मानव—उच्च प्राणी मात्रै हो?
“जीवनको सुरुआतबारे हामीले जस्तोसुकै विश्वास गरे तापनि के त्यसले कुनै फरक पार्छ?”
ब्राजिलकी १६ वर्षीया केटीले “मानव—उच्च प्राणी मात्रै हो?” विषयक आफ्नो भाषणको सुरुमा उक्त प्रश्न सोधेकी थिइन्। तिनको शिक्षकले यो विषय भएको जुलाई ८, १९९८ को ब्यूँझनुहोस्! पाएपछि उक्त प्रश्नबारे तिनलाई कक्षामा भाषण दिन लगाए।
यस जवान साक्षीले प्राकृतिक छनौटमा आधारित विकासवादको शिक्षा कत्ति हानिकारक साबित भएको छ भनेर बताइन्। उदाहरणका लागि, थुप्रै मानिसहरूको विचारमा विकासवादको सिद्धान्तले गर्दा नै कसैकसैले युद्ध भनेको बाँच्नका लागि हुनैपर्ने संघर्ष हो भन्ने दृष्टिकोण राख्छन्। यस्तै दृष्टिकोणले गर्दा फासिज्म र नाजीवादको सुरुआत भयो।
मानव र जनावरहरूबीच ठूलो भिन्नता छ भनेर उक्त विद्यार्थीले बताइन्। तिनले भनिन्: “मानिसहरूले मात्र आध्यात्मिकता विकास गर्नसक्छन्। मानिसहरूले मात्र जीवनको अर्थ र उद्देश्य पत्तालगाउने कोसिस गर्छन्। मानिसहरूलाई मात्र मृत्युले पिरोल्छ, आफ्नो सुरुआतबारे चासो राख्छन् र सधैंभरि बाँच्ने इच्छा गर्छन्। तसर्थ, हामीले आफ्नो सुरुआतबारे अझ बढी कुरा पत्तालगाउनु कत्ति महत्त्वपूर्ण छ!”
शिक्षकले यस केटीको राम्रो भाषणको प्रशंसा गरिन्। यस जवान साक्षीले पढ्न रुचाउने हुनाले यस्तो राम्रो भाषण दिन सकेको हो भनेर बताइन्। तिनी उत्सुकतासाथ ब्यूँझनुहोस्! र प्रहरीधरहरा जस्ता बाइबल आधारित प्रकाशनहरू पढ्छिन् भनेर स्कूलमा सबैलाई थाह छ।
विकासवादको सिद्धान्तले जवानहरूको मन मस्तिष्कमा पार्ने प्रभावबारे यहोवाका साक्षीहरू साँचो चासो राख्छन्। यसैकारण त यस केटीले धाउने गरेको मण्डलीले जवान साक्षीहरूलाई आफ्नो शिक्षकशिक्षिका ता स्कूलका साथीहरूलाई जुलाई ८, १९९८, ब्यूँझनुहोस्! पत्रिका दिन प्रोत्साहन गरेको थियो। त्यस शहरका विभिन्न स्कूलहरूमा लगभग २३० वटा पत्रिका वितरण गरियो। एउटा स्कूलको विज्ञान विभागका प्रमुख ब्यूँझनुहोस्! पत्रिकाको ग्राहक बने।
हो, जीवनको सुरुआतबारे हामीले जे विश्वास गर्छौं, त्यसले फरक पार्छ! यस जवान केटी तथा तिनका साथीहरूले सृष्टिकर्तामा विश्वास गर्नाले जीवनमा ठूलो फरक पर्छ भनेर देखाए।