प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 ९/१ पृ. ३०
  • “उखेल्नै नसकिने जराहरू”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “उखेल्नै नसकिने जराहरू”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 ९/१ पृ. ३०

“उखेल्नै नसकिने जराहरू”

संसारको सबैभन्दा ठूला र पुराना जीवित वस्तुहरूमध्ये क्यालिफोर्नियाका सिकोया जातका रूखहरू पनि हुन्‌। पूरा हुर्किसकेपछि यी रूखहरू झन्डै ९० मिटर अग्ला हुन्छन्‌ र ३,००० वर्षभन्दा बढी बाँच्न सक्छन्‌।

सिकोया हेर्दा जति आश्‍चर्यलाग्दो छ, यसको जरा प्रणाली पनि त्यति नै प्रभावकारी छ। सिकोयाका फिंजिएका जराहरूले तीनदेखि चार एकड जमिन ओगट्‌न सक्छ। यस्तो विशाल जरा प्रणालीले बाढी र तूफान आउँदा बलियो आड प्रदान गर्छ। सिकोयाले शक्‍तिशाली भुईंचालोको कम्प समेत थाम्न सक्छ!

रूखको दह्रो जरा प्रणालीलाई राजा सुलेमानले आफ्ना हितोपदेशहरूमा एउटा समानान्तर विवरणको रूपमा चलाए: “दुष्ट काम गरेर कुनै पनि मानिस स्थिर हुँदैन, तर असल मानिसका जराहरू नहल्लिनेहुन्छन्‌।” (हितोपदेश १२:३) हो, दुष्टहरू स्थिर रहन सक्दैनन्‌। तिनीहरूले प्राप्त गर्ने जस्तोसुकै सफलता क्षणिक मात्र हुनेछ किनभने “दुष्टको आशा ओइलाउँछ” भनी यहोवाले प्रतिज्ञा गर्नुभएको छ।—हितोपदेश १०:२८.

मसीही भनौंदा व्यक्‍तिहरूको लागि यो एउटा चेताउनी हो किनभने कसै कसैको आफ्नै “जरा नभएकोले” ठोकर खानेछन्‌ भनी येशूले भन्‍नुभयो। (मत्ती १३:२१) यस बाहेक, “[झूटा] सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” व्यक्‍तिहरूबारे प्रेरित पावलले लेखे। (एफिसी ४:१४) यसलाई कसरी रोक्न सकिन्छ?

पृथ्वीको पोषिलो जमिनमा सिकोयाको जरा फैलिएजस्तै हामीले हाम्रो मन अनि हृदयमा परमेश्‍वरको वचन विस्तृत किसिमले गड्‌न दिनुपर्छ र त्यसबाट जीवनदायी पानी सोस्नुपर्छ। यसले हामीलाई दह्रो जरा गडेको विश्‍वास विकास गर्न मदत दिनेछ। निस्सन्देह, कठिन परीक्षाहरूको असर हामीले भोग्नेछौं। विरोधको सम्मुख पर्दा हामी रूखजस्तै हल्लिन पनि सक्छौं। तर हाम्रो विश्‍वासले दह्रो जरा गाडेको छ भने, हामी “उखेल्नै नसकिने जराहरू” साबित हुनेछौं।—हिब्रू ६:१९ तुलना गर्नुहोस्‌। (w94 9/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने