प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 ११/१५ पृ. ३२
  • ‘तिनीहरू अरूलाई मदत गर्न इच्छुक छन्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिनीहरू अरूलाई मदत गर्न इच्छुक छन्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 ११/१५ पृ. ३२

‘तिनीहरू अरूलाई मदत गर्न इच्छुक छन्‌’

न्युयोर्क शहरका एक प्रहरीले यहोवाका साक्षीहरूबारे त्यसो भनेका थिए। तिनी ब्रूकलिन, न्यु योर्कस्थित यहोवाका साक्षीहरूको मुख्यालयमा सेवारत पूर्ण-समय स्वयंसेविका क्याथलीनसित कुरा गर्दैथिए।

शरद्‌ ऋतुको न्यानो तथा घमाइलो दिन खाना खाने छुट्टीमा क्याथलीन नजीकैको प्रोमेनाडको बेञ्चमा बसिरहेकी थिइन्‌। उनी हेडफोन लाएर क्यासेट सुन्दै थिइन्‌। उक्‍त शहरमा भ्रमण गरिरहेका पोप फर्कन लागेको हुनाले इस्ट रिभरपारि पट्टिको हेलिकोप्टर अवतरण भूमिमा तयारीहरू हुँदैथिए। जताततै कडा सुरक्षा थियो र थुप्रै प्रहरीहरू प्रोमेनाडमा गस्ती लाउँदै थिए। तिनीहरूमध्ये एक जना नजीकै आएर क्याथलीनलाई उनी के गर्दैछिन्‌ भनेर सोधे। क्याथलीनले जवाफ दिइन्‌: “म रूसी भाषाको क्यासेट सुन्दैछु। म यहोवाको साक्षी हुँ र यस शहरमा आएका रूसीभाषी मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन म रूसी भाषा सिक्न खोज्दैछु।”

त्यस प्रहरीले न्यु योर्क शहरमा गस्ती प्रहरीको रूपमा काम थालेको १५ वर्ष भइसकेको र त्यसबेलादेखि आफूले बिस्तारै बिस्तारै यहोवाका साक्षीहरूलाई मन पराउन थालेको बताए। तिनले भने: “म यहोवाका साक्षीहरूलाई समुदायमा रहेका अन्य मानिसहरूलाई साँचो मदत गर्न इच्छुक व्यवस्थित धर्मको रूपमा लिन्छु।”

यहोवाका साक्षीहरू ढोका-ढोका प्रचार कार्यको लागि विश्‍वभरि चिरपरिचित छन्‌। (प्रेरित २०:२०) मानिसजातिलाई पिरोल्ने समस्याहरूको एक मात्र समाधान परमेश्‍वरको राज्य हो भनेर औंल्याउनुका साथै तिनीहरू मानिसहरूलाई जीवनमा बाइबल सिद्धान्तहरू प्रयोग गर्न प्रोत्साहन दिएर आफ्नो जीवनस्तर उकास्न पनि मदत गर्छन्‌। उदाहरणका लागि, साक्षीहरू आमाबाबुलाई घरमा छोराछोरीले सिक्नसक्ने अनुकूल वातावरण सृजना गर्न आग्रह गर्छन्‌। तिनीहरू प्रत्येक व्यक्‍तिलाई इमानदार तथा नियमपालक हुन उत्प्रेरित गर्छन्‌ र जागिरदातालाई मूल्यवान्‌ लाग्नसक्ने सीप तथा क्षमता हासिल गर्न प्रोत्साहित गर्छन्‌।

हो, यहोवाका साक्षीहरू समुदायका मानिसहरूलाई आफ्नो जीवन उकास्ने मदत दिन निकै इच्छुक छन्‌। हामी तपाईंहरूलाई निम्न प्रस्ताव स्वीकार्न न्यानो निवेदन गर्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने