प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ६/१५ पृ. ३२
  • विश्‍वभरिका स्त्रीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वभरिका स्त्रीहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ६/१५ पृ. ३२

विश्‍वभरिका स्त्रीहरू

प्रथम मानव दम्पतीले परमेश्‍वरको विद्रोह गर्दा यहोवाले तिनीहरूलगायत तिनीहरूका सन्तानहरूमाथि आइपर्ने विपत्तिहरूबारे भविष्यवाणी गर्नुभयो। यहोवाले हव्वालाई यसो भन्‍नुभयो: “तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) बाइबलले स्त्रीजातिलाई गहिरो आदर गर्न निरन्तर प्रोत्साहित गर्दै आएको छ अनि लाखौं स्त्रीहरूले आनन्दमय, सन्तोषप्रद जीवनको आनन्द उठाइरहेका छन्‌ किनभने तिनीहरू र तिनीहरूका परिवारले बाइबल सिद्धान्तहरू प्रयोग गर्छन्‌।

तापनि, मानव अधिकारसम्बन्धी हालै प्राप्त प्रतिवेदनअनुसार संसारभरि लाखौं स्त्रीहरू अपमानित, शोषित र तुच्छ तुल्याइएका छन्‌। त्यस प्रतिवेदनमा टिप्पणी गर्दै इन्टरनेशनल हेरल्ड ट्रिब्युन यसो भन्छ: “१९३ देशहरूको प्रतिवेदनअनुसार . . . दिनानुदिन सामना गर्नुपर्ने भेदभाव र दुर्व्यवहारको दुःखद परिस्थिति देखिन्छ।”

केही उदाहरणहरू यसप्रकार छन्‌: मध्य अफ्रिकामा केटीहरूले प्रायजसो खेतीपातीको कठिन काम गर्नैपर्छ र केटाहरूको तुलनामा एक तिहाइ मात्र स्कूल जान्छन्‌। एउटा अफ्रिकी मुलुकमा स्त्रीहरूले व्यभिचार गर्नु गैरकानुनी छ तर पुरुषलाई छैन। अर्को अफ्रिकी मुलुकको कानुनअनुसार पत्नीले व्यभिचार गरेको भेटाउँदा पतिले उनलाई मार्छन्‌ भने तिनले दण्ड भोग्दैनन्‌ तर त्यस्तै अवस्थामा पत्नीले आफ्नो पतिलाई मारिन्‌ भने दण्ड भोग्छिन्‌।

दक्षिण अमेरिकाका केही भागहरूमा प्रहरीहरू शारीरिक यातना भोगेकी स्त्रीहरूप्रति सहानुभूति देखाउँदैनन्‌ भनी प्रतिवेदनले बताउँछ। अनि जागिरे स्त्रीहरू पुरुषभन्दा ३० देखि ४० प्रतिशत कम तलबमा सन्तुष्ट हुनुपर्छ।

एसियाका केही भागहरूमा स्त्रीहरूलाई जबरजस्ती बन्ध्याकरण र गर्भपात गराइन्छ। एउटा मुलुकमा ५,००,००० जति वेश्‍याहरू छन्‌। यीमध्ये धेरैलाई आमा-बाबुले नयाँ घर बनाउन पैसाको निम्ति बेचेका थिए। अर्को मुलुकका प्रहरीहरूले व्यापक तवरमा हुने “दाइजो मृत्यु”-को मामिला सामना गर्नुपर्छ। आशा गरेजति दाइजो नल्याएको हुँदा पति वा तिनको परिवारले पत्नीलाई मार्ने गर्छन्‌।

येशू ख्रीष्टको सन्दर्भमा बाइबलले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दुःखीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ। र उसको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।” (भजन ७२:१२-१४) अतः हामी आशावादी हुने कारण छ; संसारभरिका स्त्रीहरूले त्यतिखेर व्याप्त हुने उत्तम परिस्थितिको प्रतीक्षा गर्नसक्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने