बाइबल भविष्यवाणीको पूर्ति
बेलाइतको लन्डनस्थित इम्पेरियल वर म्युजियममा एउटा अनुपम घडी तथा विद्युतीय गणक प्रदर्शित गरिएको छ। जसै घडी घुम्छ, प्रत्येक ३.३१ सेकेण्डमा गणक पनि टिकटिक गर्दै चल्छ। प्रत्येक टिकटिकसँगसँगै कुल संख्यामा एउटा संख्या थपिंदै जान्छ। प्रत्येक टिकटिक, प्रत्येक संख्याले यस शताब्दीको दौडान युद्धको कारण मरेका पुरुष, स्त्री वा बालकलाई जनाउँछ।
त्यस गणकले सन् १९८९ जून महिनादेखि विवरण राख्न थाल्यो र त्यसले सन् २००० को मध्यरातमा गणना पूरा गर्ने आशा राखिएको छ। त्यतिञ्जेल गणकको अंकले २०औं शताब्दीभरि युद्धसम्बन्धी अनुमानित दश करोड मृत्युहरूको सूची बनाउनेछ।
लगभग २,००० वर्षअघि येशूले ‘जाति, जातिको विरुद्धमा, र राज्य, राज्यको विरुद्धमा उठ्ने समयबारे’ भविष्यवाणी गर्नुभएको थियो। त्यसैअनुरूप यहोवाका साक्षीहरूले अनगिन्ती भुइँचालोहरू, रोगव्याधि, अनिकाल र अरू घटनाहरूलगायत यस शताब्दीको विध्वंशक युद्धहरूले हामी “आखिरी दिन” अर्थात् सन् १९१४ मा येशू स्वर्गमा राजा नियुक्त हुनुभएपछिको समयावधिमा बाँचिरहेका छौं भनी सामूहिक प्रमाण पेश गर्छन् भनेर धेरैअघिदेखि प्रचार गरिरहेका छन्।—लूका २१:१०, ११; २ तिमोथी ३:१.
थिचोमिचो गर्नेहरूलाई परमेश्वरको राज्यले चाँडै नष्ट गर्नेछ र पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ भनेर प्रहरीधरहरा-ले बाइबललाई प्रमाणको रूपमा चलाएर सुसमाचार घोषणा गर्छ। अनि युद्धहरू चाहिं के हुनेछन्? बाइबल यसरी बताउँछ: “आओ परमप्रभुका काम हेर, उहाँले पृथ्वीमा कस्तो उजाड़ पार्नुभएको छ। पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ। उहाँले धनु भाँच्नुहुन्छ, र भालाहरू टुक्रा टुक्रा पार्नुहुन्छ। रथहरूलाई उहाँले आगोमा जलाइदिनुहुन्छ।”—भजन ४६:८, ९.
[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]
Clock: By Courtesy of the Imperial War Museum