प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 ७/१५ पृ. ३२
  • सुकर्मले परमेश्‍वरको महिमा गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुकर्मले परमेश्‍वरको महिमा गर्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 ७/१५ पृ. ३२

सुकर्मले परमेश्‍वरको महिमा गर्छ

परमेश्‍वरलाई प्रेम गर्नेहरू उहाँको वचन बाइबलबाट आध्यात्मिक ज्योति प्रतिबिम्बित गर्ने कोसिस गर्छन्‌। यस सन्दर्भमा तिनीहरूले येशूको यो आज्ञा पालन गर्छन्‌: “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१६) बोली तथा शुद्ध आचरणले परमेश्‍वरको महिमा गर्छ।

यहोवाका साक्षीहरू बाइबलअनुरूप कामकुरा गरेर अनि अरूलाई पनि आध्यात्मिक तवरमा मदत गरेर परमेश्‍वरलाई खुसी तुल्याउन चाहन्छन्‌। तिनीहरूले आफ्नो आम प्रचारकार्य कानुनी तवरमा दर्ता नभएको ठाउँमा पनि यसै गर्छन्‌। यस्तै एउटा देशको राजधानीमा साक्षीहरूले ६,००० देखि ९,००० मानिसहरू भेला हुने अधिवेशनहरू वर्षेनी आयोजना गर्दै आएका छन्‌। त्यस्ता जमघटको निम्ति तिनीहरूले प्रदर्शनीहरू हुने भवन भाडामा लिने गर्छन्‌। विगतका वर्षहरूमा जस्तै सन्‌ १९९९ को अधिवेशन हुनुअघि त्यहाँ सफा गर्न र ध्वनि तथा मेचहरू मिलाउन सयौं साक्षीहरूले कडा परिश्रम गरे।

यी सबै तयारी गरेको मानिसहरूले देखे। हो, त्यस भवनको व्यवस्थापन कर्मचारीहरूले ती कार्य हेरिरहेका थिए। तिनीहरूको शिखर उपस्थिति १५,६६६ भए तापनि सबै सुचारु रूपले चलिरहेको र साक्षीहरू अत्यन्तै व्यवस्थित भएको पनि तिनीहरूले देखे। अधिवेशनपछि भवन पूरा सफा गरेको देखेर पनि कर्मचारीहरू प्रभावित भए।

अर्को वर्ष भाडामा लिने समूहहरूमा साक्षीहरूलाई विशेष ग्राह्‍यता दिएर व्यवस्थापन पक्षले आफ्नो मूल्यांकन व्यक्‍त गरे। तर व्यवस्थापन पक्षले गरेको त्यति मात्र कहाँ हो र। जुलाई १५, १९९९ मा तिनीहरूले अधिवेशन समितिलाई प्रशंसापत्र समेत प्रदान गरे। त्यस प्रशंसापत्रमा “यहोवाका साक्षीहरूको मण्डली” भनी लेखिएको थियो। बाइबल शिक्षण कार्यमाथि प्रतिबन्ध लगाइएको देशमा यो एउटा अप्रत्याशित घटना हो।

विश्‍वभरि २०००/२००१ मा यहोवाका साक्षीहरूको “परमेश्‍वरको वचन पालन गर्ने होओ” जिल्ला अधिवेशनमा लाखौं मानिसहरू उपस्थित हुने आशा गरिएको छ। त्यहाँ उपस्थित भएर तपाईंले व्यक्‍तिगत रूपमा बाइबलमा भनिएझैं पिताको महिमा हुने सुकर्ममा साँच्चै भाग लिन चाहनेहरूको क्रियाकलाप हेर्न सक्नुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने