जना बच्चा हुनु पर्छ भन्ने कुरा शास्त्रमा स्पष्टसित उल्लेखित छैन। प्रत्येक दम्पतीले एक-अर्कासँग, जिम्मेवारीको भावनासाथ, आफ्नो परिवारको सङ्ख्या नियन्त्रण गर्ने या नगर्ने निर्णय गर्नुपर्दछ। तिनीहरूले जन्म निरोध गर्न चाहेमा, जन्मनिरोध गर्ने तरिकाको छनोट पनि एउटा व्यक्तिगत विषय हो। तरपनि, तिनीहरूलाई थाह भए सम्मको बाइबलका सिद्धान्तहरू र तिनीहरूको अन्तस्करण अनुसार—जन्म निरोध गर्न, तिनीहरूले छानेको उपायबाट, जीवनको पवित्रताका लागि आदर व्यक्त हुन्छ वा हुँदैन भन्ने कुरा तिनीहरूले ध्यानमा राख्नु पर्छ।
एक जना व्यक्तिको जीवन, गर्भधारणको समय देखि शुरू हुन्छ भनेर बाइबलमा सङ्केत गरिएको छ; जीवन-दाताले गर्भधारणको समयमा शुरू हुने जीवन अर्थात् पछि गर्भमा बढ़दै जाने त्यो एउटा स्यानो ‘भ्रूण’ पनि देख्नु हुन्छ। (भजन १३९:१६; प्रस्थान २१:२२, २३a; यर्मिया १:५) यसैकारण, गर्भमा आइसकेको जीवनलाई नाश गर्ने प्रयास कुनै हालतमा पनि गर्नु भएन। सो गर्नु गर्भपात गर्नु हो।
जन्म निरोधक चक्कीहरू विश्वभरि व्यापक रूपमा प्रयोग गरिन्छन्। ती चक्कीहरूको प्रयोग द्वारा बच्चा जन्मने क्रम कसरी रोकिन्छ? ती चक्कीहरू खास दुई प्रकारका हुन्छन्। एउटालाई कम्बीनेशन चक्की र अर्कोलाई प्रोजेस्टीन चक्की (सानो चक्की) भन्छन्। यी चक्कीहरूको प्रयोगबाट, जन्म कसरी रोकिन्छ भन्ने कुरा अनुसन्धान बाट पत्ता लगाइएको छ।
कम्बीनेशन चक्कीमा एस्ट्रोजेन र प्रोजेस्टीन नामक दुईवटा हर्मोनहरू हुन्छन्। यू.एस फूड एन्ड ड्रग एडमिनस्ट्रेसन अनुसार, कम्बीनेशन चक्कीको “प्राथमिक कार्य” “स्त्री कीटाणु कोष अथवा डिम्बलाई डिम्बाशयबाट निस्कन न दिनु” हो। यस्तो देखिन्छ कि लगातार यस प्रकारको चक्की लिनाले, डिम्बाशयबाट अण्डा निस्कन प्रायः सँधै नै रोकिनेछ। कुनै पनि अण्डा या डिम्ब बाहिर निस्कन नपाउँदा, डिम्बवाहिनी नलीहरूमा गर्भधारण हुन सक्दैन। यस प्रकारको चक्कीको प्रयोग द्वारा “इन्डोमेट्रियममा [गर्भाशयको भित्री अस्तर] परिवर्तनहरू हुन सक्दछ (जुन परिवर्तनहरूको कारण गर्भधारण हुने सम्भावना कम हुन्छ)। यसलाई चक्कीको दोस्रो कार्य मानिन्छ।
यस चक्कीबाट हुने नकारात्मक असर कम गर्नका लागि, थोरै मात्रामा एस्ट्रोजन भएका कम्बीनेशन चक्कीहरू पनि बनाइएका छन्। कम मात्रामा एस्ट्रोजन भएका यी कम्बीनेशन चक्कीहरूको प्रयोग गर्दा, डिम्बवाहिनी नलीहरू अझ सक्रिय भएको देखिन्छ। डा. गेब्रिएल बेली, कन्ट्रासेप्टीव डिभेलपमेन्ट ब्रान्च अफ द नेशनल इन्सटिच्यूट अफ हेल्थ, भन्नु हुन्छ: “थुप्रा वैज्ञानिक प्रमाणहरू अनुसार, एस्ट्रोजन कम भएका चक्कीहरू द्वारा पनि डिम्बाशयबाट डिम्बा निस्कन, १०० प्रतिशत होइन, तर प्राय ९५ प्रतिशत रोकिएको कुरा बोध हुँदछ। तर डिम्बाशयबाट अण्डा अथवा डिम्ब निस्कँदैमा, गर्भधारण हुन्छ भन्नु मिल्दैन।”
एकजना स्त्रीले कम्बीनेशन चक्की त्यस्को प्रयोजन गर्ने तालिका अनुसार लिन बिर्सिन् भने त्यो चक्कीको दोस्रो कार्य वा असर द्वारा गर्भधारण हुन न पाउने ठूलो सम्भावना हुन्छ। एउटा अध्ययन अनुसार, कम-मात्रामा एस्ट्रोजन भएका चक्कीहरू दुई पल्ट लिन बिर्सेका स्त्रीहरू मध्य करीब ३६ प्रतिशत स्त्रीहरूका “डिम्बाशयबाट डिम्ब निस्केता पनि, गर्भधारण हुन सकेन।” कन्ट्रासेप्सन नामक पत्रिकामा पाइने रिर्पोट अनुसार “इन्डोमेट्रीयम र पाठेघरको भित्रि श्लेष्मा जाली र पाठेघरको मुखको श्लेष्मा जालीमाथि ती चक्कीहरूको असर कायम रहन सक्छ . . . र यसले जन्म निरोधकको काम गर्न सक्छ।”
तर अर्को चक्की—प्रोजेस्टीन मात्र भएको चक्की (सानो चक्की) बारे के भन्न सकिन्छ? ड्रग इभालुएसन्स (१९८६) को रिर्पोट अनुसार “प्रोजेस्टीन मात्र भएका यी साना चक्कीहरूको प्रमुख काम, डिम्बाशयबाट डिम्ब निस्कन न दिनु मात्र होइन। यस प्रकारका चक्कीहरूमा भएका तत्वहरूको असरबाट पाठेघरको मुखैमा एक प्रकारको बाक्लो श्लेष्मा उत्पन्न हुन्छ जसको कारण शुक्रकीट पाठे-घर भित्र पस्न सक्दैन; यस प्रकारका चक्कीहरूले गर्दा, नलीहरूमा सञ्चार समय बढ़न सक्छ र गर्भाधान भएको डिम्ब पाठेघर भित्र विकास हुन पाउँदैन।
केही अनुसन्धानकारहरू दावी गर्दछन् कि प्रोजेस्टीन मात्र भएको चक्की प्रयोग गर्ने “४० प्रतिशत उपभोक्ताहरूमा डिम्बाशयबाट डिम्ब बाहिर निस्किन्छ।” अर्थात्, यो चक्कीले डिम्बलाई गर्भाधान हुने मौका अकसर दिने गर्छ। पाठेघरको मुखमा जमेको बाक्लो श्लेष्माले शुक्रकीटहरूलाई पाठेघर भित्र पस्न न दिएर गर्भधारण रोक्न सक्छ; होइन भने, यो चक्कीले पाठेघर भित्र उत्पन्न गरेको न मिल्दो वातावरणको कारण, गर्भाधान भइसकेको डिम्ब, पाठेघर भित्र स्थापित भएर एउटा बच्चा हुन पाउँदैन।
यो मूल्यांकन गर्न सकिन्छ कि दुवै प्रकारका चक्कीहरू लगातार प्रयोग गरेको खण्डमा, गर्भधारण धेरै जसो हुनै पाउँदैन र गर्भपात हुने कुरा उठदै उठदैन। तापनि, प्रोजेस्टीन मात्र भएको सानो चक्कीको प्रयोग गर्दा, डिम्बाशयबाट डिम्ब अकसर बाहिर निस्कन सक्दछ, जसले गर्दा एउटा गर्भाधान भइसकेको डिम्ब अथवा शुरू भइसकेको प्राण गर्भमा बसेर विकास हुन न पाउने सम्भावना बढ़ी हुन सक्दछ। वैज्ञानिक अध्ययनहरू अनुसार, गर्भनिरोधक चक्कीहरूको असर न परेको गर्भमा पनि साधारणतयाः “प्रथम पटक रजस्वला रोकिनु भन्दा अघि . . . गर्भाधान भएको ६० प्रतिशत डिम्बहरू हराउँछन्।” तर यस्तो हुनु र एउटा गर्भाधान भइसकेको डिम्बलाई विकास हुन न दिने धेरै सम्भावना भएको जन्मनिरोधक तरीका अपनाउनु बेग्लै कुरा हो।
यसकारण, विवाहित दम्पतीहरूले डाक्टरसँग जन्मनिरोधक चक्कीहरूको प्रयोग बारे छलफल गर्दा, ध्यान दिनु पर्ने र्निदिष्ट नैतिक दृष्टिकोणहरू छन्। मसीहीहरूले एकदमै गोप्य र व्यक्तिगत प्रश्नहरूको पनि निर्णय गर्नु आवश्यक छ ताकि तिनीहरूले हाम्रा परमेश्वर र जीवन दाताको अगाड़ि “हर तरहले सफा अन्तस्करण” कायम राख्न सकून्।—प्रेरित २३:१; गलाती ६:५. (w89 6/15)
[फुटनोट]
a अगस्त १, १९७७ को वाचटावरको ४७८ देखिन् ४८० पाना सम्म हेर्नुहोस्.