प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w95 ८/१ p. ३०
  • रक्‍तक्षेपणमाथि पुनःविचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रक्‍तक्षेपणमाथि पुनःविचार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
w95 ८/१ p. ३०

रक्‍तक्षेपणमाथि पुनःविचार

एड्‌स ग्रस्त अन्धकारमय युगमा बिरामीहरूका लागि सबैभन्दा ठूलो खतरा अस्पतालको शल्यकक्षमा लुकेको हुनसक्छ। क्यामडेन, न्यु जर्सी, स.रा.अ.-स्थित कुपर शिक्षण अस्पतालको रक्‍तविहीन शल्यक्रिया केन्द्रमा एक दशकभन्दा बढी समयदेखि निर्देशकको काम गर्ने डा. रिचर्ड स्पेन्स भन्छन्‌, “रगतलाई पूर्णतया निःसंक्रमण गर्ने कुनै उपाय छैन।”

यो शल्यक्रिया केन्द्रले यहोवाका अधिकांश साक्षीहरूको उपचार गर्छ। र त्यसो हुनुमा छक्क पर्नुपर्ने कुनै कारण छैन। किनभने यहोवाका साक्षीहरू बाइबल आधारित निषेधाज्ञाले गर्दा रक्‍तक्षेपण लिंदैनन्‌ भनेर सबैलाई थाह छ। (लेवी १७:११; प्रेरित १५:२८, २९) तथापि, त्यस केन्द्रमा भर्ना हुने थुप्रै गैरसाक्षी रोगीहरू रक्‍तक्षेपणको सम्भाव्य खतराप्रति चिन्तित छन्‌। जसमा हेपाटाइटिस, एड्‌स र अन्य रोगहरूद्वारा संक्रमण हुने सम्भावनाहरू समावेश छन्‌। कुरियर-पोष्ट विक्ली रिपोर्ट अन साइन्स एण्ड मेडिसिन-अनुसार “एड्‌सको वृद्धिले गर्दा रक्‍त परीक्षण गर्नुपर्ने आवश्‍यकता देखिएको छ। तर रक्‍त परीक्षण गर्दा कुनै कुनै रोगी उम्कनसक्छन्‌ किनभने परीक्षण कालमा जीवाणु देखा पर्नु अगावै त्यो व्यक्‍ति संक्रमित भइसकेको हुनसक्छ।”

त्यस्ता खतराहरूले गर्दा रक्‍तविहीन शल्यक्रिया केन्द्रले रक्‍तक्षेपणका विकल्पहरू प्रयोग गर्छन्‌। जसमा रोगीको रगत फेरि तिनको शरीरभित्र क्षेपण गर्ने विधि समावेश छ। कुनै खास अवस्थामा सम्भवतः यहोवाका केही साक्षीहरूलाई यो प्रविधि आपत्तिजनक नलाग्नसक्छ।a अर्को उपचारविधिमा चाहिं रक्‍त उत्पादन वृद्धि गराउन औषधीहरूको प्रयोग गरिन्छ। यसबाहेक, रक्‍तक्षेपणबिना रोगीको शरीरभित्र अक्सिजन आपूर्ति बढाउन कहिलेकाहीं कृत्रिम रगत प्रयोग गरिन्छ। “यहोवाका साक्षीहरू उत्तम उपचार चाहन्छन्‌। तर तिनीहरू रक्‍तक्षेपणका विकल्पहरू खोज्छन्‌,” डा. स्पेन्स भन्छन्‌।

यहोवाका साक्षीहरू आफ्नो धार्मिक विश्‍वासहरूका कदर गर्ने चिकित्सकहरूको सहयोग र मदतका लागि आभारी छन्‌। फलतः तिनीहरूले साँच्चै नै “उत्तम उपचार” पाएका छन्‌ र यहोवा परमेश्‍वरसमक्ष सफा अन्तस्करण कायम राखेका छन्‌।—२ तिमोथी १:३.

[फुटनोट]

a द वाचटावर, मार्च १, १९८९, पृष्ठ ३०-१ मा यो विधिबारे विस्तृत छलफल गरिएको छ र त्यसमा सोची सम्झी व्यक्‍तिगत निर्णय गर्दा ध्यानमा राख्नुपर्ने बुँदाहरू दिइएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने