प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ७/१ पृ. ३२
  • किन क्षमाशील हुने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • किन क्षमाशील हुने?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ७/१ पृ. ३२

किन क्षमाशील हुने?

“वैज्ञानिकहरूले सुरु गरेको एक अध्ययनबाट क्षमाशील भावले भावनात्मक साथै शारीरिक दुवै तवरमा फाइदा पुग्ने देखिन थालेको” कुरा क्यानाडाको द टोरोन्टो स्टार रिपोर्ट गर्छ। तथापि, यस स्टान्फर्ड फर्गिभनेस प्रोजेक्टका अन्वेशकहरूको नेतृत्व लिने संयुक्‍त राज्य अमेरिकाको स्टान्फर्ड विश्‍वविद्यालयका प्रोफेसर कार्ल थोरेसनले “थोरै मानिसहरूलाई मात्र क्षमा भनेको के हो र यसले कसरी काम गर्छ” भन्‍ने थाह भएको टिप्पणी गरे।

निष्कपट क्षमालाई मसीही धर्मको अभिन्‍न अंगको रूपमा हेरिन्छ। द टोरोन्टो स्टार-ले क्षमालाई “आफूमाथि अन्याय भएको हो भन्‍ने बुझ्दा बुझ्दै पनि बदलाको भावलाई पूर्णतया हटाउनु र अन्ततः त्यस दोषी व्यक्‍तिप्रति अनुकम्पाका साथै प्रेमपूर्ण व्यवहार गर्नु हो” भनेर व्याख्या गर्छ। क्षमा गर्नु भनेको गल्तीलाई बेवास्ता गर्नु, टार्नु, बिर्सनु अथवा ईख लिएर बदला लिने भावनादेखि पर बस्नुभन्दा बिल्कुलै भिन्‍न छ। साँचो क्षमाको कुञ्जी “क्रोध तथा नकारात्मक झुकाउलाई हटाउनु हो” भनेर उक्‍त रिपोर्ट बताउँछ।

अन्वेषकहरूका अनुसार क्षमावन्त भावले शारीरिक तवरमा के कति फाइदा पुऱ्‍याउँछ, त्यसबारे अझ बढी अनुसन्धान गर्नु बाँकी नै छ। तथापि, तिनीहरूमा “कम तनाउ, चिन्ता तथा खिन्‍नता” जस्ता मनोवैज्ञानिक फाइदाहरूबारे रिपोर्ट गर्छन्‌।

यस्तो गुण हामीसित पनि हुनुपर्ने कारणहरूमध्ये एक एफिसी ४:३२ ले यसरी बताउँछ: “जसरी परमेश्‍वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।” अरू कुराहरूका साथसाथै क्षमा गर्ने सन्दर्भमा पनि हामीलाई परमेश्‍वरको अनुकरण गर्न आग्रह गरिएको छ।—एफिसी ५:१.

दया देखाउने आधार हुँदाहुँदै पनि हामीले क्षमा गर्न इन्कार गऱ्‍यौं भने, परमेश्‍वरसितको हाम्रो सम्बन्धमा नराम्रो असर पर्नसक्छ। यहोवा हामीले एकअर्कालाई क्षमा गरून्‌ भन्‍ने चाहनुहुन्छ। त्यसपछि मात्र हामीलाई क्षमा गर्नुहोस्‌ भनेर उहाँसँग प्रार्थना गर्नसक्छौं।—मत्ती ६:१४; मर्कूस ११:२५; १ यूहन्‍ना ४:११.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने