एक शास्त्रविद्ले बाइबल पाण्डुलिपिको नयाँ मिति बताउँछन्
पपाइरस विशेषज्ञ कार्सटन पिटर टेडअनुसार (म्यागडेलन पपाइरस भनिने) मत्तीरचित सुसमाचारका पुस्तकको तीन पपाइरस टुक्राहरू प्रथम शताब्दीमा लेखिएका थिए भनी जोडदार प्रमाणहरू भेटिएका छन्।
प्राप्त अंशहरू (मत्ती अध्याय २६ का केही भाग रहेको) इजिप्टमा पाइएको पुरातन व्यापारी पत्रहरूसित तुलना गर्दा मिश्री कागजात “बाहिरी रूप, आकार र अक्षरहरूको बनावटमा म्यागडेलन पपाइरससँग दुरुस्त मिलेको” टेडले टिप्पणी गरे। टेड तथा सहग्रन्थकार म्याथ्यु डाकोनाले आफ्नो पुस्तक येशूको प्रत्यक्षदर्शी—सुसमाचारको पुस्तकको मूलबारे नयाँ अचम्मलाग्दो नयाँ पाण्डुलिपि प्रमाण-को (अंग्रेजी) अन्तमा यी दुई कागजातको समानताले यो त्यही समयतिर लेखिएको थियो भनी संकेत गरेका छन्। कहिले? व्यापारी कागजातको मिति “ ‘सम्राट नेरो, एपिय ३० को शासनकालको १२ औं वर्षमा’—यसको अर्थ हाम्रो भित्तेपात्रोअनुसार [सा.यु.] ६६, जुलाई २४.”
“यो मिति सही भएमा अत्यन्तै उल्लेखनीय हुनेछ किनभने मत्तीरचित सुसमाचारको पाण्डुलिपि पनि सोही शताब्दीमा लेखिएको प्रमाणित हुनेछ” भनी प्राध्यापक फिलिप डब्ल्यु कमर्फटले टिण्डेल बुलेटिन-मा प्रकाशित लेखमा टिप्पणी गरे। यो साँचो हो भने म्यागडेलन पपाइरस अहिलेसम्म भएको पपाइरसका टुक्राहरूमध्ये सबैभन्दा पुरानो हुनेछ।
[पृष्ठ २९-मा भएको चित्र]
वास्तविक आकारमा देखाइएको म्यागडेलन पपाइरस
[स्रोत]
By permission of the President and Fellows of Magdalen College, Oxford