प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 २/१ पृ. ३२
  • इरिनालाई मन पर्ने गीतिपुस्तक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इरिनालाई मन पर्ने गीतिपुस्तक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 २/१ पृ. ३२

इरिनालाई मन पर्ने गीतिपुस्तक

बुल्गेरियास्थित सोफिया भन्‍ने ठाउँकी नौ वर्षिया इरिनाले यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा प्राप्त गरेकी धेरै भएको छैन। तिनी गीत गाउन मन पराउँछिन्‌ र विशेषगरि सिङ प्रेजेज टु जेहोवा (यहोवाको प्रशंसा गाओ) पुस्तकका गीतहरू गाउन तिनलाई असाध्यै मन पर्छ। त्यसैकारण इरिनाले प्रत्येक महिना केही गीतहरू कण्ठ गर्ने लक्ष्य राखिन्‌।

इरिनालाई स्कूलमा मन पर्ने विषयहरूमध्ये संगीत पनि एक हो। तर इरिनाले स्कूलको सामूहिक गीतमा भाग लिन नमान्दा तिनकी संगीत सिकाउने शिक्षिका छक्क परिन्‌। इरिनाले किन इन्कार गरिन्‌? आफूले गाउनु पर्ने अधिकांश गीतहरू राष्ट्रिय विभूति तथा गैरमसीही मूल भएका बिदाहरूको महिमा गर्ने खालका रहेछन्‌ भनेर तिनले थाह पाइन्‌। कुनै कुनै गीतहरू त राष्ट्रिय आदर्शहरूलाई बढावा दिन विद्रोह तथा हिंसालाई समर्थन गर्ने प्रकारका पनि थिए। यस विषयमा इरिनाले लिएकी अडानलाई तिनकी शिक्षिकाले बुझ्न सकिनन्‌। अतः इरिनाले आफ्नो धार्मिक विश्‍वासबारे जानकारी दिन त्यस शिक्षिकालाई चिठी लेखिन्‌ तर केही फाइदा भएन।

इरिनाको बुबाले एउटा जुक्‍ति रचे। उनले त्यस शिक्षिकालाई सिङ प्रेजेज टु जेहोवा (यहोवाको प्रशंसा गाओ) पुस्तक दिए। त्यसमा इरिनालाई गाउन मन पर्ने गीतहरू थिए। त्यसको केही दिनपछि इरिनालाई तिनकी शिक्षिकाले संगीत कक्षामा बोलाइन्‌। उनले इरिनालाई साथीहरूसमक्ष त्यस पुस्तकबाट तिनलाई मन पर्ने केही गीतहरू गाउन आग्रह गरिन्‌। अनि पियानो बजाएर तिनलाई साथ पनि दिइन्‌। लगभग एक घण्टाभन्दा धेरै बेरसम्म गीतहरू गाइए! इरिनालाई मन पर्ने गीतिपुस्तकमा केही मीठा मीठा धूनहरू छन्‌ भनेर स्वीकार्न त्यस शिक्षिकालाई करै लाग्यो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने