प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १०/१५ पृ. ३२
  • “यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो!”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो!”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १०/१५ पृ. ३२

“यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो!”

परमेश्‍वर र मानिसजातिका लागि उहाँको उदेकलाग्दो उद्देश्‍यबारे सही ज्ञान जान्‍न उत्सुक मानिसहरूसँग यहोवाका साक्षीहरूले विश्‍वव्यापी रूपमा झन्डै पचास लाख गृह बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्‌। यहोवाका साक्षीहरूका केटाकेटीहरूले समेत यस काममा भाग लिइरहेका छन्‌। उदाहरणका लागि, जोएल नाउँ भएको एक जना केटोलाई विचार गर्नुहोस्‌। उनले नौ वर्षको उमेरमा आफूलाई यहोवामा समर्पण गरे र बप्तिस्माद्वारा आफ्नो समर्पणको प्रतीकात्मक रूप दिए। त्यसको एक वर्षपछि उनको अनुभव यसप्रकार छ:

“सेवकाईमा जाँदा मैले क्यान्डी नाउँ भएकी एक महिलालाई भेटें। मैले तिनलाई ‘हेर! म सबै थोक नयाँ तुल्याउँदैछु’ पुस्तिका प्रस्तुत गरें। तिनले यो पहिल्यै लिएकी रहिछन्‌। त्यसैले मैले तिनलाई पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गरें। तिनीसँग त्यो पनि रहेछ। त्यसपछि मैले विचार गरें, ‘म यो महिलालाई बाइबल अध्ययनको प्रस्ताव राख्छु।’ तिनी राजी भइन्‌!

“क्यान्डीकी बहिनी अर्बुद रोगले मर्नै लागेकी थिइन्‌ र तिनीसँगै बस्न आइन्‌। यस अतिरिक्‍त, क्यान्डी परिचारिका बन्‍न अध्ययन गर्दैथिइन्‌। त्यसैले केही समयावधिसम्म बाइबल अध्ययन कायम हुन सकेन। तर मेरा आमाबाबु र मैले तिनी तथा तिनका पति डिकलाई पत्रिकाहरू दिएर तिनीसँग सम्पर्क कायमै राख्यौं। तिनी पत्रिकाहरू ओछ्याननेर राख्छिन्‌ र राती पढ्‌छिन्‌ भनेर तिनका पतिले हामीलाई बताए।

“आखिरमा क्यान्डीकी बहिनी मरिन्‌। मेरा आमाबाबु र मैले क्यान्डीलाई मृतकहरूको अवस्थाबारे बतायौं। तिनले पुनः बाइबल अध्ययन गर्ने निर्णय गरिन्‌। एक दिन हामीले डिकलाई उनी पनि क्यान्डीसँगै अध्ययन गरेर यसलाई पारिवारिक अध्ययन बनाउन चाहन्छन्‌ कि भनेर सोध्यौं। उनलाई यो कुरा मन पऱ्‍यो। अहिले मेरो बुबा अनि म, डिक र क्यान्डीसँग अध्ययन गर्दैछौं। तिनीहरूले राम्रो प्रगति गर्दैछन्‌ र बाइबल अध्ययनप्रति मूल्यांकन व्यक्‍त गर्छन्‌।

“मैले बाइबल अध्ययन पाऊँ भनेर प्रार्थना गरेको थिएँ, यहोवाले मेरा प्रार्थनाहरूको जवाफ दिनुभयो!”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने