प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 २/१ p. २४
  • अनकन्टार ठाउँको सानो टापु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनकन्टार ठाउँको सानो टापु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 २/१ p. २४

अनकन्टार ठाउँको सानो टापु

सेन्ट हेलेना टापुलाई वर्णन गर्न विशेषगरि “अनकन्टार” अनि “सानो” भन्‍ने विशेषणहरू प्रयोग गरिन्छ। लम्बाइ-चौडाइ क्रमशः १७ र १० किलोमिटर अनि सबैभन्दा नजिक पर्ने ठाउँ दक्षिण-पश्‍चिमी अफ्रिकी समुद्र किनारबाटै १,९५० किलोमिटर टाढा पर्ने यस टापुका लागि ती विशेषणहरू साँच्चै उपयुक्‍त छन्‌। सन्‌ १८१५ मा युद्ध हारेपछि नेपोलियन बोनापार्टले यही टापुमा निर्वासित जीवन बिताएका थिए।

महासागरबाट हेर्दा यो भयानक किल्लाजस्तो देखिन्छ। वास्तवमा यो आन्द्र-महासागरबाट ठाडो माथि उठेको मृत ज्वालामुखी पहाड हो। यहाँका पहाडहरूको उँचाइ करिब ५०० देखि ७०० मिटर अग्लो छ। यसको केन्द्रमा रहेको ८१८ मिटर अग्लो एक्टीयन हिमालले पूरै टापुलाई ढाकेको छ। दक्षिणी आन्द्र महासागरबाट सिर्र सिर्र बहने चीसो हावा अनि महासागरको पानीको बहावले गर्दा यस टापुमा प्रायः मधुर अनि रमणीय हावापानी छ। तर समुद्री किनारदेखि लिएर पहाडी इलाकाको भित्री भागसम्मको मौसम अनि बोटविरूवामा भने निकै भिन्‍नता पाइन्छ।

सेन्ट हेलेना १७ औं शताब्दीदेखि यता बेलायत सरकारको अधीनमा रहेको छ। यहाँ युरोपेली, एसियाली र अफ्रिकीहरू गरेर जम्मा ५,००० जना बसोबास गर्छन्‌। पूरै टापुमा अंग्रेजी भाषा बोलिन्छ तर उच्चारण गर्ने तरिकाचाहिं फरक-फरक छन्‌। यहाँ कुनै एयरपोर्ट छैन। अरू देशसित यसको सम्पर्क पानी जहाजबाट मात्र हुन्छ। दक्षिण अफ्रिका अनि बेलायतमा यहाँबाट नियमित तवरमा जहाज आउने जाने गर्छ। वास्तवमा १९९० को मध्यदेखि मात्र यस टापुमा टेलिभिजन कार्यक्रमहरू प्रसारित हुन थालेको हो त्यो पनि भू-उपग्रहको माध्यमले।

यी समुद्र छेउछाउका भू-भागहरूमा १९३० दशकको सुरूतिर राज्यको सुसमाचार पहिलो पल्ट पुगेको थियो। (मत्ती २४:१४) वर्षौंको दौडान थुप्रै टापुवासीहरूले यस धनलाई पक्रिराखेका छन्‌ जसको तुलनामा कुनै भौतिक धन-सम्पत्ति आउन सक्‍तैन। (मत्ती ६:१९, २०) आज, सेन्ट हेलेनामा जनता र साक्षी बीचको अनुपात संसारमै सबैभन्दा कम छ अर्थात्‌ ३१ जनाका लागि एक जना साक्षी!

[पृष्ठ २४-मा भएको नक्सा]

सेन्ट हेलेना

जेम्स टाउन

लेभलउड

अफ्रिका

आन्द्र महासागर

सेन्ट हेलेना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने