प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ५/१ पृ. ३२
  • तपाईं पनि जाने हो कि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईं पनि जाने हो कि?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ५/१ पृ. ३२

तपाईं पनि जाने हो कि?

त्रिहत्तर वर्ष पुगेका जाऊकुआ उलिम्बा गत वर्ष ४५० किलोमिटर लामो यात्रामा निस्के। तिनले हिंडेरै उक्‍त यात्रा पूरा गरे र त्यसो गर्न तिनलाई १६ दिन लाग्यो।

यस वृद्ध पुरुषले यहोवाका साक्षीहरूका एउटा वार्षिक अधिवेशनमा उपस्थित हुन त्यति लामो यात्रा गरेका थिए। अधिवेशनपछि एकदमै रमाउँदै र आध्यात्मिक तवरमा पनि बलियो भएको महसुस गर्दै हिंडेरै तिनी फेरि १६ दिनपछि घर पुगे। के तिनले यसरी यात्रा गर्नु अर्थपूर्ण थियो? अवश्‍य! गत केही वर्षदेखि हरेक वर्ष जाऊकुआ उलिम्बा यसरी यात्रा गर्छन्‌।

गत वर्ष यहोवाका साक्षीहरूको २३० भन्दा धेरै मुलुकहरूमा आयोजना गरिएको अधिवेशनमा उपस्थित १५० लाख व्यक्‍तिहरूमध्ये यी अफ्रिकी पुरुष पनि थिए। तथापि, यिनीहरूमध्ये धेरैजसोलाई अधिवेशन स्थलमा पुग्न निकै दिन हिंड्‌नु परेन। अधिकांश व्यक्‍तिहरू गाडी, बस, ट्रेन वा हवाईजहाज चढेर आइपुगे। के तपाईं पनि तिनीहरूमध्ये हुनुहुन्थ्यो?

सन्‌ १९९८ मा पनि सारा संसारभरि अक्सर ग्रीष्म ऋतुमा (वा सुक्खा मौसममा) फेरि अधिवेशनहरू आयोजित हुनेछन्‌। स्वास्थ्यले साथ दियो भने सायद जाऊकुआ उलिम्बा अधिवेशनमा उपस्थित हुन सधैंजसो फेरि लामो यात्रा गरेर आइपुग्नेछन्‌। तिनीलगायत अन्य करोडौं व्यक्‍तिहरूले व्यवहारिक, विश्‍वासलाई बलियो तथा सुदृढ पार्ने कार्यक्रम सुन्‍नेछन्‌। उपस्थित सबैका लागि यस वर्षको आकर्षण नै उक्‍त अधिवेशन रहनेछ। तपाईंलाई पनि उपस्थित हुन हार्दिक स्वागत गरिएको छ। तपाईंलाई पायक पर्ने अधिवेशन स्थलबारे जानकारी दिन स्थानीय यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने