प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 १/१५ पृ. ३२
  • सानो तर शक्‍तिशाली

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सानो तर शक्‍तिशाली
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 १/१५ पृ. ३२

सानो तर शक्‍तिशाली

जीवनको उद्देश्‍यको खोजीमा क्यानाडाका जवान रोबर्टले युरोप भ्रमण गरे। भविष्यप्रति निराशित तुल्याउने थुप्रै कुराहरू उनले त्यहाँ देखे।

सेभिल, स्पेनको चमेना गृहमा बसिरहँदा यहोवाका साक्षीहरूद्वारा प्रकाशित एउटा पर्चा रोबर्टलाई दिइयो। सुरुमा रोबर्ट द्विविधामा थिए। उनले भने: “तापनि मैले त्यो पढें। के भयो, त्यो मलाई थाहा छैन तर अचानक एउटा अर्थपूर्ण कुरा मभित्र भएको मैले महसुस गरें। यात्राक्रममा मैले मानव शोषण र पतनका विभिन्‍न पक्षहरू देखिसकेको थिएँ अनि ती परिवर्तन गर्न सक्षम नभएकोले म दिक्क थिएँ। पर्चा पढिसकेपछि मैले सोचें: ‘यो “नयाँ संसार” अस्तित्त्वमा आउने के कुनै सम्भावना छ?’ त्यसपछि मैले सोचें, ‘शायद छ।’”

घर फर्केपछि कोही ऊकहाँ आएर बाइबल बुझ्न मदत गरोस्‌ भनेर आग्रह गर्दै क्याडानास्थित यहोवाका साक्षीहरूको कार्यालयमा रोबर्टले पुनःजागृत आशाका साथ पत्राचार गरे।

निस्सन्देह, मौखिक शब्दहरू शक्‍तिशाली हुन्छन्‌। तर मुद्रित समाचारको शक्‍तिलाई कहिल्यै तुच्छ नठान्‍नुहोस्‌। जतिसुकै सानो भए तापनि बाइबलमा आधारित प्रकाशनहरूले जोडदार प्रभाव पार्न सक्छ। त्यसले भविष्यको निश्‍चित आशा प्रदान गर्दै मन अनि हृदयलाई छुन्छ।—हिब्रू ४:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने