प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ७/१ पृ. ३२
  • यहोवाका साक्षीहरू घरमा आउँदा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका साक्षीहरू घरमा आउँदा
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ७/१ पृ. ३२

यहोवाका साक्षीहरू घरमा आउँदा

यहोवाका साक्षीहरू घरमा आउँदा क्याथोलिकहरूले के गर्ने? इटालेली विशपहरूको सम्मेलनको राष्ट्रिय धर्मशिक्षा विभागले भर्खरै तयार पारेको प्रकाशनमा यस्तो बताएको छ: “कोमल भएर तर कडिकडाइसाथ यहोवाका साक्षीहरूसित कुरा गर्न इन्कार गर्नु कठोरपन होइन।”

इटाली, फोजियामा बस्ने एक व्यक्‍तिले गाजेटा डेल मेड्‌जोजोर्नो दैनिकलाई लेखेको पत्रअनुसार सबै क्याथोलिकहरू उपरोक्‍त कुरासित सहमत छैनन्‌। त्यो पत्र यस्तो छ:

“म यहोवाको साक्षी होइन। एक जना क्याथोलिक हुँ। तर चर्चले आफ्ना सदस्यहरूमाथि लागू गरेको कतिपय नियमहरूदेखि म छक्क पर्छु। जस्तो, सदस्यहरूलाई यहोवाका साक्षीहरू नआउनु भन्‍ने सूचना ढोकामा टाँस्न लगाउँछ। आखिर, यहोवाका साक्षीहरूले परमेश्‍वरको वचन नै सुनाउँछन्‌ र बाइबलको गहन ज्ञान अरूलाई सिक्न मदत दिन्छन्‌। यहोवाका साक्षीहरूलाई रोक्ने यी निर्देशनहरूले मलाई इटालीमा हैजा मच्चिंदा त्यसको संक्रमणबाट कसरी बच्ने हो भनी हामीलाई दिइएको सुझाउको सम्झना गराए।

“मेरो विचारमा चर्चले आफ्ना सदस्यहरूको इच्छालाई ख्यालै नगरी जबरजस्ती नियम लागू गर्छ भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ। केही वर्षदेखि यता क्याथोलिकहरू पनि घर-घर प्रचार गर्न, साक्षीहरूलाई घरमा भेट्‌न गइरहेको मैले देखेको छु। साक्षीहरू तिनीहरूलाई भित्र बोलाउँछन्‌, कुरा गर्छन्‌ र कसैलाई पनि धपाउँदैनन्‌।”

यहोवाका साक्षीहरूले तिनीहरूको सन्देश स्वीकार्न मानिसहरूलाई बलजफ्ती गर्दैनन्‌। बरु, तिनीहरू आफैले यस कठिन समयमा पाएको सान्त्वनादायी आशा जो परमेश्‍वरको वचनमा उल्लिखित छ, त्यो अरूलाई बाँड्‌ने हर प्रयास गर्छन्‌। यहोवाका साक्षीहरू घर-घर जानुका साथै सडकहुँदो भेटेका मानिसहरूसित कुरा गरेर सुन्‍न चाहनेहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँछन्‌।—मत्ती २४:१४; प्रेरित ५:४२; १७:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने